Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिनुपर्छ’

१९ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभा, थरूहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता लिन संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, […]

समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि […]

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु

१९, जेठ, चितवन। चितवनको भरतपुर १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्ने काम सुरु गरिएको छ। रंगशाला निर्माण गरिरहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार बधवार भूमि पूजा गरेर दुबो रोप्ने काम सुरु गरिएको हो। ७५ मिटर रेडियसको मैदानमा ७ वटा पिच बाहेकको क्षेत्रमा दुबाे रोप्ने काम १५ दिन […]

गिट्टी-बालुवा उत्खनन् गरी निकासी गर्ने नीति तुरुन्त खारेज गर : प्रचण्ड

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् । अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै कामचलाउ भइसकेको सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन […]

रौतहटमा जेठ २६ गतेसम्म निषेधाज्ञा थपियो

१९ जेठ, रौतहट । रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा […]

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन शुक्रबार बोलाउन सिफारिस

१९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ २१ गते दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीका अनुसार बैठकले जिउँदै आगो लगाइएकी […]

उपत्यकामा विहान ९ बजेसम्म वर्कसप खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध […]

पेट्रोलियम पदार्थमा उपभोक्ताको ढाड सेक्ने कर, भाँडा माझ्ने मेसिनमा छुट !

१९ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत लुगा धुने र भाँडा माझ्नेसहितका एक दर्जन मेसिनमा कर र अन्तःशुल्क छुटको घोषणा गर्‍यो । सीमित घरानियाँले बिलासिताको वस्तुको रुपमा प्रयोग गर्ने मेसिनमा पाँचदेखि १० प्रतिशतसम्म भन्सार महसुल र अन्तःशुल्क छुट हुँदा उच्च मूल्यका कारण उपभोक्ताको ढाड सेकिएको पेट्रोलियम पदार्थको करबारे भने बजेट मौन रह्यो । सरकारकै कर नीतिका […]

पर्सामा जेठ ३० गतेसम्म निषेधाज्ञा जारी राख्‍न सिफारिस

१९ जेठ, वीरगञ्ज । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा लगाइएको निषेधाज्ञालाई जेठ ३० गतेसम्म निरन्तरता दिन सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिकोे बुधबार बसेको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो । कोरोना संक्रमणको श्रृंखला तोड्न निषेधाज्ञा उपयोगी देखिएकोले जेठ ३० गते राति १२ बजेसम्म थप गर्न प्रमुख जिल्ला अधिकारी […]

प्रदेश-१ मा फिल्डमा खटिनेलाई छैन, पहुँचवालालाई खोप !

१९ जेठ, विराटनगर । कोरोना महामारीमा खोप अभाव भएका बेला प्रदेश १ मा पहुँचका आधारमा धेरैले खोप लगाएको पाइएको छ । सीमा नाका र निषेधाज्ञा कार्यान्वयनका लागि फिल्डमा खटिने प्रहरीले समेत खोप नपाएका बेला नेता, उनीहरुका आफन्त, उद्योगी–व्यवसायी र कानुन व्यवसायीले भने पहुँच प्रयोग गरेर खोप लगाए । प्रदेश सरकारले पहुँचका आधारमा करिब ३०० खोप […]

गण्डकी प्रदेशमा कोभिड-१९ प्रतिकार्य समूह परिचालन

१९ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा समुदाय स्तरमा कोरोना नियन्त्रण तथा रोकथामका लागि विशेषज्ञसहितको कोभिड-१९ प्रतिकार्य समूह परिचालन भएको छ । समुदायस्तरमा कोरोना परीक्षण तथा व्यवस्थापनका लागि विशेषज्ञसहित स्वास्थ्यकर्मी तथा प्रयेगशालाकर्मी परिचालन गरिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले बताए । डा शर्माका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यक्रम सञ्चालन गर्नका […]

निषेधाज्ञामा ११ हजार नागरिक स्वदेश फर्किए

१९ जेठ, काठमाडौं । निषेधाज्ञा सुरु भएपछि १० हजार ९ सय ३२ जना नेपाली स्वदेश फर्किएका छन् । यस अवधिमा १४ सय ६८ जना विदेशी नागरिक नेपाल भ्रमणमा आएका छन् । विदेशी र नेपाली नागरिक गरी कुल १२ हजार ४ सय मानिस नेपाल आएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार यो तथ्यांक सन् २०२१ […]

गिट्टी बालुवा बेच्ने नीतिबारे अर्थको स्पष्टीकरण : चुरे संरक्षणमा प्रतिबद्ध छौं

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ मा गिट्टी–बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीति समावेश भएको र यसमा उठेका विवादबारे अर्थ मन्त्रालयले स्पष्टीकरण दिएको छ । अर्थ मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताएको छ । ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध छ । चुरे […]

सेयर बजारमा फर्कियो उत्साह, कारोबार रकममा पनि सुधार

१९ जेठ, काठमाडौं । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेििटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ […]

चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा चारजना पक्राउ

१९ जेठ, काठमाडौं । चोरीको स्कुटर प्रयोग गरी मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । बा ८३ प ३४३६ नम्बरको चोरीको स्कुटर प्रयोग गरेर काठमाडौंका विभिन्न स्थानमा मोबाइल लुटपाट गरी फरार रहेका चारजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानीलकण्ठ नगरपालिका–९ नीलो पुलबाट सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुंगाको […]

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना […]

ढुंगा-गिटी-बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति राष्ट्रघाती : उपेन्द्र यादव

१९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन । यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील […]

विदेशबाट फर्किएका हवाई यात्रुका लागि तोकियो ७८ क्वारेन्टिन होटल

१९ जेठ, काठमाडौं । सरकारले ७ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको छ । महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । […]

हिमालको पानी विदेशमा बेच्ने योजना : चर्चाका लागि घोषणा ?

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको १९७औं बुँदामा भनिएको छ, ‘निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिनेछ । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरी खाडी लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गर्ने विदेशी लगानीकर्तालाई आयकरमा थप छुट पनि दिने उल्लेख छ । […]

जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो

१९ जेठ, काठमाडौं । विघटित प्रतिनिधिसभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) को कलह अन्ततः निर्वाचन आयोग पुगेको छ । एकअर्कालाई निष्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित वरिष्ठ […]



from समाचार – Online Khabar https://ift.tt/3pde36t
via IFTTT
Powered by Blogger.