समाचार
१९ जेठ, काठमाडौं । बुधबार दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरे । नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको सूचना सार्वजनिक खपतका निम्ति भनियो । तर नेताहरूको व्यस्तता नभएर थप छलफलका निम्ति समय निकाल्न बैठक स्थगित गरिएको स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार बुधबार […]
१९ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने भएको छ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यहरुको राय लिने तयारी भएको हो । भर्चुअल छलफल बिहीबार बिहान एघार बजेबाट शुरु हुने जनाइएको छ । शीर्ष नेताहरुले विकसित घटनाक्रमबारे बि्रफिङ गरेपछि केन्द्रीय सदस्यहरुले राय दिनेछन् […]
१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको छ । जेठ १४ गतेदेखि किराना […]
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ । कांग्रेसको महाधिवेशन भदौ ७–१० का लागि निर्धारण गरिएको छ भने पार्टीको वैधानिकता […]
१९ जेठ, पोखरा । गण्डकी प्रदेश सभामा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले तीनथरि धारणा राखे । अधिवेशनको पहिलो दिन बोलेकी संसदीय दलकी नेता पियारी थापाले एमाले नेतृत्वको सरकारको विरोध गरिन् । अल्पमतको सरकारले बजेट ल्याउन लागेको भन्दै उनले सुझाव दिनै अस्वीकार गरिन् । बरु केन्द्र सरकारले ल्याएको बजेटमाथि समीक्षा गरिन् र कोभिड […]
१९ जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए […]
१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा […]
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको १९७औं बुँदामा भनिएको छ, ‘निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिनेछ । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरी खाडी लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गर्ने विदेशी लगानीकर्तालाई आयकरमा थप छुट पनि दिने उल्लेख छ । […]
१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यिनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले […]
१९ जेठ, वीरगञ्ज । स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । सौरभलाई प्रहरीले नारायणी अस्पतालका डा. निरज सिंहलगायत वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या […]
१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]
१८ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो । बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले […]
१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत देखाउन चुनौती दिएका छन् । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा विपक्षी नेताहरु सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै बहुमत देखाउन वा राजीनामा दिन आग्रह गरेका […]
१९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीतिको विरोध गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले लोकतन्त्र र नैतिकता बेचिसकेको सरकारले प्रकृति बेच्न तम्सिएको आरोप लगाएका हुन् । ‘लोकतन्त्र, मूल्य मान्यता, नैतिकता […]
१९ जेठ, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिरलगायतका स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा प्रहरीले डेढ महिनायता ३७ जनालाई पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गरेकाले देशभरबाट ३७ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ […]
१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाएको छ । बुधबार एमाले सांसद लीला गिरीले सभामुखले प्रदेशसभामा सबैको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । प्रदेशसभा बैठकमा सत्ता पक्षका तर्फबाट बोल्दै उनले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदमुक्त गरिएको विषयलाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । ‘कुनै […]
१९ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित दोस्रो पटक गृह जिल्ला गोरखाको कोरोना प्रभावित क्षेत्रमा पुगेका छन् । जेठको पहिलो हप्ता श्रेष्ठसँगै आएको स्वास्थ्यकर्मी टोलीले विभिन्न स्थानीय तहमा ५२१ जनाको एन्टिजेन परीक्षण गरेको थियो । त्यतिबेला ९७ जनामा संक्रमण पुष्टि भएपछि थप परीक्षणको आवश्यकता रहेको भन्दै श्रेष्ठ स्वास्थ्यकर्मीको टोली लिएर […]
१९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारत अहिले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको सामना गरिरहेको छ । यद्यपि पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरको क्रममा भारतमा एकै दिन ४ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित पनि थपिएका थिए भने एकै दिन […]
१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय नयाँ कोरोना संक्रमित हुने संख्याभन्दा संक्रमणमुक्त हुनेको दर बढ्दोे छ । बुधबार मात्रै एक हजार १६ जनाको परीक्षण गर्दा प्रदेशमा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा […]
१९ जेठ काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र […]
१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको विरोध गरेको छ । चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको उसको टिप्पणी छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा […]
from समाचार – Online Khabar https://ift.tt/3yUsXmG
via IFTTT






















