समाचार
१९ जेठ, विराटनगर । कोशी अस्पतालबाट डिउटी सकेर घर फर्कंदै गरेका स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेको छ । मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको हो । मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा डिउटीमा रहेका दुईजना प्रहरीले कुटपिट गरेको उनले बताए । ‘परिचय पत्र भिरेर डिउटीबाट […]
१९, जेठ, चितवन । चितवन मेडिकल कलेज भरतपुरले देशका विभिन्न अस्पतालका स्वास्थ्यकर्मीलाई लक्षित गरी क्रिटिकल केयर सम्वन्धी जानकारीमूलक तालिम सञ्चालन गरेको छ । आइसीयू तथा भेन्टिलेटरमा रहेका बिरामीहरुको उपचारमा गर्नुपर्ने केयर तथा आइसियू सेटअप सम्बन्धी तालिम दिएको कलेजका प्रमुख प्रशासकिय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । भर्चुअल माध्यमबाट गत जेठ ७ गतेबाट सुरु भएको तालिममा […]
१९ जेठ, काठमाडौं । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ट्रष्टका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बताए । ट्रष्टले नुवाकोटको तारकेश्वर गाउँपालिकामा ५ थान, विदुर नगरपालिकाको त्रिशुली अस्पतालमा ३ […]
१९ जेठ, काठमाडौं । सरकारी सेवाप्रदायक नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को स्वामित्व र प्रतिफलमा अब सेवाग्राहीको पहुँच विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षको लागि आएको बजेट वक्तव्यमा कम्पनीका मोवाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत शेयर विनिवेश गरिने उल्लेख छ । हाल कम्पनीको सेवा उपयोग गरिरहेका र आगामी […]
१९ जेठ, काठमाडौं । खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारको योजनाप्रति राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेटमा ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गर्ने योजना ल्याएको छ । प्राकृतिक सम्पदा र खानीजन्य पदार्थहरुलाई तस्कर र माफियाको हातमा सुम्पेर देशको वातावरणीय विनाश गर्ने योजनाका साथ सरकारले बजेटमा सो […]
१९, जेठ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ । यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए […]
१९ जेठ, बुटवल । दाङको घोराही उपमहानगरपालिकाका एकजना वडाध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द भएका छन । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द भएका हुन् । जनप्रतिनिधिमाथि नियोजित उद्देश्यले दुव्र्यवहार भएकाले विरोधस्वरुप एक […]
१९ जेठ, फुङ्लिङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बुधबार बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । […]
१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् । तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो […]
१९ जेठ, ललितपुर । पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ । उनलाई महानगरीय […]
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार […]
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख […]
१९ जेठ, काठमाडौं । संसद विघटन गरेर सरकारले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याएको छ । निजी क्षेत्रका अधिकांश संघ संगठनले बजेटकाे स्वागत पनि गरे । बजेट सुन्न प्रधानमन्त्री कार्यालय पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाललगायतले बजेट सकारात्मक […]
१९ जेठ, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् । कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हाल जिल्लामा ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । […]
१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]
१९ जेठ, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यबाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने भन्दै बदनियत राखेर वक्तव्यबाजी नगर्न चेतावनी दिएका हुन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको हामी […]
१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय प्रदीप साह कलवारको मृत्यु भएको हो । कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- […]
१९ जेठ, काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा […]
१८ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । गरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्नसुन्दर लासिवाले बताए । नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले […]
१९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. […]
यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]
from समाचार – Online Khabar https://ift.tt/3fF0VE2
via IFTTT






















