Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

थप तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो

१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यिनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले […]

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

१९ जेठ, वीरगञ्ज । स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । सौरभलाई प्रहरीले नारायणी अस्पतालका डा. निरज सिंहलगायत वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या […]

सरकारसँग वीरगञ्जले माग्यो एक लाख डोज खोप

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]

जनकपुरमा बन्द घरभित्र पुरुषको शव भेटियो

१८ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ । स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । धनुषाका प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार उक्त घर लामो समयदेखि खाली थियो । बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले […]

लोकतन्त्र र नैतिकता बेचिसकेको सरकार प्रकृति बेच्न तम्सियो : प्रदीप पौडेल

१९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नीतिको विरोध गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले लोकतन्त्र र नैतिकता बेचिसकेको सरकारले प्रकृति बेच्न तम्सिएको आरोप लगाएका हुन् । ‘लोकतन्त्र, मूल्य मान्यता, नैतिकता […]

अत्यावश्यक वस्तु कालोबजारीको आरोपमा डेढ महिनामा ३७ जना पक्राउ

१९ जेठ, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिरलगायतका स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा प्रहरीले डेढ महिनायता ३७ जनालाई पक्राउ गरेको छ । कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गरेकाले देशभरबाट ३७ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ […]

लुम्बिनीमा सत्तारुढ एमालेले उठायो सभामुखमाथि प्रश्न

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभामा सत्तारुढ नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामाथि प्रश्न उठाएको छ । बुधबार एमाले सांसद लीला गिरीले सभामुखले प्रदेशसभामा सबैको अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । प्रदेशसभा बैठकमा सत्ता पक्षका तर्फबाट बोल्दै उनले जनता समाजवादी पार्टीका चारजना सांसदलाई पदमुक्त गरिएको विषयलाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । ‘कुनै […]

स्वास्थ्यकर्मीसहित नेता श्रेष्ठ दोस्रो पटक गोरखामा

१९ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित दोस्रो पटक गृह जिल्ला गोरखाको कोरोना प्रभावित क्षेत्रमा पुगेका छन् । जेठको पहिलो हप्ता श्रेष्ठसँगै आएको स्वास्थ्यकर्मी टोलीले विभिन्न स्थानीय तहमा ५२१ जनाको एन्टिजेन परीक्षण गरेको थियो । त्यतिबेला ९७ जनामा संक्रमण पुष्टि भएपछि थप परीक्षणको आवश्यकता रहेको भन्दै श्रेष्ठ स्वास्थ्यकर्मीको टोली लिएर […]

कस्तो छ दक्षिण एसियामा कोरोना संक्रमणको अवस्था ?

१९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारत अहिले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको सामना गरिरहेको छ । यद्यपि पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरको क्रममा भारतमा एकै दिन ४ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित पनि थपिएका थिए भने एकै दिन […]

कर्णालीमा एकै दिन ६०० बढी संक्रमणमुक्त, ३ जनाको मृत्यु

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय नयाँ कोरोना संक्रमित हुने संख्याभन्दा संक्रमणमुक्त हुनेको दर बढ्दोे छ । बुधबार मात्रै एक हजार १६ जनाको परीक्षण गर्दा प्रदेशमा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा […]

विश्वकप छनोट : चाइनिज ताइपेईविरुद्ध दोस्रो जितको प्रतीक्षामा नेपाल

१९ जेठ काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र […]

सरकारले खरानीको व्यापार गर्न घर जलाउन खोज्यो : देउवा 

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले ढुंगा, गिटी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारी नीतिको विरोध गरेको छ । चुरे दोहन गरी पानीको स्रोत सुकाएर व्यापार घाटा न्यून गर्ने नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको उसको टिप्पणी छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा […]

युएईले पठायो भेन्टिलेटरसहित स्वास्थ्य सामग्री

१९ जेठ, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई कोराना महामारीविरुद्ध लड्न प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको छ । स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । युएईले नेपाललाई भेन्टिलेटर, ट्रली, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको मन्त्रालयले जनाएको छ ।

गिट्टी-बालुवा निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गर्‍यो : मोहन वैद्य

१९ जेठ, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले बजेटमार्फत खानीढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गरेको आरोप लगाएका छन् । वैद्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताकाविरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने नीति ल्याएर सरकारले भारतीय विस्तारवादको दलाली गरेको बताएका हुन् […]

सरुवा भएको दुई महिनासम्म सहसचिव घरमै

१९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव विष्णुप्रसाद कोइरालाको गत २३ चैतमा सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत २४ गते नै कोइरालालाई दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको पत्र पठायो । कोइरालाको सरुवा भएपछि मन्त्रालयले सहसचिव गणेश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्‍यो । नयाँ प्रशासकीय […]

मध्यपुर ठिमी नगरपालिका अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग

१९ जेठ, काठमाडौं। ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ थान हाईपरफर्मेन्स अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । कोरोना भाइरस महामारीको कारण अक्सिजनको अभाव सहजीकरण गर्ने उद्दश्‍यले गठन भएको कोभिड १९ र्‍यापिड एक्सन टास्कफोर्स (C19-RAT) समूहले नेपाल राईजिङ अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा उक्त मेसिन हस्तान्तरण भएको गुठीका प्राविधिक […]

सुनसरीमा बलात्कारको अभियोगमा दुईजना पक्राउ

१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् । फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले […]

प्रदेशसभामा सभामुखको राजीनामा मागेपछि …

१९ जेठ, पोखरा । गण्डकी प्रदेशको प्रदेशसभामा प्रि बजेट छलफल भइरहेको छ । तर सबभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नलिएकाले अवैधानिक भन्दै विपक्षी दलहरुले सुझाव दिएका छैनन् । विपक्षीलाई काउन्टर दिने क्रममा बुधबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सभामुखमाथि नै प्रश्न उठाएका छन् । वैशाख १५ गते नियमविपरीत सूचना […]

लुम्बिनीका मुख्यमन्त्रीलाई विपक्षीको चुनौती : बहुमत देखाऊ, नभए राजीनामा देऊ

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत देखाउन चुनौती दिएका छन् । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा विपक्षी नेताहरु सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै बहुमत देखाउन वा राजीनामा दिन आग्रह गरेका […]

‘सरकारले रेशम चौधरीको मुद्दा फिर्ता लिनुपर्छ’

१९ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभा, थरूहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता लिन संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, […]

समयमा प्रदेशसभा अधिवेशन नबोलाई प्रदेश-१ सरकारले ल्यायो अध्यादेश

१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि […]



from समाचार – Online Khabar https://ift.tt/2RVULXn
via IFTTT
Powered by Blogger.