समाचार
२० जेठ, जनकपुरधाम । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए । यस्तै, महोत्तरीमा पनि जेठ […]
२० जेठ, बटवल । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार […]
२० जेठ, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला […]
२० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर […]
२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो । उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो […]
२० जेठ, काठमाडौं । ब्राजिलको एक सहरमा गरिएको एक परीक्षणले चिनियाँ खोप कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य गर्न महत्वपूर्ण बन्न सक्ने देखाएको छ । यो परीक्षण कोरोनाले सबभन्दा धेरै प्रभावित मुलुकमध्येकको एक ब्राजिलको दक्षिणपूर्वी सहर सेरानामा गरिएको हो । यो सहरको जनसंख्या ४५ हजार छ । अहिले नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको […]
२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा […]
काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ। भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद बडूले […]
२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको जानकारी दिए । यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए […]
प्रधानमन्त्रीले विघटन गर्नुभन्दा केही दिन अगाडि ७६ (३) को सरकार प्रमुखको रूपमा उहाँले शपथ लिनुभयो । ७६ (२) अनुसारको सरकार बन्न नसकेपछि ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएर संविधान अनुसार उहाँले शपथग्रहण गर्नुभएकोमा विवाद छैन । उहाँले चाहेर, खोजेर वा कसैको निगाहमा उहाँ प्रधानमन्त्री हुनुभएको होइन । उहाँ संविधानको धारा ७६ (३) अनुसार त्यो पदमा […]
२0 जेठ, जनकपुरधाम । इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही […]
२० जेठ, विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश […]
२० जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा मन्त्रालय संवेदनशील रहेको स्पष्ट पारेको छ । सरकारले चुरे क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी निकासीको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको विषयमा तीब्र विवाद भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे संरक्षणमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले बुधबार […]
२० जेठ, धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्ऽ चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह्न साढे ४ बजेतिर बालकको घाँटीमा लिचीको […]
२० जेठ, काठमाडौं । सामाजिक सञ्जालको रचनात्मक प्रयोग गर्दा कति महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने कुरा कालीगण्डकी गाउँपालिका बिर्घाका स्थानीय युवाहरुले देखाएका छन् । सामाजिक सञ्जाल युवाहरुको अमूल्य समय खेर फाल्ने प्लेटफार्म मात्रै नभएर सामाजिक परिवर्तनको एउटा मियो पनि बन्न सक्छ भन्ने कुरा बिर्घाका स्थानीय एवं बिर्घालाई माया गर्नेहरुले चलाएको एउटा अभियानले प्रमाणित गरिदिएको छ […]
२० जेठ, काठमाडौं । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० […]
२० जेठ, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका […]
२० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । […]
२० जेठ, चितवन । चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् । गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले कूल मागको ७० प्रतिशत र साल्ट टे्रडिङले […]
२० जेठ, काठमाडौं । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना […]
२० जेठ, काठमाडौं । बुधबार दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरे । नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको सूचना सार्वजनिक खपतका निम्ति भनियो । तर नेताहरूको व्यस्तता नभएर थप छलफलका निम्ति समय निकाल्न बैठक स्थगित गरिएको स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार बुधबार […]
from समाचार – Online Khabar https://ift.tt/3uFZB8k
via IFTTT






















