समाचार
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]
१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]
१९ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा भन्दा विपक्षीले मुख्यमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । विपक्षी सांसदले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई सरकार चलाउनु औचित्यहीन भएको तर्क गरेका छन् । प्रमुख प्रतिपक्षी दल […]
१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ […]
१८ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताएका छन् । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताए । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ […]
१८ वैशाख, काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् । उनका अनुसार जेठ २३ गते आइतबार नयाँ इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । २३ फागुनमा नेकपाको एकता खारेज गर्ने […]
१८ जेठ, काठमाडौं । वैज्ञानिकहरुले बेलायत कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिने सुरुवाती चरणमा रहेको संकेत भेटिएको बताएका छन् । बेलायतको सरकारलाई परामर्श दिने टोलीमा सहभागी भएका क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ताले नयाँ संक्रमितको संख्या तुलनात्मकरुपमा कम देखिए पनि भारतीय भेरियन्टको कारण बेलायतमा कोरोना संक्रमण गुणात्मक हिसाबले बढ्न सक्ने बताए । गुप्ताले २१ जुनमा […]
१८ जेठ, काठमाडौं । मुलुक दुई वर्ष भित्र दूध उत्पादनमा आत्मनिर्भर बन्ने दाबी कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले गरेकी छिन् । विश्व दूध दिवशको अवसरमा दूग्ध राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो धारणा राखेकी हुन् । प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र […]
१८ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले घरायसी विद्युतीय सामाग्रीको भन्सार दरमा छुटको घोषणा गर्यो । यसअघि बिलासिताको सामानको रुपमा अन्त: शुल्क र ३० प्रतिशतसम्म भन्सार महसुल लगाइएको यी वस्तुमा सरकारले अन्तशुल्क र पाँचदेखि १० प्रशितसम्म भन्सार महसुल घटाएको छ । विद्युतीय उपकरणको प्रयोग बढाएर विद्युत खपत बढाउन सरकारले यस्तो निर्णय लिएको […]
१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०६० जना, भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबार देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६८ जनाको कोरोना […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएका छन् । १७ जेठमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको भन्दै यादवले निर्वाचन आयोगमा पत्र पठाएका हुन् […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, […]
१८ जेठ, काठमाडौं । खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो । […]
१८ जेठ, बागलुङ । मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्थानीय राजन पाइजाले जानकारी दिए ।
१८ जेठ, काडमाडौं । सोमबार ४५ अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । ११ दशमलव ६८ प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ७ सय ७१ दशमलव १५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६९ अंकले घटेको छ । मंगलबार […]
१८ जेठ, काठमाडौं । संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन रहेको ठहर गर्दै ती मुद्दाको सुनुवाइमा संलग्न न्यायाधीशहरुले संसद बिघटनको मुद्दा हेर्न उपयुक्त नहुने राय दिएका छन् । । मंगलबार संवैधानिक इजलासमा आफ्नो राय प्रस्तुत गर्दै दुई न्यायाधीशले संसद विघटनको मुद्दा २३ फागुनको […]
१८ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ । भारतमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरसँगै भारतभर खोप कार्यक्रमलाई पनि तीव्र गतिमा बढाउन दबाब बढिरहेको अवस्थामा त्यहाँको सरकारले यस्तो निर्णय गरेको […]
१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप मंगलबार काठमाडौं आइपुगेको छ । मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । बाँकी दुई लाख खोप तिब्बतले […]
१८ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर […]
from समाचार – Online Khabar https://ift.tt/3gfQENZ
via IFTTT






















