समाचार
१९ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित दोस्रो पटक गृह जिल्ला गोरखाको कोरोना प्रभावित क्षेत्रमा पुगेका छन् । जेठको पहिलो हप्ता श्रेष्ठसँगै आएको स्वास्थ्यकर्मी टोलीले विभिन्न स्थानीय तहमा ५२१ जनाको एन्टिजेन परीक्षण गरेको थियो । त्यतिबेला ९७ जनामा संक्रमण पुष्टि भएपछि थप परीक्षणको आवश्यकता रहेको भन्दै श्रेष्ठ स्वास्थ्यकर्मीको टोली लिएर […]
१९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारत अहिले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको सामना गरिरहेको छ । यद्यपि पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरको क्रममा भारतमा एकै दिन ४ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित पनि थपिएका थिए भने एकै दिन […]
१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय नयाँ कोरोना संक्रमित हुने संख्याभन्दा संक्रमणमुक्त हुनेको दर बढ्दोे छ । बुधबार मात्रै एक हजार १६ जनाको परीक्षण गर्दा प्रदेशमा ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा […]
१९ जेठ काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोट खेलको दोस्रो चरण बिहीबार सुरु हुँदैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल बिहीबार चाइनिज ताइपेईसँग खेल्दैछ, त्यसै समयमा अष्ट्रेलिया र […]
१९ जेठ, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई कोराना महामारीविरुद्ध लड्न प्रदान गरेको स्वास्थ्य सामग्री काठमाडौं आईपुगेको छ । स्वास्थ्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । युएईले नेपाललाई भेन्टिलेटर, ट्रली, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु पठाएको मन्त्रालयले जनाएको छ ।
१९ जेठ, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले बजेटमार्फत खानीढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गरेको आरोप लगाएका छन् । वैद्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताकाविरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने नीति ल्याएर सरकारले भारतीय विस्तारवादको दलाली गरेको बताएका हुन् […]
१९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव विष्णुप्रसाद कोइरालाको गत २३ चैतमा सरुवा भयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैत २४ गते नै कोइरालालाई दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको पत्र पठायो । कोइरालाको सरुवा भएपछि मन्त्रालयले सहसचिव गणेश अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्यो । नयाँ प्रशासकीय […]
१९ जेठ, काठमाडौं। ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ६३ थान हाईपरफर्मेन्स अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ । कोरोना भाइरस महामारीको कारण अक्सिजनको अभाव सहजीकरण गर्ने उद्दश्यले गठन भएको कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स (C19-RAT) समूहले नेपाल राईजिङ अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा उक्त मेसिन हस्तान्तरण भएको गुठीका प्राविधिक […]
१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् । फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले […]
१९ जेठ, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत देखाउन चुनौती दिएका छन् । बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा विपक्षी नेताहरु सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री अल्पमतमा रहेको भन्दै बहुमत देखाउन वा राजीनामा दिन आग्रह गरेका […]
१९ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभा, थरूहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता लिन संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ । थरुहट÷थारुवान आन्दोलनका क्रममा ज्यान गुमाई राहत नपाएका परिवारलाई राहत दिने, […]
१९ जेठ, विराटनगर । समयमा प्रदेशसभा अधिवेशन नबोलाएपछि प्रदेश १ सरकारले अध्यादेशमार्फत ऐन नै संशोधन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को संशोधन अध्यादेश जारी गर्नका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को दफा ९ मा बजेट पेस हुने मिति भन्दा १५ दिनअघि […]
१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा […]
१९, जेठ, चितवन। चितवनको भरतपुर १५ रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको मुख्य मैदानमा दुबो रोप्ने काम सुरु गरिएको छ। रंगशाला निर्माण गरिरहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार बधवार भूमि पूजा गरेर दुबो रोप्ने काम सुरु गरिएको हो। ७५ मिटर रेडियसको मैदानमा ७ वटा पिच बाहेकको क्षेत्रमा दुबाे रोप्ने काम १५ दिन […]
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको बजेटमा गिट्टी–बालुवा उत्खनन् गरी निकासी गर्ने नीति समावेश भएकोप्रति विरोध जनाएका छन् । अध्यक्ष प्रचण्डले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै कामचलाउ भइसकेको सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन […]
१९ जेठ, रौतहट । रौतटहमा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा […]
१९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुक्रबार बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन जेठ २१ गते दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीका अनुसार बैठकले जिउँदै आगो लगाइएकी […]
१९ जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए […]
१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि […]
१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने वर्कसप विहान ९ बजेसम्म खुल्न पाउने भएका छन् । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने भएको हो । यसअघि उपत्यकामा सवारी साधन सञ्चालन गर्ने वर्कसप बन्द गरिएको थियो । त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध […]
१९ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत लुगा धुने र भाँडा माझ्नेसहितका एक दर्जन मेसिनमा कर र अन्तःशुल्क छुटको घोषणा गर्यो । सीमित घरानियाँले बिलासिताको वस्तुको रुपमा प्रयोग गर्ने मेसिनमा पाँचदेखि १० प्रतिशतसम्म भन्सार महसुल र अन्तःशुल्क छुट हुँदा उच्च मूल्यका कारण उपभोक्ताको ढाड सेकिएको पेट्रोलियम पदार्थको करबारे भने बजेट मौन रह्यो । सरकारकै कर नीतिका […]
from समाचार – Online Khabar https://ift.tt/2STqU1x
via IFTTT






















