Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम हुने

१९ जेठ, काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा […]

ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा

१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि […]

तामाकोशीको ‘वेट टेस्ट’ सफल, मेकानिकल गेटबाट भने चुहियो पानी

१८ जेठ, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सुरु भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ थालेको छ । तीन दिनको लगातारको प्रयासपछि सोमबारबाट वेट टेस्ट सुरू भएको हो, जसले सकारात्मक नतिजा दिएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक […]

आलोचकलाई परराष्ट्रमन्त्रीको जवाफ : उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् !

१८ जेठ, काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्‍नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले […]

कालो ढुसीको संक्रमण : जान्नै पर्ने कुरा

१८ जेठ, काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा […]

वीरगञ्ज महानगरपालिकालाई ६ लाख ८९ हजारको खाद्यान्न सहयोग

१८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई एक औद्योगिक समूहले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । शिवशक्ति ग्रुपले महानगरपालिकालाई ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको छ । ग्रुपले ३६० बोरा चामल, एक हजार किलो दाल र सोयाबिन तेल एक सय लिटर सहयोग गरेको छ । […]

नेता थापाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको बताएको छ । कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत […]

तोप चराको आकर्षक गुँड (फोटो फिचर)

१८ जेठ, काठमाडौं । मंगलबार कीर्तिपुरको भत्केपाटी पुग्दा तोप चराहरू गुँड वरपर खेलिरहेका थिए । भँगेरा आकारको यो चराको गुँड निकै राम्रो र कलात्मक पनि देखिन्छ । यो चराले रुखमा झुण्डिएको लामो गुण बनाउँछ, जुन अरु चराहरुको भन्दा भिन्न देखिन्छ । पंक्षीविज्ञहरुका अनुसार यो चराको भाले प्रजातिले मात्र गुण बनाउँछन् र अति नै मिहिनेत गरेर […]

वर्ल्ड भिजनद्वारा सुदूरपश्चिममा एक करोड ६० लाखको स्वास्थ्य सामग्री सहयोग

१८ जेठ, डोटी । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि वर्ल्ड भिजन इन्टरनेसनल नेपाल नामक संस्थाले सुदूरपश्चिम प्रदेशमा एक करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्वास्थ्य संस्थाहरुमा अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको अभाव रहेकोे गुनासो आइरहेका बेला अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको संस्थाका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन […]

बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

१८ जेठ, गोरखा । कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको […]

वरिष्ठताका आधारमा इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा, को-को न्यायाधीश पर्लान् ?

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोक्ने घोषणा गरेका छन् । उनका अनुसार जेठ २३ गते आइतबार नयाँ इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ । संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीहरुले प्रश्न उठाएका थिए । २३ फागुनमा नेकपाको एकता खारेज गर्ने […]

निषेधाज्ञाका बेला रुपन्देहीमा फरार अभियुक्त खोज्दै प्रहरी

१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ । अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका […]

तीन देशमा अब हरेक साता उडान, अनुमति पाए चार एयरलाइन्सले

१८ जेठ, काठमाडौं । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर […]

कोरोना रोकथामका लागि कांग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारीविरुद्ध लड्नका लागि बायो मेडिकल इञ्जिनियरहरुको सहभागीतामा ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सञ्चालन गरिने अभियानका लागि कांग्रेसले इन्जिनियरहरु सम्मेलित स्वयंसेवी समूह गठन गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्वयंसेवी समूहले कोरोना उपचारका लागि […]

थापाको निधनले सिङ्गो पार्टी स्तब्ध : विवेकशील साझा

१८ जेठ, काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टी पंक्ति स्तब्ध भएको जनाएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो । पार्टीको केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक […]

गण्डकीमा विपक्षीले उठाए सरकारको वैधानिकतामा प्रश्न, दिएनन् बजेटमा सुझाव

१९ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा भन्दा विपक्षीले मुख्यमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । विपक्षी सांसदले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई सरकार चलाउनु औचित्यहीन भएको तर्क गरेका छन् । प्रमुख प्रतिपक्षी दल […]

न्यायाधीश कार्की र भट्टराईको रायः संसद विघटनको मुद्दा नेकपा विवादकै ‘बाइप्रोडक्ट’ हो

१८ जेठ, काठमाडौं । संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यो मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन (बाइप्रोडक्ट) रहेको ठहर गर्दै ती मुद्दाको सुनुवाइमा संलग्न न्यायाधीशहरुले संसद विघटनको मुद्दा हेर्न उपयुक्त नहुने राय दिएका छन् । । मंगलबार संवैधानिक इजलासमा आफ्नो राय प्रस्तुत गर्दै दुई न्यायाधीशले संसद विघटनको मुद्दा २३ […]

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गर्ने

१८ जेठ, काठमाडौं । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । दुई पक्षबीच टीकापुर घटनामा दोषी ठहर भएका सांसद रेशम चौधरीसहित ५८ जनामाथि लागेका मुद्दा फिर्ता र रिहाइका लागि संविधाान र कानुनसम्मत पहल गर्ने सहमति भएको थारु कल्याणकारिणी सभाका तर्फबाट वार्ता टोली संयोजक रुक्मिणी चौधरीले जानकारी दिइन् । त्यस्तै थरुहट/थारुवान आन्दोलनका […]

होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्‍यो

१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ […]

प्रचण्ड ‘हस्तिनापुर’ कब्जा गर्न चाहन्थे : ईश्वर पोखरेल

१८ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता नजोगिनुमा तीन प्रवृत्तिले भूमिका खेलेको बताएका छन् । अनेरास्ववियुको भर्चुअल प्रशिक्षणमा उपप्रधानमन्त्री पोखरेलले एमालेभित्र रहेको अन्तरविरोधमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल्न खोजेपछि पार्टी एकता जोगाउन नसकिएको पोखरेलले बताए । ‘पार्टीभित्र गुटगत प्रवृत्ति विकास हुँदै आएको थियो । […]

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । ‘पार्टी सदस्यबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएका छौं’ […]



from समाचार – Online Khabar https://ift.tt/3wJoZvc
via IFTTT
Powered by Blogger.