Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको घोषणा

२० जेठ, काठमाडौं । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० […]

ओली पक्षले भन्यो- माधव नेपालले बोलाएको केन्द्रीय कमिटी बैठक अनधिकृत

२० जेठ, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली पक्षले अनधिकृत रहेको आरोप लगाएको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले विज्ञप्ति जारी गर्दै पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै त्यस्तो बैठकमा सहभागी नहुने केन्द्रीय कमिटी सदस्यहरुलाई आग्रह गरेका […]

काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगलाई बम्पर सुविधा !

२० जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने उद्योगकालागि बम्पर छुट तथा सुविधाको घोषणा गरेको छ । बजेटले काठमाडौंका उद्योगलाई मकवानपुरको मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहनको कार्यक्रम उल्लेख गरेपनि काठमाडौं उपत्यका छाडेर जुनसुकै ठाउँमा जान चाहने उद्योगले यस्तो सुविधा पाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । […]

चितवनका किसानलाई यो वर्ष पनि मलकै चिन्ता

२० जेठ, चितवन । चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् । गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले कूल मागको ७० प्रतिशत र साल्ट टे्रडिङले […]

भारतले थाल्यो बालबालिकामा कोरोना खोप परीक्षण

२० जेठ, काठमाडौं । भारतले बालबालिकाहरुमा कोरोना खोपको परीक्षण सुरु गरेको छ । भारतमै बनाइएको कोभ्याक्सिन खोपको परीक्षण मंगलबारबाट थालिएको हो । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सन्जिव कुमारले जानकारी दिएका छन् । आगामी महिना ५२५ जना […]

एमाले : वार्ता र विभाजनको प्रयास सँगसँगै

२० जेठ, काठमाडौं । बुधबार दिउँसो चार बजे बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरे । नेताहरू व्यस्त भएकाले बैठक स्थगित गरिएको सूचना सार्वजनिक खपतका निम्ति भनियो । तर नेताहरूको व्यस्तता नभएर थप छलफलका निम्ति समय निकाल्न बैठक स्थगित गरिएको स्रोतले बताएको छ । उक्त स्रोतका अनुसार बुधबार […]

माधव नेपाल भन्छन् – चुरे दोहन योजना जनघाती

२० जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले चुरे दोहन गरेर मुलुकको आधा जनसंख्यालाई भोकमरी, भूक्षय र डुबानमा पार्ने योजना जनघाती भएको टिप्पणी गरेका छन् । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा वक्तव्यमा खाजीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापार कम गर्ने योजना समेटिएकोप्रति नेता नेपालले आफ्नो ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन । उनले […]

गिट्टी, बालुवा भारत निर्यात गर्ने नीति फिर्ता लिन सरकारलाई चौतर्फी दबाब

२० जेठ, काठमाडौं । ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापारघाटा कम गर्ने नीति फिर्ता लिन सरकारमाथि चौतर्फी दबाब परेको छ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेट मार्फत सो नीति ल्याइएपछि विपक्षी दलदेखि वातावरणविद् र समाजका विभिन्न तह र तप्काका व्यक्तिले यसको चर्काे विरोध गरेका हुन् । सरकारका मन्त्री र सरकारी अधिकारीहरू बाहेक सबै राजनीतिक […]

बाबुराम भट्टराईको प्रस्तावः दरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरौं

२० जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्नका लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् । भट्टराईले एक ट्वीटमार्फत राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु […]

समुदायस्तरमै कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

२० जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि साताको तीन दिन एकै ठाउँबाट स्वाब संकलन गर्दै आएको नगरपालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो । परीक्षणलाई सहज बनाउन र टोलस्तरको तत्कालीन अवस्था थाहा पाउँन समुदायस्तरमै परीक्षण थालिएको वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले बताइन् । ‘संक्रमणको […]

माधव समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने

१९ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्यहरुसँग राय लिने भएको छ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक घटनाक्रम र भावी योजनाबारे भर्चुअल माध्यमबाट केन्द्रीय सदस्यहरुको राय लिने तयारी भएको हो । भर्चुअल छलफल बिहीबार बिहान एघार बजेबाट शुरु हुने जनाइएको छ । शीर्ष नेताहरुले विकसित घटनाक्रमबारे बि्रफिङ गरेपछि केन्द्रीय सदस्यहरुले राय दिनेछन् […]

गिट्टी-वालुवा निकासीप्रति सरकार प्रतिवद्ध ?

१९ जेठ, काठमाडौं । खानीजन्य ढुङ्गा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने बजेटको घोषणा विवादित भएपछि बुधबार अर्थ मन्त्रालयले स्पष्टीकरण दियो, नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न प्रतिवद्ध छ ।’ मन्त्रालयका प्रवक्ता महेश आचार्यद्वारा जारी विज्ञप्तिमा चुरे दोहन हुन नदिन सरकार सचेत रहेको उल्लेख छ । चुरे दोहन गर्दैनौं भन्दै गर्दा […]

उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, किराना पसल खुल्ने

१९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २१ गतेदेखि पुन: ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना […]

पौडेल समूहको निष्कर्ष : विशेष होइन, १४औं महाधिवेशन नै सम्भव छ

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ । कांग्रेसको महाधिवेशन भदौ ७–१० का लागि निर्धारण गरिएको छ भने पार्टीको वैधानिकता […]

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

१९ जेठ, पोखरा । गण्डकी प्रदेश सभामा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले तीनथरि धारणा राखे । अधिवेशनको पहिलो दिन बोलेकी संसदीय दलकी नेता पियारी थापाले एमाले नेतृत्वको सरकारको विरोध गरिन् । अल्पमतको सरकारले बजेट ल्याउन लागेको भन्दै उनले सुझाव दिनै अस्वीकार गरिन् । बरु केन्द्र सरकारले ल्याएको बजेटमाथि समीक्षा गरिन् र कोभिड […]

निर्वाचन आयोगले महन्थ ठाकुरसँग माग्यो केन्द्रीय पदाधिकारीको हस्ताक्षर

१९ जेठ, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ । अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर उनले केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए […]

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्छन् : माधव नेपाल

१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा […]

हिमालको पानी विदेशमा बेच्ने योजना : चर्चाका लागि घोषणा ?

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट वक्तव्यको १९७औं बुँदामा भनिएको छ, ‘निर्यातजन्य उद्योगमा विदेशी लगानी आकर्षित गरिनेछ । हिमालय क्षेत्रको गुणस्तरीय पिउने पानी ब्राण्डिङ गरी खाडी लगायतका देशमा निकासी गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।’ नेपालमा उत्पादन गरी आफ्नो देशमा शतप्रतिशत निकासी गर्ने विदेशी लगानीकर्तालाई आयकरमा थप छुट पनि दिने उल्लेख छ । […]

थप तीन नयाँ भेरियन्टको नाम जिटा, इटा र थिटा राखियो

१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरियन्टलाई ग्रीक अल्फाबेटअनुसार विभिन्न नाम दिएको छ । अहिले नयाँ नाम दिइएका तीनओटा भेरियन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् । यिनीहरुको जनस्वास्थ्यमा कति असर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले […]

स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ

१९ जेठ, वीरगञ्ज । स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा बस्ने २४ वर्षीय सौरभ साहलाई प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा अनुसन्धानका लागि पक्राउ गरेको हो । सौरभलाई प्रहरीले नारायणी अस्पतालका डा. निरज सिंहलगायत वीरगञ्जका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या […]

सरकारसँग वीरगञ्जले माग्यो एक लाख डोज खोप

१९ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सरकारसँग १ लाख डोज खोप उपलब्ध गराउन माग गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्राचार गर्दै १ लाख डोज खोप उपलब्ध गराउन माग गरेका हुन् । ‘वीरगञ्ज र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन रक्षाको लागि वीरगञ्ज क्षेत्रलाई लक्षित गरी तत्काल एक […]



from समाचार – Online Khabar https://ift.tt/2RigTe7
via IFTTT
Powered by Blogger.