समाचार
१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]
१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले डेभ वाट्मोरलाई दिएको लक्ष्य हो, क्रिकेट वर्ल्डकप लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय राष्ट्रको मान्यता कायमै राख्ने । तर आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका […]
१५ भदौ, काठमाडौं । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको आरोप लागेका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका ल्याब इञ्चार्ज विनोदकुमार यादवलाई कारवाही नगरेकामा अस्पतालका कर्मचारी असन्तुष्ट बनेका छन् । यादवले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको उजुरी परेपछि उनलाई अस्पतालले ३ महिना निलम्वन गरेको थियो । यसबीचमा उनले नक्कली रिपोर्ट दिएको पुष्टि हुँदा पनि कारबाही भएको छैन । यादव निलम्वन […]
१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]
१५ भदौ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । ‘हामीले गत साल १५ वटा […]
१५ भदौ, काठमाडौं । दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले […]
१५ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले […]
१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरे । उनले निर्वाचन आयोग पनि संविधान र कानूनको […]
१५ भदौ, गोरखा । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ का ८३ वर्षीय वृद्धको मंगलबार बिहान गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका उनी दुई वर्षदेखि ओछ्यानमा थलिएर बसेका थिए । ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि उपचारका लागि गत आइतबार उनलाई गोरखा अस्पताल ल्याइएको थियो […]
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले पटक-पटक गरी ५६ […]
१५ भदौ, काठमाडौं । स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको […]
१५ भदौ, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा र त्यसपछिका बाढी, पहिरो र डुवानमा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर १५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन […]
१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]
१५ भदौ, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका युवाहरुले पालिकाभित्रको विद्युतीकरणलाई व्यवस्थित गरिदिन उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाललाई आग्रह गरेका छन् । मन्त्री भुसाललाई मंगलबार ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेर स्थानीयले अकालमै ज्यान गुमाउनु परेको गुनासो गरे । विद्युत प्राधिकरणको लापरबाहीका कारण विभिन्न स्थानमा नाङ्गो तार लत्रिँदा सर्वसाधारणले ज्यान नै गुमाउनुपर्ने […]
१५ भदौ काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंग्याउन असमर्थ भएको छ । सभापतिको उम्मेदवार चयन गर्न बसेको पौडेल समूहको बैठकले सहमति जुटाउन नसके पनि आफ्नो समूह सन्देश एक ठाउँमा रहेको सन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गरेको छ । पौडेल समूहले वडा अधिवेशनअघि नै सभापतिमा आफ्नो पक्षका […]
१५ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन् । नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले नयाँ पार्टी रोजेकी हुन् । घर्ती समानुपातिकतर्फ पाल्पाबाट निर्वाचित सांसद हुन् । मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी […]
१५ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ । समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको […]
१५ भदौ, धनगढी । नेकपा एमालेका १० प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् । तीन जनाको भने कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि माधवकुमार नेपाल समूहले एमाले छाडेर एकीकृत समाजवादी बनेको थियो । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । तर […]
विश्व राजनीति यतिबेला विभिन्न अनिश्चयका बीच गुज्रिरहेको छ र यसैबीचमा हामीले भारत–नेपाल सम्बन्धलाई पहिल्याउनु परेको छ । नेपालसँगको सम्बन्धमा हामी कस्तो खालको भविष्य हेर्न चाहन्छौं ? अझ भन्नुपर्दा अर्काे २० वर्षपछि कस्तो सम्बन्ध बनेको हेर्न चाहन्छौं ? हाम्रो सबका साथ, सबका विकास र सबका विश्वासको अवधारणालाई नेपालको समृद्ध नेपाल सुखी नेपालीसँग कसरी ‘रिलेट’ गर्छौं ? […]
१५ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घणमा १७८६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २० जनाको […]
१५ भदौ, जनकपुरधाम । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् । पतिलाई विदाई गर्दा […]
from समाचार – Online Khabar https://ift.tt/3mSxMcy
via IFTTT