समाचार
१६ भदौ, अर्घाखाँची । पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा […]
१६ भदौ, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत प्राधिकरणलाई आफूले विद्युत महसुल भुक्तानी गर्न बाँकी नरहेको दाबी गरेको छ । प्राधिकरणले टिओडी मिटरको विवरण लुकाएर कम्पनीविरुद्ध भ्रामक प्रचार गरेको पनि शिवम्को आरोप छ । सर्वसाधारणको सेयर स्वमित्व रहेको पब्लिक कम्पनीविरुद्ध भ्रम सृजना गर्नेगरी नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले प्रचार गरेको कम्पनीको दाबी छ । […]
सिड्नी । नेपालमा सफाइ अभियन्ताको परिचय बनाएका अष्ट्रेलिया निवासी लेखक खेम शर्माको पुस्तक ‘स्वणिर्म रहस्य’को नेपाल संस्करणको लोकार्पण सोमबार काठमाडौंमा एक साधारण कार्यक्रमकाबीच चालिस विपन्न विद्यार्थीहरुले गरेका छन् । सामान्य कार्यक्रम सहित गौशालास्थित प्रणवानन्द आश्रमका विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरुले उक्त पुस्तक सामूहिक रुपमा एक अर्काबीच उपहारका रुपमा ग्रहण गर्दै लोकार्पण गरेका हुन् । शर्माले […]
१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्। सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको […]
१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]
१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]
१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले डेभ वाट्मोरलाई दिएको लक्ष्य हो, क्रिकेट वर्ल्डकप लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय राष्ट्रको मान्यता कायमै राख्ने । तर आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका […]
१५ भदौ, काठमाडौं । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान […]
१५ भदौ, काठमाडौं । सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका […]
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार आफ्नै वडाको क्रियाशील सदस्यहरुको भेला मार्फत महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे । संस्थापनइतर समूहमा रहेका थापा सभापतिका आकांक्षीहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्छन् । […]
१५ भदौ, काठमाडौं । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको आरोप लागेका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका ल्याब इञ्चार्ज विनोदकुमार यादवलाई कारवाही नगरेकामा अस्पतालका कर्मचारी असन्तुष्ट बनेका छन् । यादवले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको उजुरी परेपछि उनलाई अस्पतालले ३ महिना निलम्वन गरेको थियो । यसबीचमा उनले नक्कली रिपोर्ट दिएको पुष्टि हुँदा पनि कारबाही भएको छैन । यादव निलम्वन […]
१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]
१५ भदौ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । ‘हामीले गत साल १५ वटा […]
१५ भदौ, काठमाडौं । दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले […]
१५ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफू चाहना नहुँदा नहुँदै मुख्यमन्त्री बनेको टिप्पणी गरेका छन् । मुख्यमन्त्री बनेको पाँच दिनपछि मंगलबार प्रदेश १ सरकारको कार्यक्रम ‘जनतासँग मुख्यमन्त्री’मा उनले मुख्यमन्त्री हुने आफ्नो इच्छा नै नरहेको प्रतिक्रिया दिएका हुन् । ‘यसमा (मुख्यमन्त्रीमा) मेरो कुनै इच्छा पछिल्लो पटक थिएन, अहिले पनि छैन खासै,’ उनले […]
१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेका कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरे । उनले निर्वाचन आयोग पनि संविधान र कानूनको […]
१५ भदौ, गोरखा । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ का ८३ वर्षीय वृद्धको मंगलबार बिहान गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लडेर घाइते भएका उनी दुई वर्षदेखि ओछ्यानमा थलिएर बसेका थिए । ज्वरो तथा रुघाखोकीको लक्षण देखिएपछि उपचारका लागि गत आइतबार उनलाई गोरखा अस्पताल ल्याइएको थियो […]
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ३ जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । मंगलबार निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइटमा प्रकाशन गरेको जनाएको छ । ती जिल्लामा १४ औं महाधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत पनि खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले पटक-पटक गरी ५६ […]
१५ भदौ, काठमाडौं । स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित प्रहरीले काठमाडौैंको कुलेश्वर फलफूल बजारबाट दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कुलेश्वरमा फलफूल पसल गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र रामेछापका सुनापती गाउँपालिका–१ घर भई काठमाडौंको कालीमाटीमा डेरा गरी बस्ने २१ वर्षीय रमेश तिमिल्सनालाई मंगलबार पक्राउ गरेको […]
१५ भदौ, काठमाडौं । मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा र त्यसपछिका बाढी, पहिरो र डुवानमा परी १५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर १५ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन […]
१५ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले मंगलबार पालिकाका करीब आठ सय चेपाङ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति घरपरिवार दुई हजार रुपैया बराबरको चामल, दाल, तेल, नून लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताए । कोभिड–१९ बाट प्रभावित आर्थिक […]
from समाचार – Online Khabar https://ift.tt/2Wz2ZXH
via IFTTT






















