Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

करेन्ट लागेर सप्तरीमा बालकको मृत्यु

१६ भदौ, सप्तरी । भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ । प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट […]

बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज […]

राजदूत अधिकारी र पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्षको भेट

१६ भदौ, काठमाडौं । पाकिस्तानमा लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्ष युसुफ खुस्कसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई देशको बीचमा साहित्यको क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भनी धारणाको आदान प्रदान भएको इस्लामावादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । भेटमा राजदूत अधिकारीले नेपाली साहित्यलाई उर्दु र पाकिस्तानमा अन्य भाषामा अनुवाद गर्न […]

मन्त्रिपरिषदको बैठक बस्दै

१६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए । भेटमा प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु […]

बागमती प्रदेशका मन्त्री खनालले राजीनामा दिंदै

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले अनलाइनखबरलाई बताए । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । ‘एमालेमा अन्तरसंघर्ष चलिरहेको […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थालियो

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी […]

अर्घाखाँचीमा पहिरामा पुरिएर एक जनाको मृत्यु

१६ भदौ, अर्घाखाँची । पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा […]

शिवम् सिमेन्टको आरोप–‘टिओडी मिटरको विवरण लुकाएर विद्युत प्राधिकरणले भ्रामक प्रचार गर्‍यो’

१६ भदौ, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत प्राधिकरणलाई आफूले विद्युत महसुल भुक्तानी गर्न बाँकी नरहेको दाबी गरेको छ । प्राधिकरणले टिओडी मिटरको विवरण लुकाएर कम्पनीविरुद्ध भ्रामक प्रचार गरेको पनि शिवम्को आरोप छ । सर्वसाधारणको सेयर स्वमित्व रहेको पब्लिक कम्पनीविरुद्ध भ्रम सृजना गर्नेगरी नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले प्रचार गरेको कम्पनीको दाबी छ । […]

विपन्न विद्यार्थीले गरे पुस्तक लोकार्पण

सिड्नी । नेपालमा सफाइ अभियन्ताको परिचय बनाएका अष्ट्रेलिया निवासी लेखक खेम शर्माको पुस्तक ‘स्वणिर्म रहस्य’को नेपाल संस्करणको लोकार्पण सोमबार काठमाडौंमा एक साधारण कार्यक्रमकाबीच चालिस विपन्न विद्यार्थीहरुले गरेका छन् । सामान्य कार्यक्रम सहित गौशालास्थित प्रणवानन्द आश्रमका विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरुले उक्त पुस्तक सामूहिक रुपमा एक अर्काबीच उपहारका रुपमा ग्रहण गर्दै लोकार्पण गरेका हुन् । शर्माले […]

सपना बनिन् डेनमार्कमा पहिलो नेपाली महिला बस चालक

१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्। सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको […]

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश […]

काठमाडौंमा थुप्रिएको फोहोर उठाइसक्न एक महिना लाग्ने

१५ भदौ, काठमाडौं । एक महिनापछि भोलि बुधबारदेखि काठमाडौं उपत्यकाबाट फोहोर उठाउन सुरु हुँदैछ । मंगलबार दिउँसो काठमाडौं महानगरपालिकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौं र सरोकारवाला निकायबीच बसेको बैठकले काठमाडौंमा थुप्रिएको फोहोर उठाउन शुरु गर्ने निर्णय गरेको हो । तर, नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने […]

किन छाडे वाट्मोरले नेपाली क्रिकेट टिम ?

१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले डेभ वाट्मोरलाई दिएको लक्ष्य हो, क्रिकेट वर्ल्डकप लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय राष्ट्रको मान्यता कायमै राख्ने । तर आफ्नो प्रशिक्षकत्वमा नेपालले लिग–२ मा पहिलो त्रिकोणात्मक सिरिज खेल्नुअघि उनले राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिजका […]

छानबिन समितिले भन्यो : एसएसबीको उपस्थितिमा दार्चुला घटना

१५ भदौ, काठमाडौं । छानबिन समितिले दार्चुलामा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले ब्याँस गाउँपालिका- २ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको निष्कर्ष निकालेको हो । छानबिन समितिले एसएसबीको संलग्नतामा पुन: अनुसन्धान […]

प्रदेशसभामा एकीकृत समाजवादी : गण्डकीमा शून्य, सुदूरपश्चिममा एमालेभन्दा ठूलो

१५ भदौ, काठमाडौं । सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका […]

‘नेताहरुले सहमति गरुन्, नभए हामीले सभापति छान्नुपर्ने अवस्था आउँछ’

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकाे महामन्त्रीमा गगनकुमार थापा उम्मेदवार बन्ने ‘ओपन सेक्रेट’ जस्तै थियो । कुन समूहको महामन्त्री उम्मेदवार भन्ने मात्र प्रश्न थियो । समूह टुंगो नलाग्दै थापाले आइतबार आफ्नै वडाको क्रियाशील सदस्यहरुको भेला मार्फत महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरे । संस्थापनइतर समूहमा रहेका थापा सभापतिका आकांक्षीहरुबीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्छन् । […]

कोरोनाको नक्कली रिपोर्ट दिने कर्मचारीलाई कारवाही भएन

१५ भदौ, काठमाडौं । कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको आरोप लागेका शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका ल्याब इञ्चार्ज विनोदकुमार यादवलाई कारवाही नगरेकामा अस्पतालका कर्मचारी असन्तुष्ट बनेका छन् । यादवले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएको उजुरी परेपछि उनलाई अस्पतालले ३ महिना निलम्वन गरेको थियो । यसबीचमा उनले नक्कली रिपोर्ट दिएको पुष्टि हुँदा पनि कारबाही भएको छैन । यादव निलम्वन […]

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]

अनलाइन कक्षा सञ्चालनमा सहयोग गर्दै प्युठानको माण्डवी गाउँपालिका

१५ भदौ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयका शिक्षकहरुले धेरैवटा मोबाइल राखेर विद्यार्थी पढाएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित बनिरहेको छ । गत वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि मोबाइलबाट पढाउन शुरु गरेको विद्यालयले यो वर्ष पनि मोबाइल मार्फत पढाउन थालेको प्रधानाध्यापक मेघराज पौडेलले जानकारी दिए । ‘हामीले गत साल १५ वटा […]

दार्चुला घटनाको छानबिन समितिले बुझायो प्रतिवेदन

१५ भदौ, काठमाडौं । दार्चुलामा नेपाली युवक तुइनबाट महाकाली नदीमा खसेको विषयमा छानविन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक जनार्दन गौतमले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् । गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले […]



from समाचार – Online Khabar https://ift.tt/3BoYD3Y
via IFTTT
Powered by Blogger.