Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो

१५ मंसिर, तम्घास । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा […]

तराई-मधेसमा छठको रौनक, आज खरना 

१५ कात्तिक, वीरगञ्ज । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् । साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर […]

ट्रम्पविरुद्ध महाअभियोग जाँचको प्रस्ताव तल्लो सदनबाट स्वीकृत

१५ कात्तिक, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ । महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी […]

शीर्ष स्थानमा उक्लिने मौका गुमायो ग्रानाडाले

१५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका ग्रानाडाले गुमाएको छ । बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा शीर्ष स्थानमा पुग्नबाट चुक्यो । पहिलो हाफमा दुई गोल खाएको ग्रानाडाले दोस्रो हाफमा एक गोल फर्काए पनि थप एक गोल खान पुग्यो । गेटाफेलाई पराजित गरेको भए ग्रानाडा २३ […]

बालबालिकाले देउसीभैलो खेलेर उठाएको रकम बाढीपीडितलाई

१५ कात्तिक, म्याग्दी । जिल्लाको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२, बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८, कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री […]

प्रतिबन्धपछि कप्तान मेस्सी अर्जेन्टिनी टिममा फर्किए

१५ कात्तिक, काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३-१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा […]

इस्लामिक स्टेटले गर्‍यो बगदादी मारिएको पुष्टि, अल हाशमी बने नयाँ नेता

१५ कात्तिक, काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । इस्लामिक स्टेटले अबु इब्राहिम अल-हाशमीलाई नयाँ नेता चुनेको हो । यसअघि २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए । इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन […]

प्रधानमन्त्रीको स्वास्थ्यमा खेलवाड नगरियोस्

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अजरबैजानबाट फर्केकै दिन बालुवाटारमा केहीबेर आराम गरेर प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘सिस्नोपानी देउसी’ मा सहभागी भए । ‘सिंगापुरको बिल भर्ने को होला ?’ भन्नेजस्ता आफैंविरुद्धका व्यंग्य वाण सुनिसकेर सम्वोधनका लागि मञ्चमा उभिँदा प्रधानमन्त्रीको अनुहार अलिअलि सुन्निएजस्तो र आँखाका डीलमा पानी जमेजस्तो देखिन्थ्यो । (हेर्नुहोस् माथिको तस्वीर) भाइटीकाको […]

डिस्चार्जपछि प्रधानमन्त्रीले भने-आई एम फिट

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको […]

महराविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता

१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योग गरेको अभियोगको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले महराले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको निष्कर्षसहित अदालतमा मुद्दा दर्ता गरेको हो । संसद सचिवालयकी एक कर्मचारीले १२ असोजमा महरा आफ्नो कोठामा आएको र बलात्कार प्रयास गरेको भन्दै प्रहरीलाई […]

राजपाले खटायो ५२ जिल्लामा पर्यवेक्षक

१४ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेशका जिल्लासहित पहाडी र हिमाली जिल्लाहरुमा पनि तदर्थ समिति बनाउनका लागि पर्यवेक्षक खटाएको छ । वडादेखि केन्द्रसम्म तदर्थ समिति बनाउनका लागि राजपाले ५२ जिल्लामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो । पूर्वको ताप्लेजुङ्गदेखि हिमाली जिल्ला मुगुसम्मका लागि पर्यवेक्षक खटाइएको राजपाले जनाएको छ । उपाध्यक्ष पिर्थीबहादुर बेघालाई ताप्लेजुङ्ग […]

प्रधानमन्त्रीलाई के भएको हो ? यस्तो छ वास्तविकता

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा डायलासिस गरिरहँदा डा. चक्रराज पाण्डे नेताहरुलाई ब्रिफ गरिरहेका थिए, ‘हि इज् पर्फेक्ट ।’ तर, विहीबारै प्रधानमन्त्रीलाई भेटेका नेकपाका एक नेता भन्छन्, ‘उहाँको अवस्था अलि गम्भीर नै देखियो ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतलाई डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओली […]

यस्तो बन्नेछ ग्रिनरीसहितको मुग्लिन–पोखरा सडक

१४ कात्तिक, काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा […]

महराले रगत दिन मानेनन्, डीएनए परीक्षण भएन

१४ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित […]

जुवाको खालबाट १० जना पक्राउ

१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय प्रमुख कोमल शाहले जानकारी दिए । पोखरा ८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया […]

लेनिन विष्टलाई विमानस्थलबाट फर्काइनु गैरकानूनी ठहर

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले गत वर्ष विदेश भ्रमण जान लाग्दा पूर्व माओवादी लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइनु गैरकानुनी ठहर गरेको छ । बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गृह मन्त्रालयले व्यक्तिको हिँडडुल गर्न पाउने अधिकारमाथि अनधिकृत रुपमा हस्तक्षेप गरेको फैसला सुनाएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए । एक कार्यक्रममा सहभागी […]

पिपराको कार्यक्रमबारे प्रचण्डको प्रष्टीकरण – चुनाव प्रचार गरेको छैन

१४ कात्तिक, काठमाडौं । बुधबार महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले आयोजना गरेको कार्यक्रममा दुई मन्त्री सहभागी भएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टिकरण दिएका छन् । छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भनिए पनि गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा नेकपा उम्मेदवारलाई भोट मागिएको भन्दै उक्त कार्यक्रममा मन्त्रीहरु योगेश भट्टराई र गिरिराजमणि पोखरेलको सहभागीतामाथि प्रश्न उठेको थियो । सरकारलाई […]

२५ हजार धरौटी तिरेर छुटे पत्रकार देउजा

१४ कात्तिक, वीरगञ्ज । पत्रकार सन्तोष देउजा २५ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले न्युनतम २५ हजार धरौटी लिएर तारेखमा छोड्ने आदेश दिएको हो । उनी बिहीबार नै धरौटी बुझाएर छुटेका छन् । वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध […]

६ वर्षमा पनि नबनेको १९२ मिटरको एउटा पुल

१४ कात्तिक, काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडा आफ्नै वडामा बन्दै गरेको पक्की पुल हेर्न हप्ताको एक–पटक फोस्रेटार पुग्छन् । आफ्नो वडा र गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल छिटो बनेमा त्यस भेगका जनतालाई सुविधा हुन्थ्यो भन्ने व्यग्रता छ उनलाई । तर ठेक्का सम्झौता भएको ६ वर्षमा […]

सिर्सिया नदीको प्रदुषण रोक्न वीरगञ्जवासी जागरुक बन्दै

१४ कात्तिक, वीरगञ्ज । औधोगिक प्रदुषणका कारण विषालु बनेको सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्जका सरोकारवाला जागरुक भएका छन् । सिर्सिया नदी एवं वीरगञ्ज प्रदुषण मुक्त अभियान पर्सामा आवद्ध विभिन्न व्यक्ति तथा संस्थाले नदी प्रदुषणबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन् । अभियानकर्मीहरुले सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई भेटेर ध्यानाकर्षण […]

श्रम समझदारी कार्यान्वयनबारे छलफल गर्न यूएईको टोली आउँदै

१४ कात्तिक, काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी कार्यान्वयन प्रभावकारी बनाउन दुवै देश छलफलमा बस्ने भएका छन् । समझदारीपछि श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको पहिलो बैठक कात्तिक १७ र १८ गते काठमाडौंमा बस्ने भएको छ । वैठकमा सहभागी हुन युएईको प्रतिनिधिमण्डल कात्तिक १६ गते नेपाल आइपुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी […]



from समाचार – Online Khabar https://ift.tt/2NttzZJ
via IFTTT
Powered by Blogger.