समाचार
१५ कात्तिक, पोखरा । मर्दी हिमाल पदयात्रामा गएकी डच नागरिक कोरी भ्यान ०७४ माघ ८ गते बेपत्ता भइन् । उनको परिवार र नेपालका रेस्क्यु टोलीले लाख कोसिस गर्दा पनि कोरी भेटिइनन् । मर्दी आधार शिविरबाटै ०७३ असोजमा इजरायली नागरिक अमित रिचम्यान हराए । गएको वर्ष चैत ६ गते जापानी नागरिक ६४ वर्षीय नाजासावा माजासीको अन्नपूर्ण […]
१५ कात्तिक, काठमाडौं । आफ्ना प्रहसनमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने हास्यव्यंग्यकर्मी मनोज गजुरेल पछिल्लोपटक चीनका राष्ट्रपति सी चिनफिङको हुलियामा प्रकट भए । सिस्नुपानी नेपालको हास्यव्यंग्यात्मक देउसी कार्यक्रममा उनको यो हुलिया पहिलोपटक सार्वजनिक भयो । अनुहारको जोडकोड हेर्दा सीभन्दा नितान्त भिन्न छन् गजुरेल । चिम्सा आँखा र थेप्चो नाक भएका मंगोलियनसँग बाहुनको छोराको अनुहार मिल्ने कुरा […]
१५ कात्तिक, काठमाडौं । यस वर्षको कात्तिक नाच आजदेखि सुरु हुँदैछ । ३ सय ७९ वर्ष पुरानो सांस्कृतिक महत्त्व बोकेको यो नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा १२ दिनसम्म नियमित देखाइन्छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाचको नाम दिइएको […]
१५ मंसिर, तम्घास । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए । सिञ्जाली सोही वडाका वडासदस्य हुन् । उनलाई वडासदस्य पदबाट राजीनामा गराई […]
१५ कात्तिक, वीरगञ्ज । छठ पर्वअन्तर्गत शुक्रबार दोस्रो दिन ‘खरना’ मनाइँदैछ । छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिलाई ‘रसियाव रोटी’ पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरु यसदिन दिनभर उपवास बस्छन् । साँझपख नुहाएर चोखो भई कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर सख्खर […]
१५ कात्तिक, काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ । ट्रम्पका वकिलहरुको अधिकार क्षेत्र पनि तोकिएको यस प्रस्तावको ह्वाइट हाउसले भने निन्दा गरेको छ । महाअभियोगको जाँच औपचारिक रुपमा सुरु गर्ने प्रस्ताव स्वीकृत हुनुको अर्थ राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन मन्जुरी […]
१५ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिने मौका ग्रानाडाले गुमाएको छ । बिहीबार राति भएको खेलमा गेटाफेसँग ३–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा शीर्ष स्थानमा पुग्नबाट चुक्यो । पहिलो हाफमा दुई गोल खाएको ग्रानाडाले दोस्रो हाफमा एक गोल फर्काए पनि थप एक गोल खान पुग्यो । गेटाफेलाई पराजित गरेको भए ग्रानाडा २३ […]
१५ कात्तिक, म्याग्दी । जिल्लाको बेनीबजार कालीपुल क्षेत्रका बालबालिकाले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन गरेको रकम बिहीबार बेनी नगरपालिका–२, बगरफाँटको कोटखोलाका बाढीपीडितलार्ई प्रदान गरेर उदाहरणीय काम गरेका छन् । बेनी नगरपालिका–८, कालीपुलका १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले कालीपुल देउसीभैलो समूहको नामबाट तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रु १० हजारबाट विभिन्न किसिमका राहत सामग्री […]
१५ कात्तिक, काठमाडौं । तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनल मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् । अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । गत जुलाई ६ मा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि चिलीसँग प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ३-१ गोलको जित हात पारेको थियो । तर कप्तान मेस्सीले भने त्यसमा […]
१५ कात्तिक, काठमाडौं । इस्लामिक स्टेट (आईएस)ले आफ्नो नेता अबु बक्र अल बगदादी मारिएको पुष्टि गर्दै नयाँ नेता चुनेको छ । इस्लामिक स्टेटले अबु इब्राहिम अल-हाशमीलाई नयाँ नेता चुनेको हो । यसअघि २७ अक्टुबरमा अमेरिकी सेनाले सिरियामा गरेको कारबाहीमा बगदादी मारिएका थिए । इस्लामिक स्टेटले एक अडियो सन्देश जारी गर्दै आफ्ना प्रवक्ता अबु अल हसन […]
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अजरबैजानबाट फर्केकै दिन बालुवाटारमा केहीबेर आराम गरेर प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘सिस्नोपानी देउसी’ मा सहभागी भए । ‘सिंगापुरको बिल भर्ने को होला ?’ भन्नेजस्ता आफैंविरुद्धका व्यंग्य वाण सुनिसकेर सम्वोधनका लागि मञ्चमा उभिँदा प्रधानमन्त्रीको अनुहार अलिअलि सुन्निएजस्तो र आँखाका डीलमा पानी जमेजस्तो देखिन्थ्यो । (हेर्नुहोस् माथिको तस्वीर) भाइटीकाको […]
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको […]
१४ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योग गरेको अभियोगको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले महराले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको निष्कर्षसहित अदालतमा मुद्दा दर्ता गरेको हो । संसद सचिवालयकी एक कर्मचारीले १२ असोजमा महरा आफ्नो कोठामा आएको र बलात्कार प्रयास गरेको भन्दै प्रहरीलाई […]
१४ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेशका जिल्लासहित पहाडी र हिमाली जिल्लाहरुमा पनि तदर्थ समिति बनाउनका लागि पर्यवेक्षक खटाएको छ । वडादेखि केन्द्रसम्म तदर्थ समिति बनाउनका लागि राजपाले ५२ जिल्लामा पर्यवेक्षक खटाउने निर्णय गरेको हो । पूर्वको ताप्लेजुङ्गदेखि हिमाली जिल्ला मुगुसम्मका लागि पर्यवेक्षक खटाइएको राजपाले जनाएको छ । उपाध्यक्ष पिर्थीबहादुर बेघालाई ताप्लेजुङ्ग […]
१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालमा डायलासिस गरिरहँदा डा. चक्रराज पाण्डे नेताहरुलाई ब्रिफ गरिरहेका थिए, ‘हि इज् पर्फेक्ट ।’ तर, विहीबारै प्रधानमन्त्रीलाई भेटेका नेकपाका एक नेता भन्छन्, ‘उहाँको अवस्था अलि गम्भीर नै देखियो ।’ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल, नारायणकाजी श्रेष्ठ लगायतलाई डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओली […]
१४ कात्तिक, काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो । सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा […]
१४ कात्तिक, काठमाडौं । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । अपराधस्थल भनिएको सुविधानगरस्थित […]
१४ कात्तिक, पोखरा । वडा प्रहरी कार्यालय बैदामले बिहीबार जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिएको छ । उनीहबाट ३ लाख ५७ हजार रुपैयाँ बरामद गरिएको वडा प्रहरी कार्यालय प्रमुख कोमल शाहले जानकारी दिए । पोखरा ८ आलुमाइलाचोकस्थित धर्मेन्द्र श्रेष्ठको घरबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका जुवाडेलाई बिहीबार नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया […]
१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले गत वर्ष विदेश भ्रमण जान लाग्दा पूर्व माओवादी लडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइनु गैरकानुनी ठहर गरेको छ । बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले गृह मन्त्रालयले व्यक्तिको हिँडडुल गर्न पाउने अधिकारमाथि अनधिकृत रुपमा हस्तक्षेप गरेको फैसला सुनाएको सर्वोच्चका एक अधिकारीले जानकारी दिए । एक कार्यक्रममा सहभागी […]
१४ कात्तिक, काठमाडौं । बुधबार महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाले आयोजना गरेको कार्यक्रममा दुई मन्त्री सहभागी भएको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रष्टिकरण दिएका छन् । छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भनिए पनि गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा नेकपा उम्मेदवारलाई भोट मागिएको भन्दै उक्त कार्यक्रममा मन्त्रीहरु योगेश भट्टराई र गिरिराजमणि पोखरेलको सहभागीतामाथि प्रश्न उठेको थियो । सरकारलाई […]
१४ कात्तिक, वीरगञ्ज । पत्रकार सन्तोष देउजा २५ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले न्युनतम २५ हजार धरौटी लिएर तारेखमा छोड्ने आदेश दिएको हो । उनी बिहीबार नै धरौटी बुझाएर छुटेका छन् । वीरगञ्जकी डा. दाम्पती निलमकुमार साह–राजेशकुमार साहको विषयमा भिडियो अन्तर्वार्ता गरेको विषयलाई लिएर पत्रकार देउजाविरुद्ध […]
from समाचार – Online Khabar https://ift.tt/2oESKA4
via IFTTT






















