समाचार
१९ चैत, जनकपुरधाम । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथामका लागि पठाएको सामग्री जनकपुरधाम आइपुगेको छ । ट्रकमार्फत ल्याइएको ती सामग्रीमा कोरोना संक्रमणको परीक्षण गर्ने उपकरण भने छैन । केन्द्र सरकारले पठाएका सामग्री सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ । मन्त्रालयले प्रदेश २ लाई […]
१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान […]
१८ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ । लकडाउन सुरु भएपछि भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि […]
१९ चैत, गुल्मी । गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट […]
१९ चैत, गुल्मी । गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । बेवारिसे अवस्थामा फेला परेको शव मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षीय सुरज गन्धर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । गन्धर्वको शव सोमबार सोही नगरपालिका वडा नम्बर ४ स्थित बगरमा फेला परेको थियो । मृतक […]
१९ चैत, कञ्चनपुर । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोड्ने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ । स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुबैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन् । मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधनदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ । पुल बन्द गरिएपछि अत्यावश्यक कामका […]
१९ चैत, काठमाडौं । लकडाउनको उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले मंगलबारदेखि चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपनि रातको समयमा ठूलो संख्यामा मजदुरले उपत्यका छाडिरहेको बारे सोमबार राति अनलाइनखबरमा भिडियोसहित रिपोर्ट प्रकाशित भएको थियो । मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका […]
१९ चैत, दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे […]
१९ चैत, चितवन । चितवनको सौराहाका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हातीले खाने आहाराको अभाव हुन चालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । होटलमा आउने पर्यटकहरुलाई सामुदायिक वनमा हात्ती सफारीमा लैजाने हात्तीका लागि आवश्यक दाना अभाव हुन थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ‘अहिले सामुदायिक वनमा घाँस छैन, चराउन लैजान पनि […]
१९ चैत, रौतहट । लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् । लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै […]
१९ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानका कर्मचारीलाई यतिबेला भ्याइनभ्याइ छ । धेरैजसो दिन गफ गरेर काट्नु परेका कर्मचारीलाई अहिले विद्युतीय चुल्हो (इन्डक्सन) किन्न आउनेहरुले काममा व्यस्त बनाएका छन् । स्थलगत रिपोर्टिङका लागि मंगलबार संस्थानको थापाथली कार्यालय पुग्दा कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता पनि राम्रोसंग अपनाइएको थियो । काम भएकाले मात्र कार्यालय परिसरमा प्रवेश पाउने […]
१९ चैत, काठमाडौं । कोरोना भाईरस फैलिन नदिन र यसबाट हुनसक्ने सम्भावित संक्रमण रोक्न नेपाल सरकारले थप एक साता लकडाउन गरेको अवस्थामा विभिन्न सेवाहरु लगायत दैनिक आवतजावतमा समेत निकै प्रभाव परेको छ । यस्तो अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार र अत्यावश्यक सेवाबाहेक अन्य भुक्तानी कारोबारहरुको लागि उपलब्ध डिजिटल माध्यममार्फत् […]
१९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]
१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारीहरूलाई यस्तो आग्रह गरेको हो । विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, […]
१९ चैत, काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय […]
१९ चैत, काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म […]
१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना, […]
१९ चैत, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष स्थापना गरिएको छ । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा मुख्यमन्त्री […]
१९ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए । ओझाले गाउँपालिकावासीका लागि […]
१९ चैत, लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मंगलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका हुन् । उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण […]
१९ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् । कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी […]
from समाचार – Online Khabar https://ift.tt/2RheJs3
via IFTTT






















