Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साइकल चढेरै काठमाडौंबाट गौर पुगे दुई भारतीय

१९ चैत, रौतहट । लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् । लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै […]

लकडाउनमा पनि क्लियरिङ हाउसको १८ अर्ब बढि कारोबार

१९ चैत, काठमाडौं । कोरोना भाईरस पैmलिन नदिन र यसबाट हुनसक्ने संभावित संक्रमण रोक्न नेपाल सरकारले एक हप्ता लकडाउन गरेको अवस्थामा बिभिन्न सेवाहरु लगायत दैनिक आवतजावतमा समेत निकै प्रभाव परेको छ । यस्तो अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार र अत्यावश्यक सेवाहरु वाहेक अन्य भुक्तानी कारोबरहरुको लागि उपलब्ध डिजिटल माध्यम […]

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

१९ चैत, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि […]

सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारीहरूलाई यस्तो आग्रह गरेको हो । विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, […]

लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

१९ चैत, काठमाडौं । प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान ८ बजेसम्म एक हजार एक सय ५८ जनालाई उभ्याएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याएर कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक परीक्षण दिइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय […]

लण्डनस्थित नेपाली दूतावास सातै दिन खुल्ने

१९ चैत, काठमाडौं । बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ । यसअघि हप्ताको सोमबारदेखि शुक्रबारसम्म […]

प्रदेश १ मा ३० जनाको रिपोर्ट नेगेटिभ, १६ जनाको रिपोर्ट आउन बाँकी

१९ चैत, विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना भाइस (कोभिड-१९)को आशंकामा नमुना संकलन गरिएका मध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ  । यो अवधिमा १० महिलासहित ४६ जनाको नमुना संकलन गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले अहिलेसम्म सबै भन्दा बढी सुनसरीबाट २५ जना त्यसैगरी झापाबाट ५ जना, […]

प्रदेश ५ मा कोरोना रोकथाम तथा उपचार कोष स्थापना

१९ चैत, बुटवल । प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष स्थापना गरिएको छ । प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोष सञ्चालनको निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याएपछि कोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि सामाजिक विकासमन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ । सदस्यहरुमा मुख्यमन्त्री […]

कास्कीको रुपामा दुईभन्दा बढी भेटघाट बन्द

१९ चैत, चिप्लेढुङ्गा । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने बताए । ओझाले गाउँपालिकावासीका लागि […]

मनकारी केरा व्यापारी   

१९ चैत, लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराएका छन् । चौधरीले मंगलबार २५० दर्जन केरा टीकापुर नगरपालिकाअन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गरेका हुन् । उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण […]

कोरोना दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती : राष्ट्रसंघ

१९ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले कोरोना भाइरस (कोभिड-१९)को महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारेको एक रिपोर्ट सार्वजनिक गर्दै महासचिव गुट्रेसले यस्तो बताएका हुन् । कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना पनि उनले औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी […]

लकडाउनमा घरै बसेर ‘अफलाइन’ काम !

`१९ चैत, काठमाडौं । सरकारले लकडाउनका बेला घरमै बस्न भनेको छ । घरबाहिर जान नपाइने भएपछि अधिकाशंको दिनचर्या सामाजिक सञ्जालमा बित्ने गरेको छ । कोही तास खेलेर बसेका छन् । तर, मेहनती मानिसहरुले लकडाउनलाई सिर्जनात्मक काममा प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा पानीको थोपा गनेर, पखां कतिचोटि घुम्छ जस्ता गणना गरेर क्वारेन्टाइनमा बसिरहेको भन्दै पोस्ट […]

कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु

१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा बढी हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ । चीन र युरोपपछि कोरोनाको […]

ग्यासको विकल्प खोज्नै पर्‍यो !

१९ चैत, काठमाडौं । नेपाल खाद्य संस्थानका कर्मचारीलाई यतिबेला भ्याइनभ्याइ छ । धेरैजसो दिन गफ गरेर काट्नु परेका कर्मचारीलाई अहिले विद्युतीय चुल्हो (इन्डक्सन) किन्न आउनेहरुले काममा व्यस्त बनाएका छन् । स्थलगत रिपोर्टिङका लागि मंगलबार संस्थानको थापाथली कार्यालय पुग्दा कोरोना भाइरस संक्रमणबाट जोगिन सतर्कता पनि राम्रोसंग अपनाइएको थियो । काम भएकाले मात्र कार्यालय परिसरमा प्रवेश पाउने […]

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु

१८ चैत, काठमाडौं । बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइयो । त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको […]

भोकको आगोले पोल्दा…(फोटो फिचर)

साँघुरो गल्लीमा मेरो चोक छ । यहाँ के छैन ? सबथोक छ । असंख्य रोग छ, अनन्त भोक छ, असीम शोक छ, केवल हर्ष छैन, यहाँ त्यसमाथि रोक छ । साँघुरो गल्लीमा मेरो चोक छ । –भूपि शेरचन २०१७ सालको परिवर्तित राजनीतिक परिस्थितिको समयमा भूपि शेरचनले एउटा साँघुरो गल्लीको बारेमा लेखेको एउटा कविताले त्यतिबेलाको विश्वको […]

आज काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदै

१९ चैत, काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबारदेखि काठमाडौंका ६ स्थानबाट ग्यास वितरण गर्दैछ । लकडाउनका कारण ग्यास अभाव भएको गुनासो आएपछि बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरण गर्न लागिएको हो । नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक […]

‘लकडाउन’मा के गर्दैछन् संसारका नेपाली साहित्यकार ?

१९ चैत, वृन्दावन (भारत) । कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । मानव जातिको अस्तित्वमै संकट आएको त होइन ? भन्ने अत्यन्त भयग्रस्त विचारहरू पनि आउन थालेका छन् । विश्वको सामाजिक र आर्थिक अवस्था डामाडोल उन्मूख छ । यस्तो अवस्थामा संसारभर छरिएर रहेका नेपाली साहित्यकारहरूको के अवस्था छ ? के भोग्दैछन् र के सोच्दैछन् त […]

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ ।

अप्रिल फूल नमनाउने गुगलको निर्णय

काठमाडौं । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट […]

चितवनमा कोरोना भाइरस परीक्षण कहिले ?

१८ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना भाइरसको नमुना परीक्षण गर्ने ल्याब छैन । संघीय सरकारले कोरोना परीक्षणलाई प्रदेशस्तरसम्म लैजाने निर्णय गरी वागमती प्रदेशमा हेटौंडामा ल्याब राख्ने निर्णय गरेको छ । कोरोना संक्रमणको स्क्रिनिङ, ओपीडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पतालमा बिरामीबाट निकालिने स्वाब गाडीमा राखेर टेकुस्थित […]



from समाचार – Online Khabar https://ift.tt/39z24qH
via IFTTT
Powered by Blogger.