समाचार
१९ चैत, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो […]
१९ चैत, काठमाडौं । लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति मंगलबार भएको थियो । उक्त सहमतिपछि सुनौली नाकामा रोकिएकाहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइन र दार्चुलामा रोकिएकालाई भारतको धार्चुलास्थित क्वारेन्टाइनमा राखिएको […]
१९ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डि बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई घर फर्काएपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका छन् । राजदूत बेरीले पर्यटक अलपत्र […]
१९ चैत, काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत वितरण सुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले […]
१९ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन दिनभर पालना हुन्छ । तर, बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । त्यो हो, एक घर, एक पास । नगरपालिकोको यो जुक्ति अनुसार एकै […]
१९ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९)सँग लड्न सभा हललाई मुलुककै सबैभन्दा ठूलो आईसीयू बनाएको छ । कोभिड–१९ का बिरामी बढेसँगै हुन सक्ने अभावलाई मध्यनजर गर्दै बेलायतले सभा हललाई आईसीयू बनाउने निर्णय गरेको हो । यो आईसीयू एक सताभन्दा कम समयमा निर्माण गरिएको हो र, आगामी साताबाट सञ्चालनमा ल्याउने तयारी छ । यो आईसीयू […]
१८ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१९ स्थित बरेवा गाउँमा लकडाउनले समस्यमा परेका परिवारको लगत संकलन गर्ने विषयमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार लगत संकलनको विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा महिला तथा बालबालिकासहित १९ जना घाइते भएका छन् । घाइते मध्ये १६ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । […]
१९ चैत, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् । अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ […]
१९ चैत, काठमाडौं । भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ […]
१९ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्ना सम्पूर्ण जनतालाई कोरोनाबाट सुरक्षित राख्नको लागि राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले हरेक परिवारलाई नियमित हात धुन साबुन र प्रयोग गर्न मास्क वितरण गरेको हो । वडा नम्बर १ देखि ६ सम्मका सबैलाई साबुन र मास्क वितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । […]
१९ चैत, गोरखा । लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा ताला लगाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका-८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो । ‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, मोटरसाइकलहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का […]
१८ चैत, बुटवल । प्रदेश ५ का तीन स्थानमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने प्रयोगशाला बन्ने भएका छन् । रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोभिड-१९ जाँच गर्ने प्रयोगशाला बन्न थालेका हुन् । तीनवटा प्रयोगशालामध्ये भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसरभित्रको बीउबिजन कार्यालयमा स्थापना भइरहेको प्रयोगशाला संघीय सरकारको बजेटमा बन्न लागेको हो । दाङ र […]
१९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी तीन जना नेपाली सप्तरीमा भेटिएका छन् । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । बुधबार […]
१९ चैत, काठमाडौं । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् । काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम […]
१९ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गरेको ८ दिन भयो । अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको त ९ दिन भइसक्यो । तर भारत जान भन्दै मानिसहरु वीरगञ्ज नाका पुग्ने क्रम रोकिएको छैन । मानिसहरु आफैं जाने मात्र, स्थानीय तहहरुले पास नै बनाइदिएर पठाउने गरेका छन् । दिनहुँ विभिन्न जिल्लाबाट […]
१९ चैत, काठमाडौं । सरकारले आइतबार आर्थिक प्याकेज घोषणा गर्यो । सरसरती हेर्दा आकर्षक लागेपनि धेरै यो प्याकेजले प्रत्यक्ष फाइदा कसलाई गर्नेछ, त्यो भने हेर्न बाँकी छ । तर, कोरोना भाइरसको संक्रमणपछि मुलुकभित्र सबैभन्दा बढी प्रभावित भएको एयरलाइन्स, पर्यटन र होटेल व्यवसायी भने सरकारको प्याकेजबाट निराश बनेका छन् । यी कुनै पनि क्षेत्रले सरकारको प्याकेजबाट […]
१९ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो । सरकारको आन्तरिक मामिला […]
१९ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध देशहरूले स्थापना गरेको ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा हुने भएको छ । नेपालले पनि यो कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने जनाइसकेको छ । कोषमा भारतले सबभन्दा बढी एक करोड अमेरिकी डलर, श्रीलंकाले […]
१९ चैत, जनकपुरधाम । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथामका लागि पठाएको सामग्री जनकपुरधाम आइपुगेको छ । ट्रकमार्फत ल्याइएको ती सामग्रीमा कोरोना संक्रमणको परीक्षण गर्ने उपकरण भने छैन । केन्द्र सरकारले पठाएका सामग्री सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ । मन्त्रालयले प्रदेश २ लाई […]
१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान […]
१८ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ । लकडाउन सुरु भएपछि भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि […]
from समाचार – Online Khabar https://ift.tt/2X1ogXU
via IFTTT






















