समाचार
१९ चैत, सप्तरी । सुनसरी, सप्तरी र सिराहा जिल्लाबाट भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लीम धार्मिक सभा (जमात) मा सहभागी हुन हिँडेका तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा पाँच जना सुनसरीका, दुई जना सप्तरीका र एक जना सिराहाका छन् । दिल्ली जमातमा जान भन्दै पटनासम्म पुगेर फर्केका उनीहरुलाई सप्तरीको […]
१९ चैत, काठमाडौं । लकडाउनका कारण नेपालमै अलपत्र परेका अष्ट्रेलियाका पर्यटक बुधबार घर जान पाएका छन् । बुधबार दुई सय ६४ जना अष्ट्रेलियाली पर्यटक लिएर नेपाल एयरलाइन्सको विमान ब्रिसबेन जानेछ । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका […]
१९ चैत, काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले युरोपमा सरेको छ । सबैजसो यूरोपेली देशहरु यसबाट प्रभावित छन् । तर, अपवादको रुपमा उभिएको छ, स्वीडेन । कोरोनाको त्रासका बाबजुद यस देशको जनजीवन अपेक्षाकृत सामान्य छ । कोरोनासँग लड्न युरोपका देशहरुले अनेक रणनीति अवलम्बन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो-लकडाउन । […]
१९ चैत, काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले […]
१९ चैत, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा सात हजार ७१० नयाँ संक्रमित भेटिएका हुन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६ पुगेको हो । मन्त्रालयको तथ्यांकअनुसार स्पेनमा पछिल्लो […]
१९ चैत, काठमाडौं । लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति मंगलबार भएको थियो । उक्त सहमतिपछि सुनौली नाकामा रोकिएकाहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइन र दार्चुलामा रोकिएकालाई भारतको धार्चुलास्थित क्वारेन्टाइनमा राखिएको […]
१९ चैत, काठमाडौं । सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई दैनिक जीवनयापनका लागि स्थानीय तहबाट राहत उपलब्ध गराउने ।’ यो निर्णयको कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ‘राहतसम्बन्धी मापदण्ड’ स्वीकृत गरेको […]
१९ चैत, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संकटको समयमा अमेरिकी पर्यटकको उद्धारमा सहयोग गरेको भन्दै नेपालको प्रशंसा गरेका छन् । मंगलबार तीन सय दुई जना अमेरिकी नागरिकलाई घर फर्काएपछि उनले एक भिडियो सन्देश जारी गर्दै नेपाली जनताले आतिथ्य सत्कारको असाधारण दृष्टान्त प्रदर्शन गरेको भन्दै धन्यवाद दिएका हुन् । राजदूत बेरीले पर्यटक अलपत्र […]
१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोड्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत वितरण सुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले […]
१९ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को असर यतिबेला सबै क्षेत्रमा परिरहेको छ । समस्या तरकारी खेती गर्नेहरुलाई पनि परेको छ । तरकारी खेतीलाई नै मुख्य आम्दानीको स्रोत बनाएका राजधानी आसपासका किसानसमेत तरकारी नबिकेर समस्यामा छन् । अनलाइनखबरको टोली भक्तपुरको बोडे पुग्दा तरकारी किसानहरु काममा व्यस्त थिए । कोही तरकारी टिप्दै थिए त कोही […]
१९ चैत, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउन दिनभर पालना हुन्छ । तर, बिहानीपख मर्निङ वाक र पूजापाठ गर्न तथा साँझ तरकारी किन्ने नाममा मानिसहरु ठूलो संख्या घरबाहिर निस्कन थालेपछि भक्तपुर नगरपालिकाले नयाँ जुक्ति निकालेको छ । त्यो हो, एक घर, एक पास । नगरपालिकोको यो जुक्ति अनुसार एकै […]
१९ चैत, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९)सँग लड्न सभा हललाई मुलुककै सबैभन्दा ठूलो आईसीयू बनाएको छ । कोभिड–१९ का बिरामी बढेसँगै हुन सक्ने अभावलाई मध्यनजर गर्दै बेलायतले सभा हललाई आईसीयू बनाउने निर्णय गरेको हो । यो आईसीयू एक सताभन्दा कम समयमा निर्माण गरिएको हो र, आगामी साताबाट सञ्चालनमा ल्याउने तयारी छ । यो आईसीयू […]
१८ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१९ स्थित बरेवा गाउँमा लकडाउनले समस्यमा परेका परिवारको लगत संकलन गर्ने विषयमा दुईपक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार लगत संकलनको विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा महिला तथा बालबालिकासहित १९ जना घाइते भएका छन् । घाइते मध्ये १६ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ । […]
१९ चैत, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ । आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी विराटनगरको न्यूरो अस्पताल र विराट नर्सिङ होमले भर्ना नलिएका हुन् । अन्तिममा नोबल अस्पतालमा भर्ना गरिएकी धनकुटाको महालक्ष्मी नगरपालिका ५ कि नरदेवी गुरुङलाई डेढ […]
१९ चैत, काठमाडौं । भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ […]
१९ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्ना सम्पूर्ण जनतालाई कोरोनाबाट सुरक्षित राख्नको लागि राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले हरेक परिवारलाई नियमित हात धुन साबुन र प्रयोग गर्न मास्क वितरण गरेको हो । वडा नम्बर १ देखि ६ सम्मका सबैलाई साबुन र मास्क वितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । […]
१९ चैत, गोरखा । लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा ताला लगाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका-८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो । ‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, मोटरसाइकलहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का […]
१८ चैत, बुटवल । प्रदेश ५ का तीन स्थानमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने प्रयोगशाला बन्ने भएका छन् । रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोभिड-१९ जाँच गर्ने प्रयोगशाला बन्न थालेका हुन् । तीनवटा प्रयोगशालामध्ये भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसरभित्रको बीउबिजन कार्यालयमा स्थापना भइरहेको प्रयोगशाला संघीय सरकारको बजेटमा बन्न लागेको हो । दाङ र […]
१९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी तीन जना नेपाली सप्तरीमा भेटिएका छन् । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । बुधबार […]
१९ चैत, काठमाडौं । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् । काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम […]
१९ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गरेको ८ दिन भयो । अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको त ९ दिन भइसक्यो । तर भारत जान भन्दै मानिसहरु वीरगञ्ज नाका पुग्ने क्रम रोकिएको छैन । मानिसहरु आफैं जाने मात्र, स्थानीय तहहरुले पास नै बनाइदिएर पठाउने गरेका छन् । दिनहुँ विभिन्न जिल्लाबाट […]
from समाचार – Online Khabar https://ift.tt/2UQH35f
via IFTTT





















