Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरमा मृत्यु भएका धादिङका युवकमा कोरोना संक्रमण भेटिएन

१९ चैत, काठमाडौं । भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका-६ […]

बलान बिहुल गाउँपालिकाले बाँड्यो मास्क र साबुन

१९ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्ना सम्पूर्ण जनतालाई कोरोनाबाट सुरक्षित राख्नको लागि राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले हरेक परिवारलाई नियमित हात धुन साबुन र प्रयोग गर्न मास्क वितरण गरेको हो । वडा नम्बर १ देखि ६ सम्मका सबैलाई साबुन र मास्क वितरण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । […]

मानिसको आवातजावत रोक्न झेलुङ्गे पुलमा ताला

१९ चैत, गोरखा । लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला लगाइएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो । ‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, बाइकहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का […]

प्रदेश ५ का तीन ठाउँमा कोरोना परीक्षण प्रयोगशाला बन्दै

१८ चैत, बुटवल । प्रदेश ५ का तीन स्थानमा कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्ने प्रयोगशाला बन्ने भएका छन् । रुपन्देहीको भैरहवा, दाङ र नेपालगञ्जमा कोभिड-१९ जाँच गर्ने प्रयोगशाला बन्न थालेका हुन् । तीनवटा प्रयोगशालामध्ये भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र परिसरभित्रको बीउबिजन कार्यालयमा स्थापना भइरहेको प्रयोगशाला संघीय सरकारको बजेटमा बन्न लागेको हो । दाङ र […]

दिल्लीको धार्मिक सभामा सहभागी ३ जना सप्तरीमा भेटिए

१९ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी तीन जना नेपाली सप्तरीमा भेटिएका छन् । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलिगी जमातको मुख्य कार्यालयमा आयोजित धार्मिक सभामा सहभागी सप्तरीका तीन जना घर फर्किएका हुन् । उनीहरुलाई घरमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको छ । बुधबार […]

फोहोर उठाउन निजी कम्पनीहरुको असहयोग

१९ चैत, काठमाडौं । काठमाडौंमा फोहोर उठाउने धेरै निजी कम्पनी सम्पर्कविहीन भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको समयमा फोहोर उठाउने जिम्मा लिएका निजी कम्पनी भागेका हुन् । काठमाडौं महानगरपालिकाका निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजेश्वर ज्ञवालीकाअनुसार कतिपय सम्पर्कमा नै छैनन् भने कतिपयले विभिन्न बाहना बनाएर फोहोर संकलनको काम […]

लकडाउन छ, तर मानिसहरु सहजै पुगिरहेका छन् वीरगञ्ज

१९ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन गरेको ८ दिन भयो । अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको त ९ दिन भइसक्यो । तर भारत जान भन्दै मानिसहरु वीरगञ्ज नाका पुग्ने क्रम रोकिएको छैन । मानिसहरु आफैं जाने मात्र, स्थानीय तहहरुले पास नै बनाइदिएर पठाउने गरेका छन् । दिनहुँ विभिन्न जिल्लाबाट […]

सरकारको मलमले पुग्दैन : पर्यटन व्यवसायी

१९ चैत, काठमाडौं । सरकारले आइतबार आर्थिक प्याकेज घोषणा गर्‍यो । सरसरती हेर्दा आकर्षक लागेपनि धेरै यो प्याकेजले प्रत्यक्ष फाइदा कसलाई गर्नेछ, त्यो भने हेर्न बाँकी छ । तर, कोरोना भाइरसको संक्रमणपछि मुलुकभित्र सबैभन्दा बढी प्रभावित भएको एयरलाइन्स, पर्यटन र होटेल व्यवसायी भने सरकारको प्याकेजबाट निराश बनेका छन् । यी कुनै पनि क्षेत्रले सरकारको प्याकेजबाट […]

निजी अस्पतालले उपचार नगरे कारबाही गर्न प्रदेश सरकारको निर्देशन

१९ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरसको त्रास रहेको समयमा बिरामीलाई आधारभूत सेवा समेत नदिने निजी अस्पताल तथा नर्सिङ्ग होमलाई कारबाहीको दायरामा ल्याउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बिरामीको उपचार नगर्ने अस्पताललाई कारबाही हुने बताएको भोलिपल्टै कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरिएको हो । सरकारको आन्तरिक मामिला […]

सार्क कोभिड–१९ कोषमा दुई अर्ब, कसरी हुन्छ खर्च ?

१९ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा आवद्ध देशहरूले स्थापना गरेको ‘सार्क कोभिड–१९ आपतकालीन कोष’मा दुई अर्ब १७ करोड रुपैयाँभन्दा बढी जम्मा हुने भएको छ । नेपालले पनि यो कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने जनाइसकेको छ । कोषमा भारतले सबभन्दा बढी एक करोड अमेरिकी डलर, श्रीलंकाले […]

प्रदेश २ मा आइपुगेन कोरोना परीक्षण गर्ने उपकरण

१९ चैत, जनकपुरधाम । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरस रोकथामका लागि पठाएको सामग्री जनकपुरधाम आइपुगेको छ । ट्रकमार्फत ल्याइएको ती सामग्रीमा कोरोना संक्रमणको परीक्षण गर्ने उपकरण भने छैन । केन्द्र सरकारले पठाएका सामग्री सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा राखिएको छ । मन्त्रालयले प्रदेश २ लाई […]

२६४ यात्रु बोकेर आज नेपाल एयरलाइन्स अस्ट्रेलिया उड्दै

१९ चैत, काठमाडौं । आज बुधबार नेपाल एयरलाइन्स पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो । नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान […]

माइकिङ गर्दै टोलटोलमा पुग्यो साल्ट ट्रेडिङको भ्यान

१८ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्याकाको टोल–टोलमा सुपथ मूल्यमा अत्यावश्यक खाद्य वस्तु बिक्री सुरु गरेको छ । लकडाउन सुरु भएपछि भ्यानमार्फत दाल, नुन, चिनी, गेडागुडी, मैदा, आटाजस्ता खाद्यान्ल लिएर विभिन्न टोलमा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । यस्तै साल्ट ट्रेडिङको कालीमाटी, सतुंगल, टेकु, बनेपा, भक्तपुरलगायतका अउटलेट पनि […]

गुल्मीमा विदेशबाट १७ सय भित्रिए,  क्वारेन्टाइनमा ५५ जना मात्र

१९ चैत, गुल्मी । गुल्मीमा दुई सातायता भारतलगायत अन्य मुलुकबाट १ हजार ७२३ जना मानिस भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासीकय अधिकृत लक्ष्मण पाण्डेयका अनुसार चैत ५ यता उक्त संख्यामा मानिस गुल्मी भित्रिएका हुन् । जसमध्ये ५५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । कालिगण्डकी गाउँपालिकामा २०, मुसिकोट नगरपालिकामा ४, इस्मा गाउँपालिकामा ११, धुर्कोट […]

टाँडीको क्वारेन्टाइन : विहानै चिया-खाजा, हप्तामा ४ पटक फलफूल

१९ चैत, टाँडी (मोरङ) । ‘अहिले फलफूल खाने समय भएको छ । तपाईहरु फलफूल लिन तोकिएको क्याम्पमा आउनुहोला । फलफूल लिन आउँदा लाइनमा बसेर सामाजिक दूरी कायम गर्न अनुरोध छ ।’ मंगलबार दिउँसो करिब १ बजे नेपाली सेनाका एक सिपाहीले माइकिङ गरेलगत्तै क्याम्पबाट मानिसहरु फलफूल राखिएको ठाउँमा लामबद्ध भए । उनीहरु कम्तीमा ३ मिटर दूरी […]

बेवारिसे शवको पहिचान  

१९ चैत, गुल्मी । गुल्मीमा फेला परेको बेवारिसे शवको पहिचाहन भएको छ । बेवारिसे अवस्थामा फेला परेको शव मुसिकोट नगरपालिका वडा नम्बर –३ पेगा निवासी ३३ वर्षीय सुरज गन्धर्व रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । गन्धर्वको शव सोमबार सोही नगरपालिका वडा नम्बर ४ स्थित बगरमा फेला परेको थियो । मृतक […]

कोरोना संक्रमण रोक्न झोलुङ्गे पुलबाट आउजाउ बन्द   

१९ चैत, कञ्चनपुर । कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ र ३ जोड्ने सनवोरा नदीको झोलुङ्गे पुलको आवतजावत बन्द गरिएको छ । स्थानीय बासिन्दाले झोलुङ्गे पुलका दुबैतर्फका प्रवेशमार्गमा अवरोधक राखेर आवतजावत बन्द गरेका छन् । मोटरसाइकल, साइकललगायतका दुईपाङग्रे सवारी साधनदेखि पैदलयात्रीलाई समेत पुल प्रवेशमा निषेध गरिएको छ । पुल बन्द गरिएपछि अत्यावश्यक कामका […]

गृहको निर्देशनपछि बल्खु र कोटेश्वरबाट मजदुर फर्काइए

१९ चैत, काठमाडौं । लकडाउनको उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ । गृह मन्त्रालयले मंगलबारदेखि चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन घोषणा गरेपनि रातको समयमा ठूलो संख्यामा मजदुरले उपत्यका छाडिरहेको बारे सोमबार राति अनलाइनखबरमा भिडियोसहित रिपोर्ट प्रकाशित भएको थियो । मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका […]

भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

१९ चैत, दार्चुला । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको परिवारले जनाएको छ । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे […]

सौराहाका व्यवसायी भन्छन् : मान्छेभन्दा हात्तीकै चिन्ता धेरै भयो

१९ चैत, चितवन । चितवनको सौराहाका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हातीले खाने आहाराको अभाव हुन चालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । होटलमा आउने पर्यटकहरुलाई सामुदायिक वनमा हात्ती सफारीमा लैजाने हात्तीका लागि आवश्यक दाना अभाव हुन थालेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ‘अहिले सामुदायिक वनमा घाँस छैन, चराउन लैजान पनि […]

साइकल चढेरै काठमाडौंबाट गौर पुगे दुई भारतीय

१९ चैत, रौतहट । लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् । लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै […]



from समाचार – Online Khabar https://ift.tt/2UUCC9t
via IFTTT
Powered by Blogger.