समाचार
६ जेठ, काठमाडौ । कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय […]
६ जेठ, चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव भएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नआएकाले औषधि अभाव भएको बताएका छन् । चिकित्सकहरुले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत जुनसुकै क्यान्सरमा प्रयोग गरिने औषधिको […]
६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै […]
६ जेठ, पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टिनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो । भारतबाट आएका जिल्लावासी, क्वारेन्टिनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब […]
६ जेठ, राँझा (बाँके) । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले […]
६ जेठ, लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका […]
६ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविद्ले बताएका छन्। स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविद्हरूले त्यसलाई ‘सुपर […]
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा […]
६ जेठ, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी […]
६ जेठ, काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण […]
६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा मृतकको संख्या ९० हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख ६ हजार ८ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो । ट्रम्पले भने– हाइड्रोक्लोरोक्विन […]
५ जेठ, काठमाडौं । सोमबार एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी, दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या […]
५ जेठ काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब […]
५ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् । दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठले भने, ‘दसगजा क्षेत्रभित्र कुनै […]
५ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने घोषणा गरेको छ । अहिले गरिएको घोषणा भारतको लागि चौथो चरणको लकडाउन हो । यसका लागि भारतको गृह मन्त्रालयले केही निर्देशन जारी गरेको छ । यसपटकको लकडाउनमा भारतको गृह मन्त्रालयले केही नियम आफूले जारी गरेको छ भने बाँकी नियमको […]
५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपालको वास्तविक नक्सा प्रकाशित गर्ने निर्णय गरेको छ । वार्ता लागि पटक पटक गरेको प्रस्ताव अस्विकारेपछि नेपाले पनि नक्साको जवाफ नक्साले नै दिएको हो । नेपालले नक्सा सार्वजनिक गरे पनि कालापानी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी बसेको छ । के अब भारतीय सेना पनि हट्छ ? संघीय ससंदमा नीति तथा […]
५ जेठ, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको सिफारिसलाई लत्याउँदै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले फेरि र्यापिड डाइग्नोष्टिक किट (आरडीटी) खरिद प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले एक लाख २५ हजार थान किट खरिद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएको छ । जबकी विश्व स्वास्थ्य संगठनले (डब्ल्यूएचओ) आडीटीको गुणस्तरमा प्रश्न चिन्ह उठाउँदै आएको छ । नेपालमा […]
५ जेठ, विराटनगर । विराटनगरमा उपचाररत झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय वृद्ध डिस्चार्ज भएका छन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज […]
५ जेठ, जनकपुरधाम । वीरगञ्जमा दूध किन्न घरबाहिर निस्केका व्यक्तिको खुट्टा भाँचिने गरी कुटपिट गरेकोको आरोप लागेका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । लकडाउनको समयमा बाहिर निस्केको भन्दै वीरगञ्ज महानगरपालिका १६ निवासी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका प्रहरीले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँचिएपछि लाठी प्रहार […]
५ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनिक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै किसिमका प्रशासनिक […]
५ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको […]
from समाचार – Online Khabar https://ift.tt/2zKqFMR
via IFTTT






















