Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

क्रिमसन अस्पतालका स्वास्थ्यकर्मी र बिरामी कुरुवामा कोरोना परीक्षण हुँदै

६ जेठ, बुटवल । गुल्मीका कोरोना संक्रमित उपचाररत रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका चिकित्सक, बिरामी र बिरामी कुरुवामा मंगलबार कोरोना परीक्षण गरिने भएको छ । अस्पतालभित्र रहेकाहरुको स्वाब संकलनका लागि पीपीई लिएर जाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए । स्थानीय प्रशासनले अस्पताललाई सोमबार सांझदेखि नै सिल गरेको छ । सिल गरेपछि […]

अर्घाखाँची जिल्लाका सबै नाका सिल

६ जेठ, अर्घाखाँची । छिमेकी जिल्ला गुल्मीका एक जनामा कोरोना देखिएपछि अर्घाखाँचीमा थप सतर्कता अपनाउन थालिएको छ । अर्घाखाँची जिल्लाका सबै सीमा नाका सिल गरी थप सुरक्षा व्यवस्था अपनाइने जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय सँस्था पनि बन्द गर्ने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । गुल्मीका संक्रमित […]

डब्ल्यूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम

६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र […]

एमसीसी चोर बाटोबाट पारित गराउन खोजियो : मोहन वैद्य

६ जेठ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा उल्लेखित योजनालाई नीति तथा कार्यक्रममा राखेकामा विरोध जनाएको छ । एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० केभी प्रसारण लाइनको निर्माण कार्यलाई नीति तथा कार्यक्रममा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गरेको महासचिव मोहन वैद्यले बताएका छन् । उनले […]

वडा सदस्यको मृत्युको शोकमा भरतपुर महानगरपालिकामा बिदा

६, जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार बिदा दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन बिदा दिइएको बताए । महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली […]

भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]

विदेशबाट नेपालीको उद्धार गर्नेबारे छलफल गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

६ जेठ, काठमाडौ । कोरोना महामारी र लकडाउनका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य थालेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटीमाथि छलफल भइरहेको सरकारले जनाएको छ । यसबारेमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय […]

चितवनमा क्यान्सरको औषधि अभाव, उपचारमा सम्झौता

६ जेठ, चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव भएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नआएकाले औषधि अभाव भएको बताएका छन् । चिकित्सकहरुले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत जुनसुकै क्यान्सरमा प्रयोग गरिने औषधिको […]

भारतमा कोरोना संक्रमित एक लाख नाघे

६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै […]

पाल्पाका ४१ जनाको स्वाब संकलन

६ जेठ, पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टाइनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो । भारतबाट आएका जिल्लावासी, क्वारेन्टाइनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब […]

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

६ जेठ, राँझा (बाँके) । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले […]

रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु, नमुना परीक्षण गर्न दाङ पठाइयो

६ जेठ, लिवाङ । रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् । आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो । रोल्पा अस्पतालका […]

नेपालमा अम्पुन चक्रवातको ‘अप्रत्यक्ष’ असर

६ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अम्पुन’को नेपालमा अप्रत्यक्ष प्रभाव परेको मौसमविद्ले बताएका छन्। स्थानीय वायु र अम्पुनको अप्रत्यक्ष प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको छ । काठमाडौंका केही स्थानमा मंगलबार बिहान हल्का वर्षा पनि भएको छ । ‘अम्पुन’ चक्रवातको वेग बढ्दै गएको छ । त्यसैले मौसमविद्हरूले त्यसलाई ‘सुपर […]

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा […]

जम्मु–कश्मीरमा आतंकवादी समूहसँग मुठभेड, मोबाइल र इन्टरनेट सेवा बन्द

६ जेठ, काठमाडौं । जम्मु–कश्मीरको श्रीनगर क्षेत्रमा सुरक्षाकर्मी र भूमिगत समूहबीच मुठभेड भएको छ । सोमबार राति दुई बजेदेखि मुठभेड जारी रहेको भनिए पनि क्षतिको विवरण आइसकेको छैन । कश्मीर प्रहरीले ट्वीट गरेर भनेको छ, ‘श्रीनगरको कानेमजार नवाकदल इलाकामा इन्काउन्टर सुरु भएको छ । जम्मु–कश्मीर प्रहरी र सीआरपीएफले आफ्नो काम गरिरहेका छन् । थप जानकारी […]

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्रीलाई कोरोना संक्रमण

६ जेठ, काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना देशको रक्षामन्त्री छिन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

६ जेठ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९० हजारभन्दा बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृतकको संख्या ९० हजार तीन सय नौ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या १५ लाख छ हजार आठ सय ४० छ । कोरोनाबाट विश्वमै बढी प्रभावित देश अमेरिका हो । ट्रम्पले भने – हाइड्रोक्लोरोक्विन औषधि […]

कर्णाली प्रदेशमा पनि देखियो कोरोना संक्रमण

५ जेठ, काठमाडौं । सोमबार एकैदिन ८० जना कोरोना संक्रमित थपिएका छन् । सोमबारै पहिलो पटक कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुरमा मात्र ५९ जना संक्रमित भेटिएका छन् । रौतहटमा ९, धनुषामा ३, दैलेख, खोटाङ, सुनसरी, झापा, बारा, मोरङ, गुल्मी,  दाङ, धादिङमा पनि कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

लोक सेवाले पहिलो चरणको परीक्षा भइसकेका पदको पदपूर्ति नरोक्ने

५ जेठ काठमाडौं । लोक सेवा आयोगले कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा देशको अवस्था सामान्य भएपछि लिने भएको छ । सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षाको हकमा पनि यही लागू हुने आयोगले जनाएको छ । सोमबार बसेको लोक सेवा आयोगको बैठकले गरेका निर्णयअनुसार पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब […]

भारतले दशगजामा संरचना बनाउन खोजेपछि नेपालीले गरे अवरोध

५ जेठ, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् । दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । श्रेष्ठले भने, ‘दसगजा क्षेत्रभित्र कुनै […]

भारतको चौथो चरणको लकडाउनमा के के खुल्छन् ?

५ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन मे ३१ सम्म लम्ब्याउने घोषणा गरेको छ । अहिले गरिएको घोषणा भारतको लागि चौथो चरणको लकडाउन हो । यसका लागि भारतको गृह मन्त्रालयले केही निर्देशन जारी गरेको छ । यसपटकको लकडाउनमा भारतको गृह मन्त्रालयले केही नियम आफूले जारी गरेको छ भने बाँकी नियमको […]



from समाचार – Online Khabar https://ift.tt/2TjT9E1
via IFTTT
Powered by Blogger.