Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

रुसमा कोरोना संक्रमितको संख्या दुई लाख ८० हजार नाघ्यो

४ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ८० हजार नाघेको छ । रुसको कोरोना भाइरस रेस्पोन्स हेडक्वार्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा नौ हजार सात सय नौ जना नयाँ संक्रमित भेटिएका छन् । यससँगै रुसमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या दुई लाख ८१ हजार सात सय ५२ […]

स्वास्थ्यमा समस्या देखिएपछि श्रममन्त्री यादव अस्पताल भर्ना

४ जेठ, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । विहान छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । विहान ११ बजे अस्पतालमा पुगेका उनलाई चिकित्सकहरुले थप स्वास्थ्य जाँच गराएका छन् । पारिवारिक श्रोतकाअनुसार उनको अवस्थामा सामान्य छ […]

आफ्नै खर्चमा फर्किन चाहने र बेखर्ची नेपालीको उद्धारबारे योजना बनाउन निर्देशन

४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशबाट आफ्नै खर्चमा स्वदेश र्फकन चाहने नेपाली र बेखर्ची भई अलपत्र परेका नेपालीको विवरण संकलन गरी सोहीअनुसारको उद्धार कार्ययोजना बनाउन निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले अलपत्र परेका नेपालीको उद्धारमा भने कोरोना संक्रमण रोकथाम प्रयोजनका लागि स्थापित कोषको उपयोग गर्न आग्रह गरेको छ । उद्धारमा […]

गोरखामा फेरि भेटियो मृत चितुवा

४ जेठ, गोरखा । पालुङटार नगरपालिका-९ घडेरी खोला नजिकै आइतबार बिहान घाइते अवस्थामा भेटिएको वयस्क पोथी चितुवा मरेको छ । गाउँ नजिकै मान्छे नबस्ने घरभित्र चिुतवा लडिरहेको देखेपछि स्थानीयले डिभिजिन वन कार्यालयलाई खवर गरेका थिए । उद्धारका लागि कार्यालयको टोली उक्त ठाउँमा नपुग्दै चितुवा मरेको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए । ‘स्थानीयले खबर गर्दासम्म […]

कोरोना फैलियो भने संसद नै क्वारेन्टिनमा जानुपर्ने हुन्छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने नाममा सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनहीन भएको आरोप लगाएका छन् । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायत सावधानी अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उनले आपत्ती जनाए । प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक […]

महाराष्ट्रमा मे ३१ सम्म लम्बियो लकडाउन

४ जेठ, काठमाडौं । भारतको महाराष्ट्रमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको लकडाउन मे ३१ सम्म बढाइएको छ । महाराष्ट्रको सरकारले कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको भन्दै लकडाउन ३१ मे सम्म लम्ब्याउने निर्णय गरेको हो । भारतको केन्द्र सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि आज सकिँदैछ । तर, प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन अझै पनि जारी रहने […]

नेकपाका उदयपुर अध्यक्ष आइसोलेसनमा

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर जिल्ला अध्यक्ष विनोद कटुवाल आइसोलेसनमा भर्ना भएका छन् । आफूसँगै सम्पर्कमा रहेका एक सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएपछि कटुवाल आफैं आइसोलेसनमा भर्ना भएका हुन् । जिल्लाको कटारी अस्पतालमा भर्ना भएको उनले जानकारी दिए । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण भने देखिएको छैन । उनीसँगै सम्पर्कमा […]

कसरी बाँडिदैछ उद्योग-व्यवसाय सञ्चालनको लागि सवारी पास ?

४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सवारी पास वितरण सुरु भएको छ । वाणिज्य र  व्यापारका लागि बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग धन्दा सञ्चालनका लागि उद्योग विभाग त्रिपुरेश्वरबाट पास जारी हुनेछ । सवारी पास जारी गर्ने सम्बन्धि निर्देशिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबाट […]

कर्णाली प्रदेशलाई पूर्वसांसद राजीवले दिए १ करोड बढीको स्वास्थ्य सामग्री

४ जेठ, काठमाडौं । जाजरकोटका एक जना पूर्वसांसदले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । पूर्वसांसद राजीव विक्रम शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् । जाजरकोटका पूर्वसांसदसमेत रहेका शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान […]

इजरायलका लागि चिनियाँ राजदूत डू वेई अपार्टमेन्टमा मृत फेला

४ जेठ, काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए […]

विराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु

४ जेठ, विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन । आइतबार बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव […]

‘बिदा पर्यटन’ योजना ल्याए १७ लाख आन्तरिक पर्यटकको प्रक्षेपण

४ जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रमबाटै बिदा पर्यटनको अवधारणा ल्याउने अपेक्षा थियो । तर, पर्यटन मन्त्रालयको सिफारिसका वावजुत त्यो कार्यक्रम नीति तथा कार्यक्रममा भने परेन । यद्दपी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा भने यो कार्यक्रम पर्ने अपेक्षा छ । कोभिड १९ को प्रभावबाट सबैभन्दा बढी थला परेको पर्यटन  क्षेत्र उकास्न नेपाल पर्यटन […]

कोरोना संक्रमित सुत्केरीको मृत्युले दुःखी छु : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]

ब्राउनसुगरसहित दुई पक्राउ

४ जेठ, कैलाली । लागूऔषध ब्राउन सुगरसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सुरजकै घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा […]

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन भोलि वाइडबडी चीन जाँदै

४ जेठ, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि सोमबार चीन जाने भएको छ । पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘भोलि बेलुकी जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याउनेछ […]

वीरगञ्जबाट ट्रक चढेर पोखरा आएका मानिस फर्काइए

४ जेठ, पोखरा । वीरगञ्जबाट पोखरा आएका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ । कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो । ती पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ । वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा आएका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा […]

देउवाले भने – लिपुलेकमा सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण भएको बताएका छन् । सरकारले नीति तथा कार्यक्रममा लिम्पीयाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएको थियो । साथै छुटेको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता […]

बुझेर पनि बुझ पचाएपछिको झट्का ! अब सुरु गरेको तयारीले महामारी धान्ला ?

४ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो संक्रमितबाट दोस्रो भेटिन ५८ दिन लागेको थियो । त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको दाबी थियो, ‘१ बाट २ भयो, अब १०० कट्न दिन्नौं ।’ उनीहरूले आफ्नो दाबी प्रमाणित गर्न केही विज्ञहरूलाई कोरोनाको महामारी पूर्वानुमान गर्न लगाए । विज्ञ टोलीको अध्ययनले भन्यो, ‘जेठको पहिलो साताबाट नेपालमा संक्रमित […]

लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]

बाह्रबिसेका मेयरको गुनासो : गाउँमा जुवातास रोकिएन, जुलुस निकाल्नेलाई प्रहरीले चिया खुवायो !

४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । काठमाडौंको टोखा […]

कन्टेनरमा लुकेर आएका ५० भारतीय काभ्रेमा समातिए

४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार […]



from समाचार – Online Khabar https://ift.tt/2WBOf7m
via IFTTT
Powered by Blogger.