समाचार
४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा उद्योग तथा व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने सवारी पास वितरण सुरु भएको छ । वाणिज्य र व्यापारका लागि बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग धन्दा सञ्चालनका लागि उद्योग विभाग त्रिपुरेश्वरबाट पास जारी हुनेछ । सवारी पास जारी गर्ने सम्बन्धि निर्देशिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टबाट […]
४ जेठ, काठमाडौं । जाजरकोटका एक जना पूर्वसांसदले कर्णाली प्रदेशका अस्पतालहरुलाई १ करोड बढीको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन् । पूर्वसांसद राजीव विक्रम शाहले कोरोनाका सम्भावित बिरामी र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको उपचार गर्न भेन्टिलेटरसहित एक करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्न लागेका हुन् । जाजरकोटका पूर्वसांसदसमेत रहेका शाहले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान […]
४ जेठ, काठमाडौं । इजरायलका लागि चिनियाँ राजदूत डु वेई आफ्नै अपार्टमेन्टमा मृत फेला परेका छन् । इजरायली सञ्चारमाध्यमले दिएको जानकारी अनुसार तेल अभिभनजिकै हज्र्लियामा रहेको आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएका हुन् । ५८ वर्षीय वेईको मृत्यु के कारणले भएको हो भन्ने खुलेको छैन । उनी गत फेब्रुअरीमा मात्र चिनियाँ राजदूतको रुपमा इजरायल आएका थिए […]
४ जेठ, विराटनगर । विराटनगरका एक औषधि व्यावसायी मृत भेटिएका छन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका ३३ वर्षीय देवीप्रसाद दुलाल मृत भेटिएका हुन । आइतबार बिहान मृत भेटिएका दुलालको शरीरमा निलडाम छ । घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मृतकको शरीरमा निलडाम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव […]
४ जेठ, काठमाडौं । सरकारले नीति तथा कार्यक्रमबाटै बिदा पर्यटनको अवधारणा ल्याउने अपेक्षा थियो । तर, पर्यटन मन्त्रालयको सिफारिसका वावजुत त्यो कार्यक्रम नीति तथा कार्यक्रममा भने परेन । यद्दपी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा भने यो कार्यक्रम पर्ने अपेक्षा छ । कोभिड १९ को प्रभावबाट सबैभन्दा बढी थला परेको पर्यटन क्षेत्र उकास्न नेपाल पर्यटन […]
४ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासकै बाबजुद एक जनाको मृत्यु भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । बिहीबार कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । यो कोरोनाबाट नेपालभित्र भएको पहिलो मृत्यु हो । घटनालगत्तै एक ट्विट गर्दै प्रधानमन्त्री ओलीले त्यसप्रति दुःख व्यक्त गरेका हुन् […]
४ जेठ, कैलाली । लागूऔषध ब्राउन सुगरसहित कैलालीबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिका–६, बिजुलियाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनले सुरजकै घरमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा […]
४ जेठ, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि सोमबार चीन जाने भएको छ । पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘भोलि बेलुकी जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याउनेछ […]
४ जेठ, पोखरा । वीरगञ्जबाट पोखरा आएका एकजनालाई आइतबार वीरगञ्ज नै फिर्ता पठाइएको छ । कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो । ती पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ । वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा आएका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा […]
४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण भएको बताएका छन् । सरकारले नीति तथा कार्यक्रममा लिम्पीयाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएको थियो । साथै छुटेको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता […]
४ जेठ, काठमाडौं । नेपालमा कोभिड-१९ को पहिलो संक्रमितबाट दोस्रो भेटिन ५८ दिन लागेको थियो । त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको दाबी थियो, ‘१ बाट २ भयो, अब १०० कट्न दिन्नौं ।’ उनीहरूले आफ्नो दाबी प्रमाणित गर्न केही विज्ञहरूलाई कोरोनाको महामारी पूर्वानुमान गर्न लगाए । विज्ञ टोलीको अध्ययनले भन्यो, ‘जेठको पहिलो साताबाट नेपालमा संक्रमित […]
४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]
४ जेठ, काठमाडौं । बिनासकारी भूकम्प आउँदा सबैभन्दा धेरै क्षति व्यहोरेको सिन्धुपाल्चोक जिल्लाले कोरोना महामारीका बेलामा पनि पहिलो मानवीय क्षति व्यहोरेको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ वर्षीया महिलाको शनिबार धुलिखेल अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणकै कारण ज्यान गुमाउने उनी नेपालको पहिलो व्यक्ति हुन् । काठमाडौंको टोखा […]
४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट आज बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार […]
४ जेठ, जनकपुरधाम । सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो । जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद […]
४ जेठ, काठमाडौं । भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्ट किट आइतबार प्रदान गरे । दूतावासका अनुसार ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ […]
४ जेठ, विराटनगर । विश्वभर फैलिएको कोरोनाको त्रास व्यापक छ । संक्रमणको त्रासका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् । पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर कोरोना संक्रमितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत […]
४ जेठ, काठमाडौं । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुन सक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दु:खप्रति कुनै सम्वेदना नभएको आरोप लगाए । कोरोना भाइरसको महामारीको समयमा आएको […]
४ जेठ, काठमाडौं । अहिले अरु क्षेत्रजस्तै जलविद्युत् क्षेत्रमा पनि कोभिड-१९का कारण विविध समस्या उत्पन्न भएका छन् । हाल ३ हजार मेगावाट बराबरको आयोजना निर्माणको क्रममा छन् । कूल ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भइसकको छ । अब कोरोनाका कारण उत्पन्न संकटले बनिरहेका, बन्ने तयारीमा रहेका र अध्ययनमा रहेका आयोजनाहरु सबै प्रभावित भएका छन् […]
४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारलाई कोरोना भाइरस (कोभिड-१९) ले गर्नसक्ने क्षतिबारे सरकारलाई ज्ञान नै नभएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् । कोरोनाका कारण मृत्युभएकी महिला, उनको परिवार, कोरोना परिक्षणको […]
४ जेठ, जनकपुरधाम । धनुषामा फेला परेका २ कोरोना संक्रमित २ महिनाअघि नै भारतको मुम्बईबाट फर्केर आएको पाइएको छ । मुम्बईबाट उनीहरु घर नआई चितवन गएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका धनुषाका थप २ पुरुष संक्रमित नगराइन नगरपालिका–१, घोरघासका हुन् । केही महिनाअघि यी दुवै जना भारतको मुम्बई गएको र फागु पूर्णिमाको समयमा […]
from समाचार – Online Khabar https://ift.tt/3dTW3ra
via IFTTT






















