समाचार
१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ । ‘नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा […]
१० असार, काठमाडौं । दोलखामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलुङ गाउँपालिका–७ ज्यामिरेका ३० वर्षीय सुवास कार्की रहेका छन् । घरदेखि अन्दाजी १ किमी दक्षिणतर्फ रहेको आफ्नै खेतमा रोपाइँका लागि मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट सर्ट हुँदा उनी गम्भीर घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका कार्कीको […]
१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । बजेटले करको दायरा विस्तार गर्ने क्रममा यसपटक जडीबुटी, कवाडी र जीवजन्तुमा कर लगाउने घोषणा गरेको छ । सोही अनुसार अब वियरको बोतल (खाली सिसी)मा प्रतिगोटा एक रुपैयाँका दरले महानगरपालिकाले कर असुुल गर्ने भएको छ । स्वदेशमा […]
१० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको जसपाको ठहर छ । असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन […]
१० असार, काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । वडाध्यक्ष पुनले काठ लिलाम तथा निकासी गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पटक–पटक गरी ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानको […]
१० असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९)को प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ । घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बाषिर्क बहाल करमा […]
१० असार, काठमाडौं । खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम फेरि सुरु भएको छ । कोभिड १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम सुरु गरिएको पाटनको तलेजु भवानी मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए […]
१० असार, कैलाली । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारी रोकथाम र नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अवरुद्ध गरेको छ । बुधबारको बैठकमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न माग गरे । ‘कोरोनाको नाममा ५७ करोड रुपैयाँ खर्च भएको हामीले बुझ्यौँ । […]
१० असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, शुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २८ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेका १३, जुम्लाका चार, दैलेका तीन, जाजरकोट र कालीकोटका एक/एकजना रहेका […]
१० वैशाख, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार १ सय र तेजावी ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बृद्धि भएर ९४५ रुपैयाँ पुगको छ । मंगलबार […]
१० असार, काठमाडौं । रुकुम पश्चिममा दलित युवक हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियारसहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस क्रममा प्रहरीको लाठी प्रहारबाट सांसद […]
१० असार, काठमाडौं । विश्व बैंक र अर्थ मन्त्रालयबीच १० करोड अमेरिकी डलर (करीव १२ अर्ब रुपैयाँ) ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थसचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल प्रमुख फारिस हदाद जर्भोसले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यसअघि विश्व बैंकले गत २१ जेठमा कोभिड १९ को प्रभाव […]
१० असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब २ अर्ब बढाएर बजेट ल्याएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको सातौँ अधिवेशनमा वार्षिक […]
१० असार, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसका कारण रोकिएको संयुक्त राष्ट्र संघको शान्ति मिसनको ‘रोटेसन’ अब सुरु हुने भएको छ । यूएन मिसनले नेपाली सेनालाई बदली गर्नुपर्ने फौज तयारी अवस्थामा राख्न भनेको हो । जसअनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा एक हजार सैनिक अधिकारीलाई क्वारेन्टिनमा राखिएको छ । जंगीअड्डाका एक सैनिक अधिकृतका अनुसार यूएनले […]
१० असार, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरेका छन् । बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षबीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् । तत्कालीन […]
१० असार कैलाली । कैलालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा संक्रमण देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती […]
१०, असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको हौसला बढाउने गरी नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । कोरोनाका कारण थिलथिलो परेको अर्थतन्त्रलाई जोगाउन बजेट पर्याप्त नभएको भन्दै अब मौद्रिक नीतिले निजी क्षेत्रका समस्याहरु समाधान गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए । उनले निजी क्षेत्रमा केहि कानूनी […]
१० असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ७८ करोड २९ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष घोराहीको बजेट ७ करोेडभन्दा पनि बढेको छ । घोराही उपमहानगर उपप्रमुख […]
१० असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सवा ४ अर्बको बजेट ल्याएको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले बुधबार कुल चार अर्ब १५ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिन् । यो चालु आव २०७६/७७ को तुलनामा केही कम हो । चालु आवमा सरकारले ४ अर्ब ५१ करोड २८ […]
१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् । महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको […]
१० असार, विराटनगर । विराटनगर महानगरपलिकाले आगामी आर्थिक वर्षका लागि २०७७/७८ का लागि ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बुधबार बसेको छैठौं नगरसभाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा दुई अर्ब ५२ करोड ९३ लाख भन्दा कम आकारको बजेट सार्वजनिक गरेको हो । चालू आर्थिक वर्षका […]
from समाचार – Online Khabar https://ift.tt/3fWS9if
via IFTTT






















