Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘बेसारे फोटो’ अभियान प्रधानमन्त्रीको समर्थनमा कि विरोधमा ?

१० असार, काठमाडौं । एक सातादेखि नेपालीहरुको सामाजिक सञ्जाल अकाउन्ट ‘बेसारमय’ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा बोल्दै कोरोनासँग लड्ने सन्दर्भमा बेसारको उपयोगीताबारे लामै गफ दिएका थिए । प्रधानमन्त्रीलाई उल्याउँदै सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लाग्यो । जनताको पीसीआर परिक्षण गर्न नसक्ने सरकार बेसारमा भर परेको भनेर सडकमा समेत प्रदर्शन गरिए । कतिपयले बेसारको महत्व […]

नगरपालिकाको डोजरमा व्यक्तिको रजाइँ, ४५ लाख उठान बाँकी

१० असार, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिले रजाइँ गरेको पाइएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा नगरपालिकालाई डोजर प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मेहम्मे भएको छ । नगरपालिकाको विकासका लागि करिब एक करोड मूल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आबद्ध व्यक्ति तथा संस्थाहरुले निजी तथा सार्वजानिक प्रयोजनका लागि प्रयोग गरेर रकम नतिरेको […]

एमसीसी कार्यान्वयनको नयाँ मिति प्रस्ताव गर्ने अर्थ मन्त्रालयको तयारी

१० असार, काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन सुरु हुने नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको छ । पूर्व निर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि नयाँ मिति प्रस्ताव गर्न लागिएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए । ‘सम्पूर्ण तयारी सक्ने अवधी कति राख्ने भन्ने विषयमा राजनीतिक निर्णय आवश्यक पर्दछ’ […]

प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यहरुले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्यहरु आफ्नो […]

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

१० असार, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् । बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिए । नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन […]

पीसीआर मेसिन खरिद गर्दै भीमदत्त नगरपालिका

१० असार, डोटी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस -कोभिड-१९)परीक्षणका लागि पीसीआर मेसिन खरिद प्रक्रिया सुरु गरेको छ । संक्रमितका संख्या बढ्दै गइरहेको र सुदूरपश्चिम प्रदेशभर एकमात्रै पीसीआर मेसिन भएका कारण परीक्षणमा ढिलाइ भएको भन्दै भीमदत्त नगरपालिकाको कोडिभ-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्देशक एवम् समन्वय समितिकोगत जेठ २७ गते बसेको नगर कार्यपालिकाको बैठकले पीसीआर मेसिन […]

भारतमा कोरोनाबाट एकैदिन ४६५ जनाको मृत्यु, करिब १६ हजार नयाँ संक्रमित थपिए

१० असार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४६५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार ४७६ पुगेको छ । भारतमा संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५ हजार ९६८ […]

तनहुँमा क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या

१० असार, काठमाडौं । तनहुँमा क्वारेन्टिनमा बसेका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । घिरिङ गाउँपालिका–३ सुन्धारास्थित चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका अन्दाजी ४९ वर्षीय पुरुषले मंगलबार राति झुन्डिएर आत्महत्या गरेका हुन् । गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद रिमालका अनुसार आफू बस्दै आएको क्वारेन्टिनको कोठाको पँखामा ट्रयाकसुट च्यातेर झुन्डिएको अवस्थामा उनलाई फेला परेको हो । […]

स्थानीय तहले रोजगारी दिने कार्यक्रम ल्याउनुपर्छ : मुख्यमन्त्री पौडेल

१० असार, हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले विकास भन्दा रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अब पूर्वाधार विकास भन्दा पनि जीविकोपार्जन र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका हुन् । कोरोना महामारीका कारण धेरै मानिस सहर छाडेर गाउँतर्फ आएका […]

स्थानीय तहको ऐन : आधारभूत स्वास्थ्य सेवामा ध्यान छैन

१० असार, काठमाडौं । संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने दायित्व स्थानीय सरकारलाई सुम्पेको छ । सो दायित्व पूरा गर्न गण्डकी प्रदेशको वालिङ नगरपालिकाले जारी गरेको स्वास्थ्य सेवा ऐनमा कुन सेवा निःशुल्क हुने, कुन सशुल्क हुने उल्लेख छैन । ऐनमा स्वास्थ्य संस्था स्थापना, कर्मचारी व्यवस्थापन, सरुवा, बढुवाजस्ता विषय समेटिएका छन् । नगरपालिकाकाकी उप–प्रमुख कल्पना […]

पोखरामा कोरोना महामारीले १६ अर्बको क्षति

१० असार, पोखरा । विश्वव्यापी महामारी पश्चात नेपाल सरकारले गरेको लकडाउनका कारण पोखरा महानगरले मात्रै करिब १६ अर्ब रुपैयाँको क्षति व्यहोरेको जनाएको छ । लकडाउनले हरेक क्षेत्रका गतिविधि थप्प हुँदा ठूलो आर्थिक क्षति पुगेको महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जिसीले जानकारी दिएका हुन् । ‘यो क्षतिले महानगरपालिकाको आन्तरिक राजश्व संकलन, विकासका कार्यक्रमहरु […]

१० वर्षअघि बसमा बम विष्फोट गराएको आरोपमा दुईजना पक्राउ

१० असार, रौतहट । दश वर्षअघि यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा […]

विद्यालय सञ्चालकको गुनासो- महामारीका बेला सरकार अभिभावक बन्न सकेन

१० असार, काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरूले नोवेल कोरोना भाइरस (कोभिड-१९) को असरबारे सरकारले स्पष्ट नीति नल्याउँदा आफूहरू मारमा परेको गुनासो गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहअध्यक्ष डिके ढुंगाना सरकार सहयोगी नहुँदा शिक्षक-कर्मचारीलाई तलब खुवाउनै कठिन भएको बताउँछन् । ‘सरकारले चैतको शुल्क नलिनू भन्यो, हामीले मान्यौं’ उनी भन्छन्, ‘तर हाम्रा […]

बालुवाटारमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै […]

नागरिकता बहस: समानतालाई मन्त्र बनाऔं, समयावधि आफैँ मिल्छ

हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो: ‘राष्ट्रको संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका क्रममा जुन सर्वव्यापी एकताको जनभाव उत्पन्न हुन्छ सायद त्यही नै वास्तविक राष्ट्रियता हो । नक्साको सन्दर्भमा देखिएको त्यो […]

‘काग’तिर हेर्ने प्रधानमन्त्रीले ठमेलतिर पनि हेर्ने कि ?

१० असार, काठमाडौं । ओली सरकारले कागको उदाहरण दिँदै ‘अर्थतन्त्रभन्दा ज्यानको सुरक्षा ठूलो हो’ भन्दै आँखा चिम्लिएर ८० दिनसम्म लगातार लकडाउन गर्‍यो । बढीमा एक महिना लकडाउन गरेर आर्थिक गतिविधि खुकुलो पारिदिएको भए अर्थतन्त्रमाथि घात हुने थिएन कि ? यो प्रश्नको जवाफ दिने जिम्मा विज्ञ/विश्लेषकहरूको हो, यहाँचाहिँ सरकारी उपेक्षाका कारण ठमेलका व्यवसायीले भोग्नुपरेको दर्दनाक कथा […]

यातायात कार्यालयमा कोरोनालाई गिज्याउने भिड, दुई दिनमा १३ लाख राजस्व संकलन

१० असार, काठमाडौं । सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । ‘लौ ब्लु बुक….. ’ भन्दै केही व्यापारीहरु ग्राहक बोलाइरहेका छन् । कोही पानीका बोतल (मिनरल वाटर) बेच्न डुलाइरहेका छन् । नजिकै सोडा, पानीपुरी चटपटे बिक्री भइरहेको छ । यो दृश्य ललितपुरको […]

नेकपाका बैठकको कार्यसूची तय, एमसीसीबारे निर्णय हुने

१० असार, काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय भएको छ । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेश गर्नुपर्ने हो । तर, दुई अध्यक्षबीचमै सहमति हनु नसकेका […]

आज ७५३ स्थानीय सरकारको बजेट : ज्यान जोगाउने, उद्यमी जन्माउने !

१० असार, काठमाडौं । तीन तहका सरकारअन्तर्गत आज स्थानीय सरकारहरुले आगामी आर्थिक वर्ष २०७७/७८ को वाषिर्क बजेट सार्वजनिक गर्दैछन् । १० असार स्थानीय तहका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले तोकेको समय हो । आजको दिन सिद्धान्ततः बजेट ल्याउनुपर्ने भए पनि कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन […]

प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै राष्ट्रपति

१० असार, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएकी छन् । साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ । विषय भने केही बताइएको छैन । पछिल्लो घटनाक्रमबारे छलफल हुन सक्ने एक नेताले बताए । नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको […]

‘अप्ठ्यारोमा परेकालाई मौद्रिक नीतिमार्फत मलमपट्टी लगाउँछौं’

१० असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के-कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ । अर्कोतर्फ बजेटले समेट्न नसकेका विषयहरु पनि मौद्रिक नीतिले समेट्ला भन्ने निजी क्षेत्रको अपैषा छ । खासगरी सरकारले […]



from समाचार – Online Khabar https://ift.tt/31bCSGb
via IFTTT
Powered by Blogger.