Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

१० वर्षअघि बसमा बम विष्फोट गराएको आरोपमा दुईजना पक्राउ

१० असार, रौतहट । दश वर्षअघि यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । दुवैजनाविरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा […]

बालुवाटारमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

१० असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिका बारेमा सुरुमै सम्बोधन गर्ने कार्यसूची छ । बैठकमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा सरकारले गरेका कामहरुमाथि सदस्यहरुले धारणा राख्नेछन् । त्यस्तै […]

नेकपाका बैठकको कार्यसूची तय, एमसीसीबारे निर्णय हुने

१० असार, काठमाडौं । दुई अध्यक्षबीच कुरा नमिल्दा स्थायी कमिटी बैठकको एजेण्डासमेत तय हुन नसकेका बेला आजदेखि शुरु नेकपा बैठकको कार्यसूची बैठकको अन्तिम समयमा तय भएको छ । सामान्यतः सदस्यहरुलाई बैठकको कार्यसूची पहिले नै जानकारी दिने र केन्द्रीय सचिवालयले प्रतिवेदन पास गरेर अध्यक्षले स्थायी कमिटीमा पेश गर्नुपर्ने हो । तर, दुई अध्यक्षबीचमै सहमति हनु नसकेका […]

आज ७५३ स्थानीय सरकारको बजेट : ज्यान जोगाउने, उद्यमी जन्माउने !

१० असार, काठमाडौं । तीन तहका सरकारअन्तर्गत आज स्थानीय सरकारहरुले आगामी आर्थिक वर्ष २०७७/७८ को वाषिर्क बजेट सार्वजनिक गर्दैछन् । १० असार स्थानीय तहका लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले तोकेको समय हो । आजको दिन सिद्धान्ततः बजेट ल्याउनुपर्ने भए पनि कतिपय प्राविधिक कठिनाइ तथा तयारी नै नपुगेका स्थानीय तहले भने बजेट ल्याउन […]

प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै राष्ट्रपति

१० असार, काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्रीहरु र प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएकी छन् । साँझ ५ बजे नेताहरुलाई बोलाइएको राष्ट्रिपति कार्यालय स्रोतले जनाएको छ । विषय भने केही बताइएको छैन । पछिल्लो घटनाक्रमबारे छलफल हुन सक्ने एक नेताले बताए । नेताहरुसँगको भेटमा कोरोना महामारी, नागरिकता विधेयक संशोधनलगायतका विषयमा छलफल हुने बताइएको […]

‘अप्ठ्यारोमा परेकालाई मौद्रिक नीतिमार्फत मलमपट्टी लगाउँछौं’

१० असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के-कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ । अर्कोतर्फ बजेटले समेट्न नसकेका विषयहरु पनि मौद्रिक नीतिले समेट्ला भन्ने निजी क्षेत्रको अपैषा छ । खासगरी सरकारले […]

‘काग’तिर हेर्ने प्रधानमन्त्रीले ठमेलतिर पनि हेर्ने कि ?

१० असार, काठमाडौं । ओली सरकारले कागको उदाहरण दिँदै ‘अर्थतन्त्रभन्दा ज्यानको सुरक्षा ठूलो हो’ भन्दै आँखा चिम्लिएर ८० दिनसम्म लगातार लकडाउन गर्‍यो । बढीमा एक महिना लकडाउन गरेर आर्थिक गतिविधि खुकुलो पारिदिएको भए अर्थतन्त्रमाथि घात हुने थिएन कि ? यो प्रश्नको जवाफ दिने जिम्मा विज्ञ/विश्लेषकहरूको हो, यहाँचाहिँ सरकारी उपेक्षाका कारण ठमेलका व्यवसायीले भोग्नुपरेको दर्दनाक कथा […]

यातायात कार्यालयमा कोरोनालाई गिज्याउने भिड, दुई दिनमा १३ लाख राजस्व संकलन

१० असार, काठमाडौं । सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । ‘लौ ब्लु बुक….. ’ भन्दै केही व्यापारीहरु ग्राहक बोलाइरहेका छन् । कोही पानीका बोतल (मिनरल वाटर) बेच्न डुलाइरहेका छन् । नजिकै सोडा, पानीपुरी चटपटे बिक्री भइरहेको छ । यो दृश्य ललितपुरको […]

नागरिकता बहस: समानतालाई मन्त्र बनाऔं, समयावधि आफैँ मिल्छ

हामी सबै नेपालीको अभूतपूर्व एकता तथा समर्थनमा नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाएको धेरै भएको छैन । त्यस एकताको प्रष्ट सन्देश थियो: ‘राष्ट्रको संवेदनशील मुद्दामा सिङ्गो नेपाल एकजुट हुन्छ ।’ त्यस्तो समस्याको समाधानका लागि गरिने सामूहिक प्रयत्नका क्रममा जुन सर्वव्यापी एकताको जनभाव उत्पन्न हुन्छ सायद त्यही नै वास्तविक राष्ट्रियता हो । नक्साको सन्दर्भमा देखिएको त्यो […]

मौद्रिक नीति साउन पहिलो साताः गभर्नर अधिकारी

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति असार अन्तिम साता नआउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउन पहिलो सातामात्रै आउने बताएका हुन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असार मसान्तभित्रै मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरिरहेको थियो । अधिकारीले अन्तरवार्ताका […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

१० असार, सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए । निर्देशक रावलका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए […]

धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा एक जना भेटिए

१० असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२६, सुगौली विर्तामा घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा एक जना घाइते भेटिएका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय सरफुद्दिन मियाँ घाइते अवस्थामा भेटिएका हुन् । उनलाई उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ । ब्लड प्रेसर, मुटुको धडकन ठिक रहेको र घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गाउँको […]

हेटाैंडा उपमहानगरकाे बजेट २ अर्ब ८ कराेड

१० असार, हेटाैंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षका लागि २ अर्ब ८ कराेड ६६ लाख ३३ हजार रुपैयाँ बराबरकाे बजेट प्रस्तुत गरेकाे छ । उपमहानगरकाे साताैं नगरसभामार्फत उपमहानगरका उपमेयर मिनाकुमारी लामाले आर्थिक बर्ष २०७७/ ०७८ का लागि अनुमानित बजेट पेश गरेकी हुन् । उपमहानगरले पेश गरेकाे बजेट मध्ये आन्तरिक स्राेतबाट २० कराेड १४ लाख […]

‘क्वारेन्टिनमा सुरक्षित दुरी कायम भए मात्र दुई हप्तापछि बिनापरीक्षण घर पठाउन मिल्छ’

१० असार, काठमाडौं । सरकारले पर्याप्त मात्रामा परीक्षण गर्न नसकेकाले समुदाय स्तरमा कोरोना भाइरस सङ्क्रमण फैलने जोखिम बढ्दै गएको भन्दै सर्वत्र विरोध भइरहेका बेला गत जेठ ३२ गते अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा विश्व स्वास्थ्य सङ्गठनका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले सरकार गलत दिशामा नरहेको र सरकारी रणनीतिले हालसम्म राम्ररी काम गरिरहेको बताएका थिए । तर, […]

तरकारीले बजार पाउँदा गुल्मीका कृषक खुसी

१० असार, गुल्मी । कोरोना भाइरसको महामारी न्यूनिकरण गर्न सरकारले लगाएको लकडाउनका कारण कतिपय कृषक आफ्ना उपजले बजार नपाउँदा समस्यामा परे । कतिपयले उत्पादन खाल्डोमा समेत पुरे । तर, गुल्मीको सिमीचौरका कृषक भने उत्पादित कृषिजन्य वस्तुले बजार पाउँदा खुसी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर मोहराईका कृषक बिनोद कुँवरले उत्पादन गरेका कृषिजन्यवस्तुलाई […]

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

१० असार, तनहुँ ।  जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए […]

प्रहरी चौकीका इन्चार्जलाई आपत्तिजनक अवस्थामा गाउँलेले समाते

१० असार, रौतहट । जिल्लाको एक प्रहरी चौकीका इञ्चार्ज गएराति आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई एक महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ । असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति […]

कुवेत, भारत र चितवनबाट आएका थिए गण्डकीका संक्रमित

१० असार, पोखरा । गण्डकीमा बुधबार बिहान ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षेत्रीय क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको परीक्षण अनुसार गण्डकीमा नयाँ संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बुधबार पुष्टि भएका संक्रमितमध्ये ५ जना कास्कीका छन् । तीमध्ये पोखरा महानगरका ३ जना छन् । पोखरा महानगरका कोरोना […]

कोरोना कहरमा कर्णालीका जनप्रतिनिधिलाई दोब्बर सुविधा

१० असार, सुर्खेत । कोरोनाको कहरमा पनि कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधा दोब्बरले वृद्धि हुने भएको छ । प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिका लागि दोब्बर सुविधा प्रस्ताव गर्दै सुविधासम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गत कात्तिक पहिलो साता स्थानीय तहका पदाधिकारी र सदस्यहरुको मासिक पारिश्रमिक तथा ज्यालासहितको सुविधा सम्बन्धी कानुन खारेज […]

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

१० असार, गुल्मी । गुल्मीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । थपिएका संक्रमितहरुमा मदाने गाउँपालिकामा २२ वर्षका, २२ वर्षका, २६ वर्षका २६ वर्षका पुरुष रहेका […]

हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग

१० असार, काठमाडौं । मनघरी फाउन्डेसनले हुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच फाउण्डेशनका सल्लाकार अमर बहादुर शाही र गायीका आनी छोइङ्ग डोल्माले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हुम्लाका सबै गाउँपालिकाका लागि दिइएको सामग्रीमा पीपीई सेट ३० थान, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसल सिट, […]



from समाचार – Online Khabar https://ift.tt/3du9YUf
via IFTTT
Powered by Blogger.