समाचार
२१ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. […]
२१ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी) अमरबहादुर थापाले चन्दको साथबाट ०.३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।
२१ जेठ, काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व […]
२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । […]
२१ जेठ, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट […]
२१ जेठ, ओखलढुंगा । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ […]
२१ जेठ,ताप्लेजुङ । जिल्लाको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड-१९ को सङ्क्रमणका […]
२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा बिहान […]
२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]
२१ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई […]
२० जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नहुने छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबारदेखि शुरु भएको भर्चुअल छलफलमा अधिकांश नेताहरुले अहिलेको अलमलमा बस्न नहुने बताएका हुन् । ‘हामीले निरन्तर उठाउँदै आएको कुरा पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा लैजाने हो । त्यसका लागि […]
२० जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् […]
राजनीतिक, आर्थिक वा सामाजिक जुनसुकै कारणले होस् जब समाज तीव्र ध्रुवीकरणको चपेटाबाट गुज्रन्छ तब समाजका हरेक सदस्यलाई टाउको लुकाउन भए पनि एउटा ध्रुवमा उभिनुपर्ने बाध्यता आइपर्छ । तीव्र ध्रुवीकृत समाजको यो अनिवार्य चरित्र नै हो । यस्तो ध्रुवीकरणको चपेटामा कोही कसैको अभिमत, सुझाव वा टिप्पणी स्वतन्त्र मानिंदैनन् र हरेक व्यक्ति एउटा ध्रुवको छहारी खोज्न बाध्य […]
२० जेठ, काठमाडौं । वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्ने भनिएको छ । तर, यो तत्कालको गाँठो फुकाउन आवश्यक छ कि छैन ? भन्ने विषयमा सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक बहसमा छन् । आन्तरिक बहसका कारण शुक्रबार बोलाइएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) को एजेण्डामा नियमावली संशोधनको विषय परेको छैन । […]
२० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको फुटको असर प्रदेश २ सरकारमा देखिएको छ । सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारेका हुन् । जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा […]
२० जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले विनियोजन विधेयक–२०७८ का सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेपछि विपक्षी दलले विरोध जनाएका छन् । विपक्षी दलका सांसदले सरकारको वैधानिकतामा नै प्रश्न उठेकाले प्रिबजेट छलफल आवश्यक नभएको बताए । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेटको प्राथमिकतामा बिहीबार प्रदेशसभामा कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचार, कोभिड–१९ कारण प्रभावित […]
२० जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार एक वक्तव्य जारी गर्दै गिट्टी, बालुवा र ढुङ्गा निकासी खुला गर्ने निर्णय फिर्ता लिन संघीय सरकारलाई आग्रह गरे । उनले चेतावनीकै भाषामा भनेका छन्,’नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन अनुरोध गर्नुका साथै यस्ता कार्य तत्काल नरोकिए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ […]
२० जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा इन्डोनेसियामा अलपत्र परेका छन् । उनले आफूलाई नेपाल आउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह गरेका छन् । उनी अहिले इन्डोनेसियाको आप्रवासनसम्बन्धी कार्यालयको नियन्त्रणमा छन् । १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी इन्डोनेसियाकी युवतीसँग प्रेममा परेर इन्डोनेसिया पुगेका थिए । ९० दिनको पर्यटन […]
२० जेठ, काठमाडौं । कोरोना महामारीबाट ठूलो मानवीय क्षति भइरहेको बेला कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण […]
२० जेठ, काठमाडौं । बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग ल्याएको छ । ट्याबलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाल बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दावी गरिएको छ । […]
from समाचार – Online Khabar https://ift.tt/3ge64SS
via IFTTT






















