Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी […]

माधव समूहको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गर्दै

२३ जेठ, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ । आन्दोलनको घोषणाका लागि […]

सिरहामा औषधि व्यवसायीमाथि गोली प्रहार

२२ जेठ, जनकपुरधाम । सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् । मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो । पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको […]

एकपटक संक्रमण भएपछि १० महिनासम्म कोरोनाको जोखिम न्यून

२३ जेठ, काठमाडौं । एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ । युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको […]

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका […]

डोरी समात्दै अन्नपूर्णको पदयात्रा (फोटो फिचर)

२२ जेठ, काठमाडौं । समय र परिस्थिति मिल्यो भने प्राय म घुम्न निस्कन्छु । विशेष गरी म चलनचल्तीका भन्दा नचलेका स्थानमा घुम्न जान मन पराउँछु । योपटक मैले गत चैतको अन्तिम सातातिर अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरतर्फ यात्रा गरेँ । अन्नपूर्ण आधारशिवीर नेपालमा मात्र नभएर विश्वर परिचित पदयात्रा गन्तव्य हो । तर हामीले तय गरेको […]

जसपा गण्डकीमा बहस : मध्यावधि चुनाव कि सरकार ?

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी, गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्न नसक्ने अवस्था भए नेकपा एमालेको नेतृत्वको सरकारमा जाने कि मध्यावधि भन्ने बहस सुुरु भएको छ । प्रदेशसभामा जसपाका दुई सांसद छन्, जो विपक्षी गठबन्धनमा छन् । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बढेको छ । तर थापाले दायर […]

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य नै हो

२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को […]

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको […]

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२५ रुपैयाँ

२२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजल तथा मट्टीतेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले […]

गण्डकीमा सत्ता समीकरण : नजर सर्वोच्चतिर

२१ जेठ, पोखरा । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गरेपछि विपक्षीहरुलाई लागेको थियो, अब नयाँ सरकार बन्छ । ५९ सदस्यीय सभामा सरकार गठनका लागि चाहिने ३० सांसद उनीहरुसँग देखिएको थियो पनि । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित) र जनता समाजवादी पार्टी र जनमोर्चाका २–२ […]

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ चाहिन्छ’

२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ । शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो । ‘बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति […]

पैसा नहुँदा २१ दिने संक्रमित शिशुले मणिपालमा उपचार पाएन

२१ जेठ, पोखरा । शुक्रबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका थिए । उनीहरुको चर्चाको विषय थियो, काठमाडौंमा को–को मन्त्री, उपप्रधानमन्त्री भए । भित्र वार्डमा भने सन्नाटा थियो । एनसीयू वार्डको एउटा क्याबिनको ढोकाबाट भित्र चिहाइरहेका थिए, जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् […]

जति धेरै आम्दानी उत्ति धेरै कर !

२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि काट्ने गर्छ । यस्तो कर रकम भुक्तानीकै बेला तपाईंको आम्दानीबाट कट्टी गरिन्छ । १ प्रतिशत कर कट्टी गरिने आम्दानीको सीमा भने वार्षिक ४ लाख रुपैयाँ (मासिक ३३ हजार ३३३ रुपैयाँ) […]

के हो पोस्ट कोभिड समस्या ? कस्तो बेला अस्पताल जाने ?

काठमाडौं । पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने जेठ २० गतेबाहेक संक्रमण हुनेभन्दा निको हुने संख्या हरेक दिन बढी छ । शनिबार मात्र ५ हजार ४२ जनामा संक्रमण देखिंदा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । तर लामो […]

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिक्षक र तेक्वान्दो प्रशिक्षक पक्राउ

२२ जेठ, मध्यपुरथिमि । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुकी १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक र तेक्वान्दो प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक […]

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो […]

प्रधानमन्त्रीले सत्ताका लागि जे पनि गर्न सक्छु भन्ने मानसिकता देखाए : महत

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रतिक्रिया दिंदै महतले महन्थ ठाकुर समूहले पनि अवसरवादी चरित्र देखाएको बताए । प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको उनले बताए […]

कोभिशिल्ड खोपको दोस्रो डोज : ढिला भए के हुन्छ ?

२२ जेठ, काठमाडौं । देशभर करीब १३ लाख नागरिक कोरोनाविरुद्धको दोस्रो खोप लगाउने पर्खाइमा छन् । खरीद सम्झौता अनुसारको १० लाख डोज खोप भारतले समयमै उपलब्ध नगराइदिँदा दोस्रो डोज खोप कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरू बताउँछन् । भारतले समयमै खोप उपलब्ध नगराउँदा र सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा खोपको दोस्रो मात्रा लगाउने समय घर्किंदैछ । […]

थप ८,२४३ जना कोरोना संक्रमणमुक्त, ६८ जनाको मृत्यु

२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिंदा ८ हजार २४३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण […]

‘मुलुक छुवाछुतमुक्त घोषणा भए पनि कार्यान्वयन फितलो’  

२२ जेठ, काठमाडौं । मुलुक डेढ दशक पहिले जातीय छुवाछुतमुक्त घोषणा भएपनि छुवाछुतको समस्या अझै निर्मूल हुन नसकेकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । छुवाछुत विरुद्धको दिवसको अवसर पारेर आयोजित भर्चुअल अन्तरक्रियामा सहभागीले जातीय विभेद तथा छुवाछुतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औंल्याए । कार्यक्रममा समता फाउन्डेसनका कार्यकारी अध्यक्ष […]



from समाचार – Online Khabar https://ift.tt/3vVOPfB
via IFTTT
Powered by Blogger.