समाचार
१९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. […]
यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]
१९ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् । दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा […]
१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ । ‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका […]
१९ जेठ, काठमाडौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब थप हुने निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा पुस्तक पसल र स्टेसनरी खोल्ने तयारी रहेको विषय चर्चामा आएपछि निरौलाले पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका हुन् । काठमाडौंको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को […]
१९ जेठ,पोखरा । ब्रिटिस लाहुरेको सपना त्यागेर लोकसंस्कृतिमा ऊर्जाशील जीवन बिताएका मेनकाजी गुरुङको निधन भएको छ । जीवन संगीनी बितेको एक महिना नबित्दै ५८ वर्षको उमेरमा मेनकाजी पनि बितेका हुन् । लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गरी बचाइराख्नुपर्छ भन्ने मेनकाजीको निधनले अपुरणीय क्षति पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनी गोरखा दक्षिणबाहु पदक र राष्ट्रिय शिक्षा […]
१९ जेठ, तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी […]
१९ जेठ, धनगढी । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा परीक्षणको ३७ दशमलव २ प्रतिशतमा संक्रमण पुष्टि भयो । कैलालीसहित प्रदेशका विभिन्न प्रयोगशालामार्फत उक्त एक हप्ताको अवधीमा १३ हजार २२२ जनाको परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भयो । त्यो साता सबैभन्दा धेरै बैशाख २६ गते […]
१९ जेठ, काठमाडौं । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले अब थपिने […]
१९ जेठ, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा छन् । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो छन् । उनले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । उनीसँग जीवनमा भोगेका अनेकौँ […]
१९ जेठ, काठमाडौं । चीनको अर्को एक कोरोनाविरुद्धको खोपलाई पनि आपतकालीन प्रयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अनुमति दिएको छ । चिनियाँ सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्यूएचओले अनुमति दिएको हो । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । यस्ता छन् विशेषता डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन […]
१९ जेठ, काठमाडौं । चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ । चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन लेक्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा […]
१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार […]
१९ जेठ, काठमाडौं । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसीसी क्रिकेट विश्वकपमा टीम संख्या बढ्ने भएको छ । अब एकदिवसीय विश्वकपमा १४ र टी२० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसीय विश्वकपमा […]
१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि […]
१८ जेठ, काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सुरु भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ थालेको छ । तीन दिनको लगातारको प्रयासपछि सोमबारबाट वेट टेस्ट सुरू भएको हो, जसले सकारात्मक नतिजा दिएको छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठका अनुसार अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक […]
१८ जेठ, काठमाडौं । पार्टी जत्रोसुकै होस्, नेपाली राजनीतिज्ञहरु आफूले पाएको पद सितिमिति गुमाउन चाहँदैनन् । राजनीतिबाट ‘अवकाश’ भन्ने शब्द सुन्न पनि विरलै रुचाउँछन् । उज्ज्वल थापा भने नेपाली राजनीतिका एक अपवाद पात्र हुन् । अमेरिकाबाट फर्किएर परिवर्तनका लागि ‘हामी नेपाली एक’ भन्ने अभियान चलाएका थापाले आफू जस्तै युवाहरू मिलेर ‘विवेकशील नेपाली दल’ स्थापना गरे […]
१८ जेठ, काठमाडौं । केही वर्ष अघिसम्म न्यायालयभित्र न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायाधीश र वकिल वृत्तमा मात्रै सीमित हुन्थ्यो । यो अदालतभित्रै उठ्थ्यो र अदालतभित्रै समाधान हुन्थ्यो । तर, प्रतिनिधिसभा विघटनयता न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायालयभित्र मात्रै सीमित रहेन । यो सार्वजनिक बहसको विषय बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ […]
प्रमुख१८ जेठ, काठमाडौं । आगामी वर्ष २०७८-७९ को बजेट वक्तव्यको २७५ औं नम्बरमा लेखिएको छ, ‘पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रुपमा निर्माण गरिनेछ ।’ गाडीको अत्यधिक चाप रहेको पूर्वपश्चिम राजमार्गका विभिन्न खण्ड विस्तारमा स्रोत नजुटिरहेको बेला निर्माण नै नसकिएको मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने योजना सुरुआतमै आलोचित भएको छ । […]
१८ जेठ, काठमाडौं । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले […]
१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग पुग्ने विश्वास […]
from समाचार – Online Khabar https://ift.tt/3vMYfKq
via IFTTT





















