Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वडाध्यक्षमाथि दुर्व्यवहार गरेको भन्दै घोराहीका सबै वडा कार्यालय बन्द

१९ जेठ, बुटवल । दाङको घोराही उपमहानगरपालिकाका एकजना वडाध्यक्षमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै विरोधमा घोराहीका सबै वडा कार्यालय बन्द भएका छन ।  घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेश पाण्डेमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले स्कुटर रोकेर दुर्व्यवहार गरेको भन्दै उपमहानगरका १९ वटै वडा कार्यालय बन्द भएका हुन् । जनप्रतिनिधिमाथि नियोजित उद्देश्यले दुव्र्यवहार भएकाले विरोधस्वरुप एक […]

पौडी खेल्ने क्रममा बेपत्ता भएका दिनेशको शव भेटियो

१९ जेठ, फुङ्लिङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव बुधबार बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । […]

विप्लव भन्छन्– पार्टीले मलाई २० हजार तलब दिन्छ

१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने गरेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् । तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो […]

ललितपुरमा ५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

१९ जेठ, ललितपुर । पाँच वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् । गोदावरी नगरपालिका-३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई करणी गरेको उनीमाथि आरोप लगाइएको छ ।  उनलाई  महानगरीय […]

भारतमा २४ घण्टामा कोरोनाबाट ३२ सयभन्दा बढीको मृत्यु

१९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार २०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा भारतमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार […]

चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । समाचारमा उल्लेख […]

गुल्मीमा १६२५ जना कोरोना संक्रमण मुक्त

१९ जेठ, गुल्मी । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हलसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् । कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हाल जिल्लामा ६०७ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ५८३ जना होम आइसोलेशनमा रहेका छन् । […]

एमाले स्थायी कमिटी बैठक बस्दै

१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]

संसद विघटनबारे वक्तव्यबाजी नगर्न एमालेका जनसंगठनहरुको चेतावनी

१९ जेठ, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यबाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने भन्‍दै  बदनियत राखेर वक्तव्यबाजी नगर्न चेतावनी दिएका हुन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको हामी […]

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१९ जेठ, वीरगञ्ज । बारामा मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बारा पचरौता नगरपालिका-३ बस्ने २६ वर्षीय  प्रदीप साह कलवारको मृत्यु भएको हो ।  कलैया अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ ५ बजे सिम्रौनगढ नगरपालिका- […]

फ्रान्सले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

१९ जेठ, काठमाडौं । कोभिड १९ रोकथामका लागि फ्रान्स सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ । फ्रान्स सरकारले सहयोग स्वरुप दिएको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेल लगायत सामग्री बुधबार नेपाल आइपुगेको हो । बुधबार बिहान एयरबसको ए ३५० जहाजमार्फत् स्वास्थ्य सामग्री नेपाल ल्याइएको हो । त्रिभुवन विमानस्थलमा […]

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो डोज लगाए

१८ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । गरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्‍नसुन्दर लासिवाले बताए । नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले […]

चिनियाँ खोप बिहीबार सबै प्रदेशमा पठाइँदै

१९ जेठ, काठमाडौं । अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. […]

स्मृतिमा उज्ज्वल थापा : युवा नेता थापामाथि सद्भावनाको ओइरो !

यो साता समाजिक सञ्जालमा युवा नेता उज्ज्वल थापाको स्वास्थ्यस्थिति जनचासोको मुख्य विषय बन्न पुग्यो । मंगलबार मध्यान्ह अस्पतालले निधन घोषणा गर्नुअघि नै थापालाई कतिपयले श्रद्धाञ्जली दिन थालिसकेका थिए । यद्यपि, त्यसको तीन घण्टापछि दिउँसो ४ः२५ बजे मेडिसिटी अस्पतालले उज्ज्वल थापाको निधनलाई आधिकारिक घोषण गर्यो । मंगलबार साँझ परिवार र विवेकशील साझा पार्टीका सहकर्मीहरूको उपस्थितिमा थापाको […]

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

१९ जेठ, काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको […]

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि

१९ जेठ, बुटवल । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बुधबार (आज)देखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् । दुई दिनअघि सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा […]

कोरोनाको अर्को घाउ : भारतमा बढ्दै अभिभावकविहीन बालबालिका

१९ जेठ, काठमाडौं । पाँच वर्षका प्रथाम र उनका १० वर्षीय दाइ आयूषले गत अप्रिलमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आफ्ना बुवा गुमाए । यी दाजुभाइले बुवा गुमाएको केही दिनमै दिल्लीको अर्को अस्पतालमा उनीहरूकी आमाको पनि निधन भयो । यी दाजुभाइको भरोसाको संसार परिवर्तन भइसकेको थियो तर उनीहरूलाई यो सबै कुरा थाहा थिएन । उनीहरूले […]

भारतले खोप निर्यातमा प्रतिबन्ध लगाउँदा ९१ मुलुक नयाँ भेरियन्टको जोखिममा : डब्ल्यूएचओ

१९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्यातमा भारतले लगाएको प्रतिबन्धको असर ९१ मुलुकमा परेको बताएको छ । भारतले खोप निर्यातमा लगाएको प्रतिबन्धको कारण नै यी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फैलिने जोखिम पनि अत्यधिक देखिएको डब्ल्यूएचओको उल्लेख गरेको छ । ‘विशेषगरी सेरम इन्स्टिच्युट अफ इन्डियाबाट नआएको खोपको भरपाई एस्ट्राजेनेका […]

ललितपुरका सीडीओ भन्छन् : पुस्तक पसल खोल्ने तयारी छैन

१९ जेठ, काठमाडौं । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब थप हुने निषेधाज्ञामा पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा पुस्तक पसल र स्टेसनरी खोल्ने तयारी रहेको विषय चर्चामा आएपछि निरौलाले पुस्तक पसल खोल्ने तयारी नरहेको स्पष्ट पारेका हुन् । काठमाडौंको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को […]

अस्ताए मेनकाजी : जसले ब्रिटिस सपना त्यागेर लोकसंस्कृतिमा जीवन बिताए

१९ जेठ,पोखरा । ब्रिटिस लाहुरेको सपना त्यागेर लोकसंस्कृतिमा ऊर्जाशील जीवन बिताएका मेनकाजी गुरुङको निधन भएको छ । जीवन संगीनी बितेको एक महिना नबित्दै ५८ वर्षको उमेरमा मेनकाजी पनि बितेका हुन् । लोकसंस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गरी बचाइराख्नुपर्छ भन्ने मेनकाजीको निधनले अपुरणीय क्षति पुगेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनी गोरखा दक्षिणबाहु पदक र राष्ट्रिय शिक्षा […]

म्याग्दीकी एक महिला तनहुँमा मृत भेटिइन्

१९ जेठ, तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका-८ घर भई हाल शुक्लागण्डकी-२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी-२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी […]



from समाचार – Online Khabar https://ift.tt/3podyXD
via IFTTT
Powered by Blogger.