Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु

२० जेठ, सप्तरी । डाक्नेश्वरी नगरपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साबिक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिछ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै […]

बाँकेमा थप ७ जना संक्रमितको मृत्‍यु

२० जेठ, काठमाडौं । बाँकेको विभिन्‍न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ । बुधबार ७:३० बजे साँझदेखि बिहीबार दिउँसो २:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ३ जना बर्दिया, १/१ जना दाङ, दैलेख, सल्यान र रूकुम का छन् । […]

सामाजिक सुरक्षा कोषमा सहभागी हुन किन अनिच्छुक छन् बैंक कर्मचारी ?

२० जेठ, काठमाडौं । निषेधाज्ञाकै अवधिमा सनराइज बैंक र ग्लोबल आइएमई बैंकलाई सामाजिक सुरक्षा कोषले मृतक कर्मचारीको परिवारलाई क्षतिपुर्ति दिन निर्देशन दियो । कोषमा आवद्ध नभएका यी दुई बैंकहरुलाई कोषले आफैं हिसाब गरेर रकम नै तोकेर क्षतिपुर्ति दिन निर्देशन दियो । सामाजिक सुरक्षा ऐनमा भएको व्यवस्था अनुसार कोषले यस्तो निर्देशन दिएको हो । निर्देशन दिएको […]

संस्थानमा सरकारको ऋण लगानीबाट ३१ अर्ब ५९ करोडको हिसाब गायब

२० जेठ, काठमाडौं । सार्वजनिक संस्थानमा भएको ऋण लगानीमध्ये रु.३१ अर्ब ५९ करोड बराबरको हिसाब हराएको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ सम्म ४४ वटा सार्वजनिक संस्थानमा गरेको ऋण लगानीमध्ये संस्थानहरुले देखाएको हिसाब र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा उक्त रकम फरक देखिएको हो । अर्थमन्त्रालयका अनुसार, सरकारले सार्वजनिक संस्थानमा हालसम्म कुल २ खर्ब ३० […]

निषेधाज्ञा नलागेका यी दुई जिल्लामा कोरोना संक्रमणको अवस्था के छ ?

२० जेठ, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तीमध्ये ताप्लेजुङ, सप्तरी र मुस्ताङमा आंशिक निषेधाज्ञा लगाइएको छ । खोटाङमा भने जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी नगरे पनि स्थानीय तह, व्यापार […]

शिकार खेल्दा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार चारजना पक्राउ 

२० जेठ, विराटनगर । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्राले लागेर साथीको मृत्यु भएपछि फरार रहेका चारजना पक्राउ परेका छन् । घटनापछि फरार रहेका चारजना पक्राउ परेका हुन् । प्रहरीले चारवटा भरुवा बन्दुक पनि फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले केराबारी र लेटाङबाट चारजनालाई पक्राउ गरेको हो […]

एमाले स्थायी कमिटी बैठक स्थगित

२० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय […]

किष्ट अस्पतालले सुरु गर्‍यो निःशुल्क कोभिड ओपीडी

२० जेठ, काठमाडौं । ललितपुरस्थित किष्ट अस्पतालले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क ओपीडी सुरु गरेको छ । कोभिड ओपीडीमा बिरामीहरुका लागि क्लिनिकल, परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध हुने किष्ट अस्पतालले जनाएको छ । सामान्य आर्थिक अवस्था भएका तथा होम आइसोलेसनमा बसेका संक्रमितका लागि सहज रुपमा आएर विशेषज्ञ चिकित्सकबाट जाँच गराउने व्यवस्था […]

कोरोना निको भएपछि पूर्वराजाको भिडियो सन्देश, यसरी सम्झिए शुभचिन्तकलाई

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’ […]

बेलायती पत्रिकामा कोरोनाको ‘नेपाल भेरियन्ट’को चर्चा : डब्लुएचओ भन्छ- फेला परेको छैन

२० जेठ, काठमाडौं । बेलायती सञ्चारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट भेटिएको दावी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दावीसहितका रिपोर्ट प्रकाशित भएका छन् । बेलायती ट्याबलोइड दैनिक डेली मेलको बिहीबारको अंकमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोना बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण हुने उल्लेख छ । डेली मेललाई उदृत गर्दै द इन्डिपेन्डेन्ट र टेलिग्राफलगायतका […]

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त […]

मृतक संक्रमितको परिवारलाई ककनी गाउँपालिकाले किरिया खर्च दिने

२० जेठ, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय […]

छाक टार्न समस्या भयो ? हटलाइन नम्बर ११८० मा सम्पर्क गर्नुस्

२० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न आग्रह गरेको हो । अघिल्लो […]

दुई महिना मेलम्चीबाट पानी नआउने

२० जेठ, काठमाडौं । आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि -प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि […]

कालो ढुसी संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु

२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर […]

सिरहा र महोत्तरीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बियो

२० जेठ, जनकपुरधाम । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए । यस्तै, महोत्तरीमा पनि जेठ […]

कोरोना संक्रमणबाट ३५ वर्षका चिकित्सकको मृत्यु

२० जेठ, बटवल । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार […]

गण्डकीका वनमन्त्री भन्छन् : डाँडा र खानी खन्‍ने-प्रयोग गर्ने हो, फाइदै फाइदा छ

२० जेठ, पोखरा । सरकारले  ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापार घाटा कम गर्ने नीति बजेटमार्फत ल्याएपछि अहिले सर्वत्र विरोध भइरहेको छ । विपक्षी राजनीतिक दलदेखि संरक्षणकर्मी सबैले सरकारको उक्त घोषणा फिर्ता लिन दबाब दिइरहेका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले भने संघीय सरकारको नीति विनाशका निम्ति नभइ विकास […]

तोलामा चार सयले बढ्यो सुनको मूल्‍य

२० जेठ, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्‍य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्‍य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार सुनको मूल्‍य प्रतितोला […]

राक्सिराङ गाउँपालिकाका १ हजार घरपरिवारलाई खाद्यान्‍न सहयोग

२० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर […]

हामी शान्तिपूर्ण राजनीतिमा आयौं भनेका छैनौं : विप्लव

२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो । उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो […]



from समाचार – Online Khabar https://ift.tt/34HCQWT
via IFTTT
Powered by Blogger.