समाचार
२० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय […]
२० जेठ, काठमाडौं । ललितपुरस्थित किष्ट अस्पतालले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क ओपिडी सुरु गरेको छ । कोभिड ओपिडीमा बिरामीहरुका लागि क्लिनिकल, परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध हुने किष्ट अस्पतालले जनाएको छ । सामान्य आर्थिक अवस्था भएका तथा होम आइसोलेसनमा बसेका संक्रमितका लागि सहज रुपमा आएर विशेषज्ञ चिकित्सकबाट जाँच गराउने व्यवस्था […]
२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दछौं ।’ […]
२० जेठ, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय […]
२० जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न आग्रह गरेको हो । अघिल्लो […]
२० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकर माइकोसिस)को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर […]
२० जेठ, जनकपुरधाम । सिरहा र महोत्तरीमा जारी निषेधाज्ञा जेठ मसान्तसम्मका लागि लम्ब्याइएको छ । सिरहामा यसअघि जेठ २१ गतेसम्म कायम रहेको निषेधाज्ञालाई जेठ मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले त्यसको निषेधाज्ञाको समय थप गरिएको उनले बताए । यस्तै, महोत्तरीमा पनि जेठ […]
२० जेठ, बटवल । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार […]
२० जेठ, पोखरा । सरकारले ढुंगा, गिटी, बालुवा भारत निकासी गरेर व्यापार घाटा कम गर्ने नीति बजेटमार्फत ल्याएपछि अहिले सर्वत्र विरोध भइरहेको छ । विपक्षी राजनीतिक दलदेखि संरक्षणकर्मी सबैले सरकारको उक्त घोषणा फिर्ता लिन दबाब दिइरहेका छन् । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले भने संघीय सरकारको नीति विनाशका निम्ति नभइ विकास […]
२० जेठ, काठमाडौं । सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ । अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार भने चार सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला […]
२० जेठ, हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको दुई वडाका एक हजार घरपरिवारलाई नेपाल कांग्रेस मकवानपुरले खाद्य सामाग्री सहयोग गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको समन्वयमा करिब २० लाख रुपैयाँ बराबरको सामाग्री विहीबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललाई हस्तान्तरण गरिएको हो । राक्सिराङ गाउँपालिकाको वडा नम्बर […]
२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो । उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो […]
२० जेठ, काठमाडौं । ब्राजिलको एक सहरमा गरिएको एक परीक्षणले चिनियाँ खोप कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य गर्न महत्वपूर्ण बन्न सक्ने देखाएको छ । यो परीक्षण कोरोनाले सबभन्दा धेरै प्रभावित मुलुकमध्येकको एक ब्राजिलको दक्षिणपूर्वी सहर सेरानामा गरिएको हो । यो सहरको जनसंख्या ४५ हजार छ । अहिले नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको […]
२० जेठ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर-१ का वडाध्यक्ष जनक बमले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् । लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर बिहीबार बिहान लम्कीचुहा […]
२० जेठ, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ३५ दिन बितिसक्यो र बुधबार मात्र जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । तर कोरोना […]
काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ। भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद बडूले […]
२० जेठ, धनगढी । कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बिहीबार प्रमुख जिल्ला अधिकारी खग्रेन्द्रप्रसाद रिजालले बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने आदेश जारी गरेको जानकारी दिए । यो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द हुने जोशीले बताए […]
प्रधानमन्त्रीले विघटन गर्नुभन्दा केही दिन अगाडि ७६ (३) को सरकार प्रमुखको रूपमा उहाँले शपथ लिनुभयो । ७६ (२) अनुसारको सरकार बन्न नसकेपछि ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएर संविधान अनुसार उहाँले शपथग्रहण गर्नुभएकोमा विवाद छैन । उहाँले चाहेर, खोजेर वा कसैको निगाहमा उहाँ प्रधानमन्त्री हुनुभएको होइन । उहाँ संविधानको धारा ७६ (३) अनुसार त्यो पदमा […]
२0 जेठ, जनकपुरधाम । इँटा उद्योगको चिम्नीका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डल रहेको सर्लाही प्रहरीले जनाएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित लालबाबु रायको इँटा उद्योगको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा बालक डुबेको सर्लाही […]
२० जेठ, विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश […]
२० जेठ, काठमाडौं । वन तथा वातावरण मन्त्रालयले चुरे संरक्षणमा मन्त्रालय संवेदनशील रहेको स्पष्ट पारेको छ । सरकारले चुरे क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी निकासीको विषय आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेको विषयमा तीब्र विवाद भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै चुरे संरक्षणमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले बुधबार […]
from समाचार – Online Khabar https://ift.tt/3iav28d
via IFTTT






















