समाचार
१८ जेठ, गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरी चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरी चलाइएका ६० वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । तम्घास बजारका विभिन्न स्थानमा गरिएको चेकजाँचमा ती सवारी साधनलाई […]
१८ जेठ, मकवानपुर । आठ वर्षीया बालिकालाई बाल यौन दुरुपयोग गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामी रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१८ जेठ, बुटवल । बुटवलको एक नीजि अस्पतालले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बुटवल–१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो । एक बिगाहा क्षेत्रफल भित्र रहेको अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ […]
१८ जेठ, काठमाडौं । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय […]
१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय […]
१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका […]
१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा […]
१८ जेठ, काठमाडौं । ६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् । दोस्रो लहरको कोरोना महामारीको प्रतिकूल परिस्थितिको कारण अघिल्लो पटकको जस्तो सडकमा उत्रिन नसकेका विपक्षी दलहरु […]
१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन । मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन । यद्यपि श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् । नेकपा विभाजन सम्बन्धी […]
१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सर्वोच्च बारका प्रतिनिधिहरुले भेटवार्ता गर्दैछन् । संवैधानिक इजलास पुनर्गठनको सुझाव दिन सर्वोच्च बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने समय तय भएको जानकारी दिए । यसअघि नेपाल बार एशोसिएसन र सर्वोच्च बारका […]
१८ जेठ, काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले सरकारले बजेटमा उल्लेख गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानिजजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम उचित नभएको बताएको छ । नेफेजले मंगलबार विज्ञप्ति जारी गर्दै वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको उल्लेख गरेको छ । वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको […]
१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । […]
१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो । थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र […]
१८ जेठ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही […]
१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि […]
१८ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् । […]
१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक […]
१८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् । डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा […]
१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् […]
from समाचार – Online Khabar https://ift.tt/3c7JWbf
via IFTTT






















