Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका […]

बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । भेरी अस्पतालमा […]

संवैधानिक इजलासमा पुरानैलाई निरन्तरता !

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा पुरानै न्यायाधीशहरुलाई निरन्तरता दिएका छन् । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न अधिवक्ताहरुले माग गर्दै आए पनि मंगलबारको इजलासमा न्यायाधीश परिवर्तन गरिएको छैन । यद्यपि श्रेष्ठ र केसीले मंगलबारको इजलासमा आफूहरु रहने कि नरहने भनेर प्रष्टाउने बताइसकेका छन् । नेकपा विभाजन सम्बन्धी […]

इजलास पुनर्गठनको माग गर्दै सर्वोच्च बारले प्रधानन्यायाधीशलाई भेट्दै

१८ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सर्वोच्च बारका प्रतिनिधिहरुले भेटवार्ता गर्दैछन् । संवैधानिक इजलास पुनर्गठनको सुझाव दिन सर्वोच्च बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरासँग भेट्ने समय तय भएको जानकारी दिए । यसअघि नेपाल बार एशोसिएसन र सर्वोच्च बारका […]

बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम गलत : नेफेज

१८ जेठ, काठमाडौं । नेपाल वातावरण पत्रकार समूहले सरकारले बजेटमा उल्लेख गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानिजजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम उचित नभएको बताएको छ । नेफेजले मंगलबार विज्ञप्ति जारी गर्दै वातावरणीय, आर्थिक र सामाजिक कुनैपनि दृष्टिकोणले मुलुकको हितमा नरहेको उल्लेख गरेको छ । वैज्ञानिक अध्ययनबिना हचुवाका भरमा ल्याइएको […]

कुवेतमा नेपाली टोलीको प्रशिक्षण (फोटो फिचर)

१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । […]

कोरोनाले अर्थशास्त्री गोविन्द थापाको निधन

१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो । थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र […]

शेखर कोइराला भन्छन् : न्यायालयप्रति ओलीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन । मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन […]

ढुंगा, गिट्टी, बालुवा निर्यातको घोषणा : चुरे मासिने र तराई मरुभूमि बन्ने खतरा

१८ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि आएको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा भनिएको छ,‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ ।’ अर्थमन्त्री विष्णु पौडेलले एक कदम अघि बढ्दै यो योजनालाई सहज बनाउन गर्न उदार नीति पनि घोषणा गरेका छन्,‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि […]

कोरोना भाइरसविरुद्ध २८५ वटा खोप विकास, १५ वटा प्रयोगमा

१८ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् । […]

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक […]

सरकारलाई सुझाव : कोरोना खोपमा राउटे र चेपाङलाई प्राथमिकता दिनुपर्छ

१८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् । डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा […]

कर्णालीमा ९५ प्रतिशत कोरोना सङ्क्रमित निको भए

१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ […]

खोपबारे बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भीख माग्न लगाउने ?

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् […]

नेपालमा फैलिएको कोरोना नयाँ भेरियन्टको नाम ‘डेल्टा’ राखियो

१८ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम […]

बजेटमा रजगज : प्रधानमन्त्रीसहित पाँच पहुँचवाला नेताको क्षेत्रमा ओइरो

१८ जेठ, काठमाडौं । बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन् । यो पटक राजनीतिक परिस्थिति फरक थियो । प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर […]

राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र भोट हैन्, पीसीआर रिपोर्ट !

१८ जेठ, काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो । निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि […]

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको […]

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

१७ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा […]

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]



from समाचार – Online Khabar https://ift.tt/3g2ldpU
via IFTTT
Powered by Blogger.