Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कुवेतमा नेपाली टोलीको प्रशिक्षण (फोटो फिचर)

१८ जेठ, काठमाडौं । विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो । त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । […]

कोरोनाले अर्थशास्त्री गोविन्द थापाको निधन

१८ जेठ, काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणबाट पीडित थापाको सोमबार बिहान करिब ५ बजे शहीद गंगालाल अस्पतालमा निधन भएको हो । थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकार रहेका थापा नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशक हुन् । सुरेन्द्र […]

शेखर कोइराला भन्छन : न्यायालयप्रति ओलीको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको न्यायालय र वकिलहरुप्रतिको टिप्पणी अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने चाहना भएको बताएका छन । मंगलाबार बिहान एक ट्विट गर्दै नेता कोरालाले ओलीले कानुन व्यवसायी र वकिलहरुले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका बिर्सेको मात्र नभई हारको मानसिकताको उपहार र गण तन्त्रको अवमूल्यन […]

कोरोना भाइरसविरुद्ध २८५ वटा खोप विकास, १५ वटा प्रयोगमा

१८ जेठ, काठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् । […]

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक […]

सरकारलाई सुझाव : कोरोना खोपमा राउटे र चेपाङलाई प्राथमिकता दिनुपर्छ

१८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् । डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा […]

कर्णालीमा ९५ प्रतिशत कोरोना सङ्क्रमित निको भए

१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ […]

खोपबारे बाबुराम भट्टराई भन्छन्- राष्ट्रपतिलाई भीख माग्न लगाउने ?

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् […]

राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र भोट हैन्, पीसीआर रिपोर्ट !

१८ जेठ, काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो । निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि […]

धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन

१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]

नेपाल एयरलाइन्समार्फत् चिनियाँ खोप आज नेपाल ल्याइँदै

१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको […]

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

१७ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा […]

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]

फ्रन्टलाइनरका लागि एक करोड राशिको सम्मान घोषणा

१७ जेठ, काठमाडौं । बारबरा फाउण्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुका लागि १ करोड १ रुपैयाँ  राशिको सम्मान घोषणा गरेको छ । फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालकका लागि विशेष सम्मानको घोषणा गरेको जनाएका […]

वाग्मतीमा प्रि–बजेट छलफल सुरु, विपक्षी आक्रामक

१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रि बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो । कोरोना केन्द्रित बजेट मन्त्री ढुंगेलले आगामी […]

न्यायाधीशद्वय केसी र श्रेष्ठले इजलासमै राय दिने

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा तोकिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भनी आफूमाथि उठेको प्रश्नको जवाफ इजलासमै दिने तयारी गरेका छन् । आफूहरूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय केसी र श्रेष्ठ सोमबार दिउँसो सर्वोच्च अदालतमा विभिन्न पक्षसँग छलफल गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीशहरू […]

राष्ट्रिय जनमोर्चाले कृष्ण थापा रोज्छ कि मध्यावधि ?

१७ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । केन्द्रीय निर्देशनअनुसार जेठ १५ गते नै थापालाई संसदीय दलको नेताको जिम्मेवारी दिईएको जनमोर्चाले जनाएको छ । ‘संसदीय दलको नेता तोक्ने काम केन्द्रीय कमिटीले गरिसकेको छैन,’ जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले भने, ‘नेता चयन भइनसकेको अवस्थामा दलको नेताको रुपमा […]

‘बजेट हाम्रा लागि आउँदैन, आउनेका लागि आयो होला’

नाम : प्रेमबहादुर लामा, वर्ष : ६१, घर : काभ्रेपलाञ्चोक । ‘मैले यहाँको क्लबमा पहिले पनि सबै जानकारी टिपाइसकेको छु’, परिचय दिन उनले खासै रुचि देखाएनन् । आफ्नो छोटो परिचय दिंदै प्रेमबहादुरले भने, ‘घर चाहिं काभ्रे हो, अहिले रानीबारीमा बस्छु ।’ बिहान उठ्यो । नजिकै सडक छेउमा टोलाएर बस्यो । त्यसै दिन काट्यो । उनको […]

संसद विघटनविरुद्ध जसपाको यादव पक्षद्वारा प्रदेश २ मा आन्दोलन घोषणा

१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]

संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल, विपक्षीले मागे राजीनामा

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]

धनुषामा जेठ २४ र सर्लाहीमा २५ गतेसम्म निषेधाज्ञा लम्बियो

१७ जेठ, जनकपुरधाम । धनुषा र सर्लाहीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । धनुषामा सोमबारसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २४ गतेसम्म निरन्तरता दिइने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सामान्य घट्दै […]



from समाचार – Online Khabar https://ift.tt/3uD4kYu
via IFTTT
Powered by Blogger.