समाचार
कठमाडौं । कोभिड १९ को संक्रमण रोक्ने खोपको विकास तथा उत्पादनमा विश्वभरका वैज्ञानिकहरु अभूतपूर्वरुपमा काम गरिरहेका छन् । सन् २०१९ को डिसेम्बरमा नोवेल कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएयता अहिलेसम्म एक दर्जनभन्दा धेरै भ्याक्सिन प्रयोगमा आइसकेका छन् । कैयन् भ्याक्सिनहरु चिकित्सा परीक्षणको विभिन्न चरणमा छन् र निकट भविष्यमै आम प्रयोगमा आउने तयारीमा छन् । तथ्यांकअनुसार अहिले विश्वमा […]
१८ जेष्ठ, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक […]
१८ जेठ, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नेपालमा विभिन्न देशबाट आउँदै गरेको खोप जोखिमयुक्त एवं स्वास्थ्य सुविधामा पछि परेको समुदायलाई प्राथमिकतामा राखेर लगाउनु पर्ने सुझाव दिएका छन् । डा. राजभण्डारीले समयमा नै स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन मुस्किल भएका दुर्गम क्षेत्र एवं स्वास्थ्य मापदण्डबारे जानकारी नपुगेका समुदायलाई खोप लगाउँदा […]
१८ जेठ, कर्णाली (सुर्खेत । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुहिराको काग जस्तो भएको भन्दै प्रश्न समेत गरेका […]
१८ जेठ, काठमाडौं । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो । निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि […]
१८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिकाको बोराडाँडीमा स्थापना गरिएको अस्पतालको सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाले विधिवत् रुपमा उद्घाटन गरे । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले व्यवस्थापन गर्ने गरी सैनिक कल्याणकारी कोष र नेपाल सरकारको लगानीमा सञ्चालमा आएको अस्पतालले केही हप्ता पहिलेदेखि नै सेवा […]
१८ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको […]
१७ जेठ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा […]
१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]
१७ जेठ, काठमाडौं । बारबरा फाउण्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरुका लागि १ करोड १ रुपैयाँ राशिको सम्मान घोषणा गरेको छ । फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी विरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालकका लागि विशेष सम्मानको घोषणा गरेको जनाएका […]
१७ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को प्रि बजेट अर्थात विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल सुरु भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका सँगै छलफल सुरु भएको हो । कोरोना केन्द्रित बजेट मन्त्री ढुंगेलले आगामी […]
१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा तोकिएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले मुद्दा हेर्न नमिल्ने भनी आफूमाथि उठेको प्रश्नको जवाफ इजलासमै दिने तयारी गरेका छन् । आफूहरूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय केसी र श्रेष्ठ सोमबार दिउँसो सर्वोच्च अदालतमा विभिन्न पक्षसँग छलफल गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीशहरू […]
१७ जेठ, पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा संसदीय दलको नेताको जिम्मेवारी पियारी थापालाई दिएको छ । केन्द्रीय निर्देशनअनुसार जेठ १५ गते नै थापालाई संसदीय दलको नेताको जिम्मेवारी दिईएको जनमोर्चाले जनाएको छ । ‘संसदीय दलको नेता तोक्ने काम केन्द्रीय कमिटीले गरिसकेको छैन,’ जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले भने, ‘नेता चयन भइनसकेको अवस्थामा दलको नेताको रुपमा […]
नाम : प्रेमबहादुर लामा, वर्ष : ६१, घर : काभ्रेपलाञ्चोक । ‘मैले यहाँको क्लबमा पहिले पनि सबै जानकारी टिपाइसकेको छु’, परिचय दिन उनले खासै रुचि देखाएनन् । आफ्नो छोटो परिचय दिंदै प्रेमबहादुरले भने, ‘घर चाहिं काभ्रे हो, अहिले रानीबारीमा बस्छु ।’ बिहान उठ्यो । नजिकै सडक छेउमा टोलाएर बस्यो । त्यसै दिन काट्यो । उनको […]
१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ । प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला […]
१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]
१७ जेठ, जनकपुरधाम । धनुषा र सर्लाहीमा निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । धनुषामा सोमबारसम्म कायम रहेको निषेधाज्ञालाई जेठ २४ गतेसम्म निरन्तरता दिइने भएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । कोरोनाको नयाँ भेरियन्टको संक्रमण दरमा सामान्य घट्दै […]
१७ जेठ, काठमाडौं । पहिलोपल्ट नेपाली सेनाबाट तालिम प्राप्त नेपाल स्काउटका स्वयंसेवकहरूले कोरोना संक्रमितको शव व्यवस्थापन गरेका छन् । प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटरहरुको टिमले संस्थागत रूपमा पहिलो पटक कोभिड १९ संक्रमितको शव व्यवस्थापन गरेको हो । सोमबार विराटनगरका ५४ […]
१७ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगास्थित शारदा माविमा बनाइएको आइसोलेसन सेन्टरलाई रोटरी क्लबले सहयोग गरेको छ । काठमाडौं महानगरपालिका–९, मात्रिका आँखा केन्द्र र स्थानीय युथ क्लबको सहयोगमा उक्त आइसोलेसन सेन्टर बनाइएको हो । रोटरी क्लबको विभिन्न शाखाले समग्रमा २९ बेड र ४ लाख ३० हजार रुपैयाँ सहयोग गरेको हो । जसमध्ये बानेश्वर शाखाले १६ बेड […]
१७ जेठ, काठमाडौं । आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनी छोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको हो । यसैगरी घटनामा संलग्न उनका […]
from समाचार – Online Khabar https://ift.tt/3p9Uqfv
via IFTTT






















