Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो […]

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य नै हो

२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को […]

प्रधानमन्त्रीले सत्ताका लागि जे पनि गर्न सक्छु भन्ने मानसिकता देखाए : महत

२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तामा टिक्न जे पनि गर्ने मानसिकता देखिएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रतिक्रिया दिंदै महतले महन्थ ठाकुर समूहले पनि अवसरवादी चरित्र देखाएको बताए । प्रधानमन्त्री ओली सत्ता लब्याउने मानसिकतामा रहेको र कोरोना महामारीलाई पनि अवसरका रुपमा प्रयोग गरेको उनले बताए […]

‘मुलुक छुवाछुतमुक्त घोषणा भए पनि कार्यान्वयन फितलो’  

२२ जेठ, काठमाडौं । मुलुक डेढ दशक पहिले जातीय छुवाछुतमुक्त घोषणा भएपनि छुवाछुतको समस्या अझै निर्मूल हुन नसकेकोमा अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । छुवाछुत विरुद्धको दिवसको अवसर पारेर आयोजित भर्चुअल अन्तरक्रियामा सहभागीले जातीय विभेद तथा छुवाछुतको उत्पीडनबाट प्रताडित समुदायले मुक्ति पाउन गरेको आशा अझै पनि पूरा नभएको औंल्याए । कार्यक्रममा समता फाउन्डेसनका कार्यकारी अध्यक्ष […]

ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा धनुषामा एकजनाको मृत्यु

२२ जेठ, काठमाडौं । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पर्ताहामा ट्याक्टरमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ ।  ना ४ त १६८२ नम्बरको ट्याक्टरमा रा ६ प २८३२ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ घर भएका २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फूलकुमारी मेमोरियल […]

संक्रमितको मनोबल बढाउन आइसोलेसन सेन्टरमा नाचगान (फोटो फिचर)

२२ जेठ, काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीको मनोबल बढाउन स्वास्थ्यकर्मीहरुले नाचगान गरेर रमाइलो गराउने गरेका छन् । संक्रमित भएका बिरामीहरु मानसिक रुपमा कमजोर हुने भएकाले उनीहरुलाई म्युजिक थेरापीको माध्यमबाट मनोबल बढाउन सहयोग गरेको स्वास्थ्यकर्मीहरुले बताए । नाचगानमा सहभागी हुँदा कोरोनाका बिरामीहरु पनि खुशी देखिन्थे । हेर्नुहोस् तस्वीरहरु  

प्रधानमन्त्रीले सक्ने जति गर्छु भन्नु भएको छ : ठाकुर

२२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुको स्वागतमा शनिबार आयोजित कार्यक्रममा ठाकुरले भने, ‘हाम्रा माग र मुद्दा सम्बोधनको प्रक्रिया सुरु […]

उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी : गोकर्ण विष्ट

२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताएका हुन् । ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको […]

वातावरणको दिवसको दिन वीरगञ्जमा रुखलाई अंगालो

२२ जेठ, वीरगञ्ज । वीरगञ्जको घण्टाघर छेउको डिभाइडरमा केही मानिसहरु रुखलाई अंगालो मारिरहेका थिए । केहीले कपडाको व्यानर बोकेका थिए । व्यानरमा ‘हरियोे, सफा र स्वास्थ वीरगञ्ज, प्लाष्टिक झोला प्रदुषणमुक्त वीरगञ्ज, धर्तीलाई बचाऔं, वातावरण जोगाऔं,’ भनेर लेखिएको थियो । रुखलाई अंगालो मारेको दृश्य देख्नेहरुलाई अचम्म लाग्नु स्वभाविक हो । वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान […]

कोरोना जितेर फर्किए बालमन्दिरका बालबालिका (फोटो फिचर)

२२ जेठ, काठमाडौं । बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका कोरोना संक्रमणमुक्त भएर कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका छन् । अस्पतालबाट डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले नाचगान […]

कर्णाली सरकारमा यज्ञ बीसी र दिनबन्धु श्रेष्ठलाई पठाउने कांग्रेसको निर्णय

२२ जेठ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्री बन्ने आफ्ना दुईजना सांसदको नाम टुंग्याएको छ । कांग्रेस संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । बैठकले बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत […]

राजेन्द्र महतोको अभिव्यक्तिप्रति ओलीको अनभिज्ञता देखेर आश्चर्य लाग्यो : वामदेव गौतम

२२ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् । ‘..संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन […]

स्मृतिमा जगदीश घिमिरे : निर्भीक कलम

कतिपय साहित्यकार सानै उमेरदेखि अझ भनौं बाल्यकालदेखि नै साहित्यमा लागेका हुन्छन् भने कतिपय आफ्नो सक्रिय जीवनको उत्तराद्र्धमा मात्र कलम चलाएर नामी भएका उदाहरण छन् । कतिपय साहित्यकार यौवनकालमा निकै जोश र जाँगरले लागेर नाम उँचो बन्दै गर्दा साहित्यिक सक्रियताबाट विश्राम लिन्छन् र पुनः उत्तरार्द्धमा साहित्यमा फर्केर शिखरमा पुग्छन् । नेपाली साहित्यको सन्दर्भमा जगदीश घिमिरेले पनि […]

बजेटपछिको सेयर बजार : दुई दिन अत्यायो, त्यसपछि उल्लास

२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट वक्तव्यको भोलिपल्टै सेयर बजारमा हरियाली देखियो । लोकप्रिय बजेट ल्याएको भन्दै बजेटको निजी क्षेत्रले स्वागत र विपक्षीहरुले आलोचना गरिरहेका थिए । सेयर बजारमा भने सकारात्मक असर देखियो । जेठ महिनाको तेस्रो साता लगानीकर्ताहरुका लागि सुखद रह्यो । शनिबार बजेट आयो, त्यसको भोलिपल्ट आइतबार नेप्से […]

रघुजी पन्त अस्पताल भर्ना

२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

२० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : प्रचण्ड

२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]

पैसा नहुँदा २१ दिने संक्रमित शिशुले मणिपालमा उपचार पाएन

२१ जेठ, पोखरा । शुक्रबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका थिए । उनीहरुको चर्चाको विषय थियो, काठमाडौंमा को–को मन्त्री, उपप्रधानमन्त्री भए । भित्र वार्डमा भने सन्नाटा थियो । एनसीयू वार्डको एउटा क्याबिनको ढोकाबाट भित्र चिहाइरहेका थिए, जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् […]

ढुंगा-गिट्टी निकासीको निर्णय फिर्ता नभए सत्याग्रह थाल्ने शान्ति समाजको चेतावनी

२२ जेठ, बुटवल । मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा […]

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

२२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै […]

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो । यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ […]

जति धेरै आम्दानी उत्ति धेरै कर !

२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि काट्ने गर्छ । यस्तो कर रकम भुक्तानीकै बेला तपाईंको आम्दानीबाट कट्टी गरिन्छ । १ प्रतिशत कर कट्टी गरिने आम्दानीको सीमा भने वार्षिक ४ लाख रुपैयाँ (मासिक ३३ हजार ३३३ रुपैयाँ) […]



from समाचार – Online Khabar https://ift.tt/2S41UVD
via IFTTT
Powered by Blogger.