समाचार
२१ जेठ, कास्की । पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेबान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । कोरोना सङ्क्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकलाई राहत वितरण गरिएको रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए […]
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजालसमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । अधिवक्ता राजाराम घिमिरेले ११ जना न्यायाधीशको संसद विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न स्वार्थ बाझिने भन्दै निवेदन दिएका हुन् । निवेदन दिएको तर दर्ता हुन बाँकी रहेको घिमिरेले जानकारी दिए । घिमिरेले न्यायाधीश दीपककुमार […]
२१ जेठ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक तथा कानूनी व्यवस्थाका बाबजुद कानूनको प्रभावकारी कार्यन्वयन हुन नसक्दा नेपालमा अझै पनि जातीय विभेदका घटनाहरुमा कमी आउन नसकेको बताएको छ । भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको आज १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै आयोगले जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव ( कसुर […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए । ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान […]
२१ जेठ, काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ […]
२१ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् । पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधेका हुन् । ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने […]
२१ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को […]
२१ जेठ, काठमाडौं । नुवाकोटको अर्चलेमा दुई साता अघि गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि २५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये १८ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको विभिन्न वडामा पनि रुघाखोकी र ज्वरोका बिरामी भेटिए । उनीहरु मध्ये केहीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखियो । दोलखा […]
२१ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नुन अयात र वितरण निजी क्षेत्रका लागि खुला गर्ने निर्णय गर्यो । बजेटको बुँदा नम्बर २२१ मा ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइने’ भनिएको छ । २०२० सालदेखि नेपालमा नुन आयात र बिक्री गरिरहेको […]
२१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ढुंगा,गिट्टी बालुवा निकासी गर्ने निर्णय राष्ट्रघात भएको बताएका छन् । सीमित व्यापारीले राज्यसत्ताको आड लिएर अकुत कमाउने र राजनीतिक दलका नेता तथा सांसदहरुले उनीहरुबाट लाभ दिने दुश्चक्र हानीकारक भएको उनी बताउँछन् । ‘अहिले रोक्नुपर्ने ठाउँमा अहिले निर्यात गर्ने भन्नु गम्भीर राष्ट्रघात हो । देश र जनताप्रति विश्वासघात […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बीच भेटवार्ता हुँदैछ । दिउँसो एक बजे पछि भेटवार्ता हुने समय तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । जसपा सरकारमा सहभागी हुनेबारे छलफल गर्न भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ । ती स्रोतका अनुसार ओली र ठाकुर […]
२१ जेठ, रौतहट। कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिका वडा -२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का […]
२१ जेठ, काठमाडौं । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन् । अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ […]
२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई÷मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जजाल ट्वीटमार्फत थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको उल्लेख गरेका […]
२१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन । ‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र […]
२१ जेठ, काठमाडौं । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी […]
२१ जेठ, काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो। अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको […]
२१ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा भूमाफियाको योजनामा जग्गाको खण्डीकरणका लागि स्वीकृति दिने चलखेल भएको भन्दै विरोध सुरु भएको छ । प्लटिङ कारोबारीको योजना अनुसार १३१ कित्ताकाटको स्वीकृति दिने चलखेल भएको भन्दै कांग्रेस, एमालेका अलावा मेयर ठाकुर ढकालको पार्टी माओवादी केन्द्रले समेत सचेत गराएका छन् । यद्यपि मेयर ढकालले आफू अध्यक्ष रहेको निर्देशक समितिमा […]
२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र […]
२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]
from समाचार – Online Khabar https://ift.tt/3zavF7V
via IFTTT





















