Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मन्त्रीबाट हट्नासाथ ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण

२१ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र […]

महतोको पाँचौ पटकमा उपप्रधान, भण्डारी १५औं पटक पनि मन्त्री

२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला […]

ओली सरकारका १६ मन्त्रीलाई चिन्नुहोस्

२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री बनेका छन् । विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्री जन्म : २०१६ मंसिर १५ गते, स्याङ्जा हालको ठेगाना […]

सकियो हिमाल आरोहण, कतिले चुमे चुचुरो ?

२१ जेठ, काठमाडौं । कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए । यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । यो एक सिजनमा जारी भएको अहिलेसम्मकै […]

त्रिपाठीले भने : वरीयता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ

२१ जेठ, काठमाडौं । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरीयता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरीयता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने । उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट […]

संवैधानिक इजलासमाथि सरकारी पक्षको पनि प्रश्न

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासको संरचनामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले पनि प्रश्न उठाएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा रहने न्यायाधीशको रोष्टरमा रहेका १२ न्यायाधीशमध्ये ११ जना संवैधानिक इजलासमा बस्न नमिल्ने भनेर […]

रघुवीर महासेठ–जुली महतो : पतिपत्नी आलोपालो मन्त्री

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् । ३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए । […]

नेप्से सबइन्डेक्स : बैंकिङलाई कसरी उछिन्यो फाइनान्सले ?

२० जेठ, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सबइन्डेक्सलाई उछिन्यो । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहस चलिरहेको छ । धेरै […]

दाङमा पोखरी खन्दा अनुमति भन्दा बढी बालुवा-ढुंगा उत्खनन

२१ जेठ, बुटवल । दाङको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने नाउँमा बालुवा र ढुंगा उत्खनन गरी बिक्री गरेको पाइएको छ । राजपुर गाउँपालिका– २ स्थित शोभा कृषि फार्म प्रालिको नाममा दुईवटा पोखरी खन्दा तोकिएको मात्रा भन्दा ६ हजार घन फिट बढी बालुवा र ढुंगा उत्खनन गरेर बिक्री गरिएको हो । माछा पालनका लागि राजपुर गाउँपालिकाबाट अनुमति […]

राहतमा ३ किलो चामल लिनेको लाइन

२१ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा परेकाहरुलाई ठमेलको सातघुम्ती चोकमा मेन्ज फाउन्डेसनले राहत वितरण गरेको छ । शुक्रबार यहाँ दिउँसो १ देखि ४ बजेसम्म राहत वितरण गरिएको थियो । निषेधाज्ञा सुरु भएयता हालसम्म दुई हजार जनालाई राहत वितरण गरिएको मेन्ज फाउन्डेसनका अध्यक्ष मिन्हाज खानले जानकारी दिए । लकडाउनको भोलिपल्टदेखि नियमित रुपमा राहत र खाना वितरण […]

फुलकोर्ट बैठक : सेवा संकुचनमा निरन्तरता, संवैधानिक इजलासबारे मौन

२१, जेठ, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा गरिएको सेवा संकुचनलाई निरन्तरता दिएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले यसअघि जेठ २१ गतेसम्मका लागि सेवा संकुचन गरिएकामा यसलाई निरन्तरता दिएर जेठ ३१ गतेसम्म पुर्‍याइएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञाको आदेश जारी भएपछि सर्वोच्चले आफूले प्रदान गर्ने धेरैजसो सेवा कटौती गरेको छ […]

मकैमा हाल्न रासायनिक मल अभाव, कृषि मन्त्रालय भन्छ– निषेधाज्ञाले रोकियो

२१, जेठ, काठमाडौं । धादिङको बेनीघाट रोराङका किसान बुद्धिराम थपलिया मकै र धानमा हाल्ने युरिया मल लिन बुधबार गाउँकै कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था पुगे । कोरोना महामारीको समयमा पनि सहकारीको कार्यालयमा किसानको ठेलमठेल थियो । अलि होलो भएपछि किन्छु भनेर कुरेका थपलिया मल सकिएपछि रित्तै घर फर्किए । ‘युरिया मल पाउन छाडेको […]

सुदूरपश्चिमका मन्त्री शाहलाई एमाले अध्यक्ष ओलीका ८ प्रश्न

२१ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोध्दै चित्त बुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माधव नेपाल पक्षका शाहलाई बिहीबार लेखिएको ५ बुँदे स्पष्टीकरण पत्रमा ओलीले विभिन्न ८ वटा प्रश्न सोधेका छन् । उनलाई […]

‘फाइजरको खोप भारतीय भेरियन्टविरुद्ध कम प्रभावकारी’

२१ जेठ, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा देखिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी पाइएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनको नतिजामा फाइजरको खोपले मूल कोरोना भाइरसको तुलनामा डेल्टा भेरियन्टविरुद्ध कम एन्टिबडी विकास हुने गरेको उल्लेख छ । उक्त अध्ययनका अनुसार डेल्टा भेरियन्टविरुद्ध फाइजरको खोपले […]

सुदूरपश्चिममा एमाले सांसदले मागे प्रतिपक्षको हैसियत

२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका सांसदले प्रतिपक्षीको सिट माग गरेका छन् । मंगलबार सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा नेकपा एमाले (ओली समूह) का प्रदेशसभा सदस्य पठानसिंह बोहराले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै प्रतिपक्षीको बेन्चमा बस्न दिन माग गरेका हुन् । ‘नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता […]

सांसदको गाडी दुर्घटना प्रकरण : मृतकका आफन्तले शव बुझे

२१ जेठ, विराटनगर । विराटनगर महानगरपालिका– ४ एयरपोर्ट मोडमा भएको सवारी दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव आफन्तले बुझेका छन् । किरिया खर्चबापत रकम लिएर मृतक मुकेश शर्माका दाजुले शव बुझेका हुन् । प्रदेश १ को प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट बिहीबार राति साढे ७ बजे भारत कटिहारका ३५ वर्षीय मुकेशको […]

प्रदेश-२ मा सत्ता सहकार्य गर्न निधिसँग उपेन्द्र यादवको प्रस्ताव

२१ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश-२ मा सत्ता सहकार्य गर्न नेपाली कांग्रेससँग प्रस्ताव गरेका छन् । शुक्रबार बिहान कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई भेटेर यादवले सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । यादवसँग सत्ता सहकार्यबारे छलफल भएको निधिका प्रेस सहयोगी रामजी दाहालले पुष्टि गरे। ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को […]

अवैध रुपमा नदी उत्खनन् गर्ने मेशिन र चालक नियन्त्रणमा

२१ जेठ, रौतहट । अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरीरहेको अवस्थामा प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ । रौतहटका विभिन्न स्थानीय तहहरुले खोलाहरुमा नदीजन्य पदार्थ निकासीका लागी अनुमति दिए पनि ठेकेदारहरुले मापदण्ड विपरीत बालुवा तथा ढुङ्गा उत्खनन् गर्ने गरेका छन् । वृन्दावन नगरपालिका ४ को रमौली घाटमा ४ वटा स्काभेटर तथा गढीमाई नगरपालिकाको १ […]

बागमती सरकारलाई हुवासिन सिमेन्टले दियो विभिन्‍न स्वास्थ्य सामग्री

२१ जेठ, काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले वागमती प्रदेश सरकारलाई विभिन्‍न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो। सो कम्पनीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा […]

चार जनाबाहेक सबै मन्त्री बाहिरिने, शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले […]

नुनमा कसरी घुस्यो निजी क्षेत्र ?

२१ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत नुन अयात र वितरण निजी क्षेत्रका लागि खुला गर्ने निर्णय गर्‍यो । बजेटको बुँदा नम्बर २२१ मा ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइने’ भनिएको छ । २०२० सालदेखि नेपालमा नुन आयात र बिक्री गरिरहेको […]



from समाचार – Online Khabar https://ift.tt/2TJhl5Z
via IFTTT
Powered by Blogger.