समाचार
२१ जेठ, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित […]
२२ जेठ, जनकपुरधाम । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले जनकपुरधामस्थित जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका निम्ति अध्ययन गर्न समिति बनाएका छन् । मन्त्रीमा नियुक्त भएपछि पदबहाली ग्रहण गर्नेवित्तिकै पहिलो निर्णय गर्दै मन्त्री अरगरियाले जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि अध्ययन गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर […]
२२ जेठ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका […]
२२ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टा-छुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका-१ भाँसीबाट २ जना र बेलौरी नगरपालिका-७ कालोपुलबाट २ जानालाई […]
२२ जेठ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ । यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले परराष्ट्रमन्त्री पदबाट हट्नासाथ आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत् ज्ञवालीले सवा तीन वर्ष मन्त्री रहँदाको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको उल्लेख गरेका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास निर्णय गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षसँग हुने वार्तालाई धेरै समय ल्याउन नहुने नेताहरुको जोड छ । बिहीबार र शुक्रबार गरी दुईदिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी एकता जोगाउन प्रयत्न गर्ने निर्णय गरेको हो […]
२१ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रपरिषद् पुनर्गठन गर्दा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका आठ जनालाई मन्त्री र दुई जनालाई राज्यमन्त्री बनाए । पार्टीको बहुमत पक्षले दिएको काबारहीको चेतावनीलाई वेवास्ता गर्दै मन्त्री भएकामध्ये अनिल झा दोस्रो तथा लक्ष्मणलाल कर्ण, विमलकुमार श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकवाल मिया पहिला […]
२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा सामेल गर्दै ओलीले १७ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री बनेका छन् । विष्णुप्रसाद पौडेल, उपप्रधान तथा अर्थमन्त्री जन्म : २०१६ मंसिर १५ गते, स्याङ्जा हालको ठेगाना […]
२१ जेठ, काठमाडौं । कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए । यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । यो एक सिजनमा जारी भएको अहिलेसम्मकै […]
२१ जेठ, काठमाडौं । तीन साताअघि ४४.६७ प्रतिशत रहेको कोरोना संक्रमणदर ३४.१८ प्रतिशतमा झर्न दुई साता लाग्यो । तेस्रो सातामा ३१.३५ मा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो केही दिनयता संक्रमणदर ३० प्रतिशतको हाराहारीमा यथावत् छ । निषेधाज्ञा लगाएको ३७ दिन पुगिसक्दा संक्रमणदर सकारात्मक तरिकाले नघट्नुले महामारी समुदायमा भयावह तरिकाले फैलिएको […]
२१ जेठ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । त्यसका लागि मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएका छन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले […]
२१ जेठ, काठमाडौं । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरीयता नमिलेकाले बाहिरिएको बताएका छन् । मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरीयता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने । उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालत संवैधानिक इजलासको संरचनामाथि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले पनि प्रश्न उठाएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा रहने न्यायाधीशको रोष्टरमा रहेका १२ न्यायाधीशमध्ये ११ जना संवैधानिक इजलासमा बस्न नमिल्ने भनेर […]
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ । महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् । ३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए । […]
२० जेठ, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सबइन्डेक्सलाई उछिन्यो । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहस चलिरहेको छ । धेरै […]
२१ जेठ, बुटवल । दाङको राजपुर गाउँपालिकामा माछापोखरी बनाउने नाउँमा बालुवा र ढुंगा उत्खनन गरी बिक्री गरेको पाइएको छ । राजपुर गाउँपालिका– २ स्थित शोभा कृषि फार्म प्रालिको नाममा दुईवटा पोखरी खन्दा तोकिएको मात्रा भन्दा ६ हजार घन फिट बढी बालुवा र ढुंगा उत्खनन गरेर बिक्री गरिएको हो । माछा पालनका लागि राजपुर गाउँपालिकाबाट अनुमति […]
२१ जेठ, काठमाडौं । निषेधाज्ञाको समयमा परेकाहरुलाई ठमेलको सातघुम्ती चोकमा मेन्ज फाउन्डेसनले राहत वितरण गरेको छ । शुक्रबार यहाँ दिउँसो १ देखि ४ बजेसम्म राहत वितरण गरिएको थियो । निषेधाज्ञा सुरु भएयता हालसम्म दुई हजार जनालाई राहत वितरण गरिएको मेन्ज फाउन्डेसनका अध्यक्ष मिन्हाज खानले जानकारी दिए । लकडाउनको भोलिपल्टदेखि नियमित रुपमा राहत र खाना वितरण […]
२१, जेठ, काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको समयमा गरिएको सेवा संकुचनलाई निरन्तरता दिएको छ । शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले यसअघि जेठ २१ गतेसम्मका लागि सेवा संकुचन गरिएकामा यसलाई निरन्तरता दिएर जेठ ३१ गतेसम्म पुर्याइएको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञाको आदेश जारी भएपछि सर्वोच्चले आफूले प्रदान गर्ने धेरैजसो सेवा कटौती गरेको छ […]
२१, जेठ, काठमाडौं । धादिङको बेनीघाट रोराङका किसान बुद्धिराम थपलिया मकै र धानमा हाल्ने युरिया मल लिन बुधबार गाउँकै कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था पुगे । कोरोना महामारीको समयमा पनि सहकारीको कार्यालयमा किसानको ठेलमठेल थियो । अलि होलो भएपछि किन्छु भनेर कुरेका थपलिया मल सकिएपछि रित्तै घर फर्किए । ‘युरिया मल पाउन छाडेको […]
२१ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोध्दै चित्त बुझ्दो जवाफ नदिए पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका माधव नेपाल पक्षका शाहलाई बिहीबार लेखिएको ५ बुँदे स्पष्टीकरण पत्रमा ओलीले विभिन्न ८ वटा प्रश्न सोधेका छन् । उनलाई […]
from समाचार – Online Khabar https://ift.tt/3wVE5hi
via IFTTT






















