समाचार
२१ जेठ,ताप्लेजुङ । जिल्लाको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड-१९ को सङ्क्रमणका […]
२१ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई […]
२० जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नहुने छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबारदेखि शुरु भएको भर्चुअल छलफलमा अधिकांश नेताहरुले अहिलेको अलमलमा बस्न नहुने बताएका हुन् । ‘हामीले निरन्तर उठाउँदै आएको कुरा पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा लैजाने हो । त्यसका लागि […]
२० जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मा देखिएको फुटको असर प्रदेश २ सरकारमा देखिएको छ । सत्तारुढ दलमा आएको फुटको फाइदा उठाउन विपक्षी दलहरुले सत्ता सहकार्यको प्रस्ताव अघि सारेका हुन् । जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ । त्यो टुंगो नलाग्दासम्म कानूनी रुपमा […]
२० जेठ, बुटवल । लुम्बिनी प्रदेश सरकारले विनियोजन विधेयक–२०७८ का सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेपछि विपक्षी दलले विरोध जनाएका छन् । विपक्षी दलका सांसदले सरकारको वैधानिकतामा नै प्रश्न उठेकाले प्रिबजेट छलफल आवश्यक नभएको बताए । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले बजेटको प्राथमिकतामा बिहीबार प्रदेशसभामा कोभिड महामारी रोकथाम, नियन्त्रण र उपचार, कोभिड–१९ कारण प्रभावित […]
२० जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा इन्डोनेसियामा अलपत्र परेका छन् । उनले आफूलाई नेपाल आउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह गरेका छन् । उनी अहिले इन्डोनेसियाको आप्रवासनसम्बन्धी कार्यालयको नियन्त्रणमा छन् । १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी इन्डोनेसियाकी युवतीसँग प्रेममा परेर इन्डोनेसिया पुगेका थिए । ९० दिनको पर्यटन […]
२० जेठ, काठमाडौं । कोरोना महामारीबाट ठूलो मानवीय क्षति भइरहेको बेला कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको म्युकर माइकोसिस अर्थात कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । तर परीक्षण […]
२० जेठ, काठमाडौं । बेलायती अखबार ‘दी डेलीमेल’ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेका दावी गरेपछि नयाँ तरंग ल्याएको छ । ट्याबलोइड दैनिकले बिहीबारको अंकमा ‘नेपाली भेरियन्ट’को कोरोनाल बेलायती नागरिकको छुट्टीमा चुनौतीपूर्ण’ भएको कभर स्टोरी छापेको थियो । नेपालमा बी १.६१७ भेरियेन्ट फैलिएको भए पनि वैज्ञानिकहरुले नयाँ भेरियन्ट पत्ता लागाएको समाचारमा दावी गरिएको छ । […]
२० जेठ, काठमाडौं । आगामी असार १ देखि मेलम्चीबाट करिब दुई महिना काठमाडौंमा पानी नआउने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि -प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार असार १ देखि पानी भर्न बन्द गरेपनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि […]
२० जेठ, काठमाडौं । साल्ट ट्रेड्रिङ कर्पोरेसनले खाद्यान्न र खाना पकाउने ग्याँस सस्तो मूल्यमा बिक्री गर्ने भन्दै मूल्यसूची सार्वजनिक गरेको छ । सरकारले निषेधाज्ञाका समयमा सर्वसाधारणलाई २० प्रतिशत छुटमा खाद्यवस्तु उपलब्ध गराउने घोषणा गरेको पाँच दिनपछि साल्ट ट्रेडिङले आफूले बिक्री गर्ने खाद्य सामग्री र मूल्य सार्वजनिक गरेको हो । जस अनुसार बजारमा प्रतिकिलो ९५ रुपैयाँ […]
२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो । जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोनाभाइरस कोभिड–१९ को महामारीका […]
२० जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा नेता खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरे । ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ,’ नेता खनालले भने । भर्चुअल बैठकमा सहभागी […]
२० जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजन गर्न निर्देशन दिएको मन्त्री ढकालको सचिवालयले जनाएको छ । मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी […]
२० जेठ, काठमाडौं । बेल्जियम सरकारले कोरोना भाइरस (कोरोना-१९) संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारलाई १० लाख थान सर्जिकल मास्क र २ हजार थान नजल अक्सिजन क्यानल सहयोग गरेको छ । स्वास्थ्य तथा जनसखंया मन्त्रालयका अनुसार बेल्जियम सरकारले सहयोग स्वरुप सर्जिकल मास्क र नजल अक्सिजन क्यानल उपलब्ध गराएको जनाएको छ ।
२० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कैलालीका २ जना, कञ्चनपुर र बझाङका १/१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट ५१६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३२८ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन […]
२० वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए । मृतकमध्ये सुर्खेतका चारजना, रुकुम पश्चिम र हुम्लाका एक/एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर २९४ जनाको पीसीआर परीक्षण […]
२० जेठ, धनगढी । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञाको अवधि थप गर्ने आदेश जारी गरेका हुन् । निषेधाज्ञा अवधिमा अहिलेको जस्तै अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने स्थानीय प्रशासनले जनाएको छ । बैंक तथा […]
२० जेठ, पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा । पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हीराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही […]
२० जेठ, सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको दबाबपछि प्रदेश सरकार बजेट अधिवेशन बोलाउन तयार भएको छ । सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकमा सहभागी दलका नेताहरुले असार १ गतेभित्र प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने […]
२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो । शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा […]
विघटित संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीभित्रको आन्तरिक किचलो यतिबेला निर्वाचन आयोगमा पुगेको छ । व्यावहारिक रूपमा पार्टी विभाजन भइसकेको छ तर यसको कानूनी निर्क्योल आयोगले गर्नेछ । महन्थ ठाकुर र राजेन्द्र महतोले नेतृत्व गरेको समूह सरकारमा जाने तयारीमा छ भने बाबुराम भट्टराई र उपेन्द्र यादव समूह विपक्षी गठबन्धनमा छ । भट्टराई र उपेन्द्र […]
from समाचार – Online Khabar https://ift.tt/2RiQVaa
via IFTTT






















