समाचार
२२ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताएका छन् । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताएका छन् । ‘..संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन […]
कतिपय साहित्यकार सानै उमेरदेखि अझ भनौं बाल्यकालदेखि नै साहित्यमा लागेका हुन्छन् भने कतिपय आफ्नो सक्रिय जीवनको उत्तराद्र्धमा मात्र कलम चलाएर नामी भएका उदाहरण छन् । कतिपय साहित्यकार यौवनकालमा निकै जोश र जाँगरले लागेर नाम उँचो बन्दै गर्दा साहित्यिक सक्रियताबाट विश्राम लिन्छन् र पुनः उत्तरार्द्धमा साहित्यमा फर्केर शिखरमा पुग्छन् । नेपाली साहित्यको सन्दर्भमा जगदीश घिमिरेले पनि […]
२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट वक्तव्यको भोलिपल्टै सेयर बजारमा हरियाली देखियो । लोकप्रिय बजेट ल्याएको भन्दै बजेटको निजी क्षेत्रले स्वागत र विपक्षीहरुले आलोचना गरिरहेका थिए । सेयर बजारमा भने सकारात्मक असर देखियो । जेठ महिनाको तेस्रो साता लगानीकर्ताहरुका लागि सुखद रह्यो । शनिबार बजेट आयो, त्यसको भोलिपल्ट आइतबार नेप्से […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]
२१ जेठ, पोखरा । शुक्रबार साँझ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति तथा बच्चा वार्ड बाहिर केही मानिस मोबाइल हेरिरहेका थिए । उनीहरुको चर्चाको विषय थियो, काठमाडौंमा को–को मन्त्री, उपप्रधानमन्त्री भए । भित्र वार्डमा भने सन्नाटा थियो । एनसीयू वार्डको एउटा क्याबिनको ढोकाबाट भित्र चिहाइरहेका थिए, जानबहादुर बुढा । भित्र उनका दूधे बच्चा र श्रीमती रहेछन् […]
२२ जेठ, बुटवल । मानवअधिकार तथा शान्ति समाजले ढुंगा गिट्टी निकासी गर्ने निर्णय फिर्ता नगरे सत्याग्रह आन्दोलन गर्ने चेतावनी दिएको छ । विश्व वातावरण दिवसका अवसरमा शनिबार समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय सत्तासँग माटो बेच्ने वातावरणीय प्रतिगमन भएको बताएका छन् । शान्ति समाजले जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स)मा […]
२२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै […]
२२ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो । यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ […]
२१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमिकबाट सरकारले मासिक १ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि काट्ने गर्छ । यस्तो कर रकम भुक्तानीकै बेला तपाईंको आम्दानीबाट कट्टी गरिन्छ । १ प्रतिशत कर कट्टी गरिने आम्दानीको सीमा भने वार्षिक ४ लाख रुपैयाँ (मासिक ३३ हजार ३३३ रुपैयाँ) […]
२२ जेठ, वीरगञ्ज । जागरुक नागरिक समाजले ढुंगा, गिट्टी, र बालुवा निकासी खुल्ला गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । देशका विभिन्न स्थानमा फरक-फरक पेसा व्यवसायमा आवद्ध ३८ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै योजना फिर्ता लिन माग गरेका हुन् । शिक्षाविद डाक्टर हेमराज पन्त, अभियन्ताहरु जगन्नाथ लामिछाने, प्रेम सापकोटा, कञ्चनपुरका वरिष्ठ अधिवक्ता रमेशदेव […]
२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा […]
२२ जेठ, काठमाडौं । समय र परिस्थिति मिल्यो भने प्राय म घुम्न निस्कन्छु । विशेष गरी म चलनचल्तीका भन्दा नचलेका स्थानमा घुम्न जान मन पराउँछु । योपटक मैले गत चैतको अन्तिम सातातिर अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरतर्फ यात्रा गरेँ । अन्नपूर्ण आधारशिवीर नेपालमा मात्र नभएर विश्वर परिचित पदयात्रा गन्तव्य हो । तर हामीले तय गरेको […]
२२ जेठ, बुटवल । सरकारले ढुङ्गा गिट्टी भारत निर्यात गरेर व्यापार घाटा कम गर्ने बजेट वक्तव्यमार्फत सार्वजनिक गरेको नीतिको लुम्बिनी प्रदेशका नागरिक अगुवाहरुले चर्को विरोध गरेका छन् । भारतलाई खुशी बनाउन र उसको आवश्यकता पूरा गरिदिन राष्ट्रकै विरुद्ध नांगो दलाली भएको नागरिक अगुवा बताउँछन् । यो नीतिभित्र स्थानीय तहबीच द्वन्द्व बढाइदिएर संघीयतालाई असफल बनाउने खेल […]
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन आग्रह गरेका छन् । बीबीसीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएको समेत उल्लेख गरेका छन् । ‘म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले […]
२२ जेठ, धनगढी । भारतीय एसएसबीको अवरोधका कारण कञ्चनपुरमा झण्डै डेढ वर्षदेखि हुलाकी सडक निर्माणको काम प्रभावित भएको छ । २०७३ सालदेखि निर्माण कार्य थालिएको पुनर्वास नगरपालिकाको मोहनापुलदेखि वेदकोट नगरपालिकाको दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये बेलौरी क्षेत्रमा भारतीय एसएसबीको अवरोधका कारण काम रोकिएको हो । स्थानीय प्रशासनबाट समस्या समाधानको लागि गरेको पहल सफल नभएपछि प्रधानमन्त्री तथा […]
२२ जेठ, वीरगञ्ज । खपडाले छाएको सानो घर, हेर्दा गाईबस्तु बाँध्ने गोठ जस्तै लाग्छ । तर त्यहाँ भित्र खाँबोमा एक जना पुरुषलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । उनको शरीरमा एकसरो कपडा पनि छैन । यसरी किन बाँधेर राखेको ? परिवारका सदस्य भन्छन्, ‘रहर हैन हाम्रो बाध्यता हो । उनलाई बाँधेर राखेन भने भाग्छन् ।’ […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका […]
२२ जेठ, काठमाडौं । देशभर करीब १३ लाख नागरिक कोरोनाविरुद्धको दोस्रो खोप लगाउने पर्खाइमा छन् । खरीद सम्झौता अनुसारको १० लाख डोज खोप भारतले समयमै उपलब्ध नगराइदिँदा दोस्रो डोज खोप कार्यक्रम प्रभावित भएको सरकारी अधिकारीहरू बताउँछन् । भारतले समयमै खोप उपलब्ध नगराउँदा र सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा खोपको दोस्रो मात्रा लगाउने समय घर्किंदैछ । […]
२२ जेठ, काठमाडौं । नेकपा एमाले यतिबेला फुट न जुटको अवस्थामा छ । एकताको गृहकार्य बनेको कार्यदल निष्क्रिय भएपछि दुई पक्षको बीचमा यतिबेला अनौपचारिक कुराकानी भइरहेका छन् । नेताहरू पार्टी एकता बचाउन सकिन्छ कि भनेर लागिपरेका छन् । यसै सम्बन्धमा माधव–झलनाथ समूहमा रहेका नेता युवराज ज्ञवालीसँग कमलदेव भट्टराईले एकताको लागि भइरहेका प्रयास र भावी योजनाको […]
२२ जेठ, काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए । उनले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित […]
from समाचार – Online Khabar https://ift.tt/3uOuWWx
via IFTTT






















