Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र […]

पत्रकारलाई निःशुल्क उपचार, कसरी हुन्छ कार्यान्वयन ?

२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थमन्त्रालयका […]

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

२१ जेठ, काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले […]

कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन

२१ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. […]

कञ्चनपुरमा लागुऔषधसहति युवक पक्राउ

२१ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी) अमरबहादुर थापाले चन्दको साथबाट ०.३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

२१ जेठ, काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं‌ नेपाल पत्रकार महासंघका पूर्व […]

कोरोनाबाट धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको […]

नेप्से सबइन्डेक्स : बैंकिङलाई कसरी उछिन्यो फाइनान्सले ?

२० जेठ, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सबइन्डेक्सलाई उछिन्यो । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहस चलिरहेको छ । धेरै […]

सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक बस्दै

२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । […]

सांसदको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु, चालक भागे

२१ जेठ, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । कांग्रेस प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा पैदलयात्रीलाई ठक्कर दिएको थियो […]

तेस्रोपटक प्लास्टिकको झोला नियन्त्रणको घोषणा, विकल्प नदिई सम्भव होला ?

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा आगामी साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने घाषणा गरेको छ । संघीय सरकारले गरेको यो घोषणा तेस्रोपटकको हो । यसअघि दुई पटक नै गरिएका घोषणाहरु कागजमा सीमित भएका थिए । संघीय सरकारकै […]

माधव निकट चार नेताको पत्र : कार्यदलको औचित्य छैन, वार्ता बन्द गरौं

२१ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता  माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् । बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् । ‘…वार्ता […]

अस्पतालले घर पठाएका कोरोना संक्रमितको बाटैमा मृत्यु

२१ जेठ, ओखलढुंगा । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ […]

घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

२१ जेठ,ताप्लेजुङ । जिल्लाको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड-१९ को सङ्क्रमणका […]

उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा बिहान […]

निषेधाज्ञामा सरकारको छुट : चामल किन्न थापाथली, नुन–तेल किन्न टेकु !

२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत निषेधाज्ञामा उपभोक्ताका लागि घोषणा गरेको सहुलियत भण्डै एक सातापछि प्रारम्भिक रुपमा कार्यान्वयनमा आएको छ । निषेधाज्ञा अवधिभर उपभोक्तलाई दुई सरकारी लगानीका कम्पनीमार्फत २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्ने अर्थमन्त्रीको घोषणा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले कार्यन्वयन सुरु गरेका हुन् । तर समस्या के छ भने निषेधाज्ञाको […]

चाइनिज ताइपेईविरुद्ध नेपालको दोस्रो जित

२१ जेठ, काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई […]

‘अलमलमा नबसौं, सहमतिका लागि डेडलाइन तोकौं’

२० जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति हुने नहुने छिनोफानो गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबारदेखि शुरु भएको भर्चुअल छलफलमा अधिकांश नेताहरुले अहिलेको अलमलमा बस्न नहुने बताएका हुन् । ‘हामीले निरन्तर उठाउँदै आएको कुरा पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा लैजाने हो । त्यसका लागि […]

नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा

२० जेठ, काठमाडौं । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख गरेको छ, जसमध्ये १ करोड ९० लाख डोज खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहितका मुलुकले प्राप्त गर्नेछन् […]

अस्वाभाविक अवस्थाको स्वाभाविक ध्रुवीकरणमा न्यायपालिका

राजनीतिक, आर्थिक वा सामाजिक जुनसुकै कारणले होस् जब समाज तीव्र ध्रुवीकरणको चपेटाबाट गुज्रन्छ तब समाजका हरेक सदस्यलाई टाउको लुकाउन भए पनि एउटा ध्रुवमा उभिनुपर्ने बाध्यता आइपर्छ । तीव्र ध्रुवीकृत समाजको यो अनिवार्य चरित्र नै हो । यस्तो ध्रुवीकरणको चपेटामा कोही कसैको अभिमत, सुझाव वा टिप्पणी स्वतन्त्र मानिंदैनन् र हरेक व्यक्ति एउटा  ध्रुवको छहारी खोज्न बाध्य […]



from समाचार – Online Khabar https://ift.tt/3prErda
via IFTTT
Powered by Blogger.