समाचार
२१ जेठ, रौतहट। कोरोना संक्रमणबाट रौतहटको गरुडा नगरपालिकाका दुई वडा अध्यक्षको ज्यान गएको छ । रौतहटको गरुडा नगरपालिका वडा -२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो । उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए । यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का […]
२१ जेठ, काठमाडौं । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई बधाई दिएका छन। सामाजिक संजाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन्। अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । नेपालले […]
२१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन बिगार्ने तथा तराई÷मधेश र भित्री मधेशलाई मरुभूमिकरण गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जजाल ट्वीटमार्फत थापाले खानीजजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका, भ्रम र चिन्ता पैदा भएको उल्लेख गरेका […]
२१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामन्ती राज्य व्यवस्थाविरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि अहिले गुम्दै जाने खत्तरा पैदा भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिदै प्रचण्डले अग्रगामी शक्तिहरुको बीचमा एकतावद्ध पहलकदमीको आवश्यतामा जोड दिएका छन । ‘जातीय छुवाछुत, भेदभाव, हिंसा सम्बन्धी संविधान र […]
२१ जेठ, काठमाडौं । सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९३ हजार चार सय रुपैयाँमा आइपुगेको हो। अन्तर्राष्ट्रिय मूल्यमा आएको उतार चढाबका कारण सुनको भाउ ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको […]
२१ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा भूमाफियाको योजनामा जग्गाको खण्डीकरणका लागि स्वीकृति दिने चलखेल भएको भन्दै विरोध सुरु भएको छ । प्लटिङ कारोबारीको योजना अनुसार १३१ कित्ताकाटको स्वीकृति दिने चलखेल भएको भन्दै कांग्रेस, एमालेका अलावा मेयर ठाकुर ढकालको पार्टी माओवादी केन्द्रले समेत सचेत गराएका छन् । यद्यपि मेयर ढकालले आफू अध्यक्ष रहेको निर्देशक समितिमा […]
२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र […]
२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]
२१ जेठ, काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलिमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलिमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् । यी दुवैको उत्पत्ति नेपालमा नभएको र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले […]
२१ जेठ, काठमाडौं । कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. […]
२१ जेठ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-१८ सिद्धनाथ विज्ञान क्याम्पस नजिकैबाट २७ वर्षीय सुरेन्द्र चन्दलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनुपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक -डीएसपी) अमरबहादुर थापाले चन्दको साथबाट ०.३६ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।
२१ जेठ, काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं नेपाल पत्रकार महासंघका पूर्व […]
२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको […]
२० जेठ, काठमाडौं । सेयर बजारमा फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सबइन्डेक्सलाई उछिन्यो । नेप्सेमा कारोबार हुने बैंकिङ सबइन्डेक्सलाई फाइनान्स सबइन्डेक्सले उछिनेको यो पहिलो पटक हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पुँजी बजार फोरमका सभापति समेत रहेका सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमा यसबारे लेखेपछि अहिले बहस चलिरहेको छ । धेरै […]
२१ जेठ, काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक बस्दै छ । कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे छलफल गर्न शुक्रबार बैठक बोलाइएको हो । कोरोनाभाइरसको असरका कारण सेवा प्रवाहमा गरिएको संकुचन र विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेर बैठक बस्न लागेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । […]
२१ जेठ, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । कांग्रेस प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले बिहीबार राति करिब साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडमा पैदलयात्रीलाई ठक्कर दिएको थियो […]
२१ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा आगामी साउन १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लगाउने घाषणा गरेको छ । संघीय सरकारले गरेको यो घोषणा तेस्रोपटकको हो । यसअघि दुई पटक नै गरिएका घोषणाहरु कागजमा सीमित भएका थिए । संघीय सरकारकै […]
२१ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट चार नेताले अध्यक्ष केपी शर्मा ओली पक्षसँग भइरहेको वार्ता रोक्न माग गरेका छन् । बरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाललाई सम्बोधन गर्दै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको निष्कर्ष निकालेका हुन् । ‘…वार्ता […]
२१ जेठ, ओखलढुंगा । अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका -३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर फर्किँदा बाटैमा मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ […]
from समाचार – Online Khabar https://ift.tt/3pgVX3G
via IFTTT






















