Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राष्ट्रिय सभाको आठौं अधिवेशन आज, अपराह्न चार बजे बैठक

१७ असार, काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबारबाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अपराह्न चार बजे अधिवेशन आहृवान गरेकी हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले यस बर्खे अधिवेशनको पहिलो दिन बैठकमा पेश हुने […]

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता पछि सर्‍यो

१७ असार, काठमाडौं । आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो । अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द […]

भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा

१७ असार, काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए […]

कैलालीको प्रहरी प्रमुखमा एसपी अधिकारी

१७ असार, धनगढी । कैलालीमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) अनुपम शम्शेर जबराको सरुवा भएपछि उनको ठाउँमा एसपी विश्व अधिकारी आएका छन् । प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएका अधिकारीले बुधबार कैलाली पुगेर कमाण्ड सम्हालेका छन् । अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम […]

महाकाली नदीमा पुरुषको शव भेटियो

१७ असार, धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए । बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महाकाली […]

तनहुँको छाब्दी दोभानको पक्की पुल बाढीले बगायो

१७ असार, तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका […]

कांग्रेस शीर्ष नेताको बैठक बस्दै

१७ असार, काठमाडौं । आज नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउका हुन् । बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य […]

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस मनाउँदै

१७ असार, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले क्षुद्रग्रह दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । विश्वका विभिन्न देशमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो । सन् २०१६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यो दिवसलाई मान्यता दिएपछि भने सन् २०१७ देखि धेरै देशले मनाउन थालेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । सोसाइटीले सन् […]

म्याग्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ असार, म्याग्दी । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ मिठौलामा बुधबार राति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सिमलचौरदेखि पूर्णगाउँतर्फ जाँदै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तीबाट खस्दा मङ्गला–१ पूर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार […]

पृथ्वी राजमार्ग पनि ठाउँठाउँमा अवरुद्ध

१७ असार, तनहुँ । अविरल वर्षापछि गएको पहिरोले पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करीब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास […]

दुई महीनापछि आजदेखि आन्तरिक उडान नियमित हुँदै

१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध   

१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो […]

भारी वर्षा शनिबारसम्मै कायम रहने

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]

बालुवाटार निर्णय : नाम फेरियो, संरचना कायमै

१६ असार, काठमाडौं । पार्टी एकताको प्रयास जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेका छन् । अब १८ असारमा केन्द्रीय कमिटीको बैठक बस्ने जानकारी दिइएको छ । बालुवाटारमा बसेको यो बैठकमा अध्यक्ष ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अस्तित्व नरहेपछि यसले गरेका कारबाही पनि स्वतः निष्प्रभावी […]

कांग्रेसको १४ औं महाधिवेशन र भावी नेतृत्व

नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर सरगर्मी बढेको छ । कोठे बैठक भएका छन् । डिनर र लन्च पार्टी चलेका छन् । नेताहरूको घरमा भीड जुटेका छन् । जित र हारका हिसाबकिताब खुलेका छन् । ‘भर्चुअल प्रविधि’ जुमबाट मतदातासँग जोडिने र विचार प्रवाहलाई अगाडि बढाउने ऊर्जावानदेखि अल्छी सबै थरीका कांग्रेसजन क्रियाशील छन् । कांग्रेसको क्रियाशील सदस्यदेखि […]

असारभित्रै आउनु भनेपछि बैंकका कर्मचारी सडकमा

१६ असार, काठमाडौं । सामाजिक सुरक्षा कोषले असारभित्रै आवद्ध हुन दबाब दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आन्दोलन चर्काएका छन् । आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानर टाँगेर विरोध जनाएका छन् । सिद्धार्थ बैंकमा कार्यरत विशाल खतिवडाले बैंकका कर्मचारी सामाजिक […]

सरकारले खारेजीबाट जोगायो ७०० भन्दा बढी म्यानपावर कम्पनी

१६ असार, काठमाडौं । सरकारले महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ । असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा १००/१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु […]

देउवाले बोलाए पदाधिकारी बैठक, पौडेल समूह आन्तरिक छलफलमा

१६ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको […]

प्रधानमन्त्रीका वकिलको तर्क : संविधानको धारा ७६(२) र ७६(५) एउटै हो

१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यावसायीले संविधानमा रहेको सरकार गठनसम्बन्धी धारा ७६(२) र ७६(५) को आशय एउटै भएको दावी गरेका छन् । बुधबार सर्वोच्च अदालत संवैधानिक इजालसमा प्रतिनिधिसभा विघटनविद्धरुको रिटमाथि बहस गर्दै उनीहरुले दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने धारा ७६ (२) को व्यवस्था र कुनै […]

घरेलु हिंसाको उजुरी बढ्यो

१६ असार, काठमाडौं । यो वर्ष नेपालमा घरेलु हिंसामा पर्नेको संख्या बढेको छ । नेपालका विभिन्न प्रहरी कार्यलयमा दर्ता भएको उजुरीको संख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको हो । गत आर्थिक वर्षमा ११ हजार ७३८ वटा घरेलु हिंसाका घटना दर्ता भएको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ हजार ८६३ वटा घटना दर्ता […]

‘फ्रन्टलाइनर’को चित्र मेटाएको महानगरले लाखौं खर्चेर अर्को चित्र बनाउने

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो […]



from समाचार – Online Khabar https://ift.tt/3jvsz8R
via IFTTT
Powered by Blogger.