समाचार
१७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेन […]
१७ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । प्रदेश १, २, बागमती र गण्डकीमा बुधबार रातिदेखि वर्षा सुरु भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ । मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका […]
१६ असार, काठमाडौं । सामाजिक सुरक्षा कोषले असारभित्रै आवद्ध हुन दबाब दिएपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आन्दोलन चर्काएका छन् । आफूहरुको खाईपाई आएको सुविधा घट्ने गरी जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानर टाँगेर विरोध जनाएका छन् । सिद्धार्थ बैंकमा कार्यरत विशाल खतिवडाले बैंकका कर्मचारी सामाजिक […]
१६ असार, काठमाडौं । सरकारले महामारीका कारण तोकिएको संख्यामा श्रमिक पठाउन नसकेका ७०० भन्दा बढी म्यानपावर कम्पनी खारेज हुनबाट जोगाएको छ । असार १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चालु आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कम्तीमा १००/१०० जना श्रमिक नपठाएका म्यानपावर कम्पनी नवीकरण गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार चालु […]
१६ असार, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो बस्ने गरी शीर्ष नेतासहित पदाधिकारी बैठक बोलाएका हुन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनका बारेमा छलफल गर्न बैठक बोलाइएको […]
१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यावसायीले संविधानमा रहेको सरकार गठनसम्बन्धी धारा ७६(२) र ७६(५) को आशय एउटै भएको दावी गरेका छन् । बुधबार सर्वोच्च अदालत संवैधानिक इजालसमा प्रतिनिधिसभा विघटनविद्धरुको रिटमाथि बहस गर्दै उनीहरुले दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने धारा ७६ (२) को व्यवस्था र कुनै […]
१६ असार, काठमाडौं । यो वर्ष नेपालमा घरेलु हिंसामा पर्नेको संख्या बढेको छ । नेपालका विभिन्न प्रहरी कार्यलयमा दर्ता भएको उजुरीको संख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको हो । गत आर्थिक वर्षमा ११ हजार ७३८ वटा घरेलु हिंसाका घटना दर्ता भएको थियो भने चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ११ हजार ८६३ वटा घटना दर्ता […]
१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र बुधबार काठमाडौं महानगरपालिकाले मेटिदियो । मेयर विद्यासुन्दर शाक्यकै निर्देशनमा यो चित्र मेटेको महानगरपालिकाले अब आफ्नै बजेट खर्चेर अर्को चित्र बनाउने भएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवकले ६ दिन लगाएर गत जेठ ३० मा निर्माण सकेको यो […]
चिनियाँ कम्युनिष्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको सय वर्ष पूरा गर्दैछ । थुप्रै प्रतिकूलताका बावजुद चीन ‘कम्युनिष्ट पार्टी र विचारधारा’को मार्गनिर्देशनमा वैश्विक नेतृत्व दाबी गर्न सक्ने ठाउँमा पुगेको छ । संसारका दुई विशाल जनसंख्या भएका देशहरूको बीचमा रहेको रणनीतिक अवस्थितिका कारण नेपाल छिमेकका सन्दर्भहरूबाट प्रभावित नभई रहन सक्दैन । त्यसो त, भूमण्डलीकरणले नजिक र टाढाको विषयलाई […]
१६ असार, वीरगञ्ज । मंगलबार स्वास्थ्य कार्यालय पर्सामा ‘राष्ट्रिय किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जिल्ला स्तरीय सरोकारवाला अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरिएको थियो । सवा ११ बजेदेखि कार्यक्रम शुरु भयो । कार्यक्रम अधिकृत मीरा यादव अनुपस्थित भएपछि स्वास्थ्य कार्यालयकै पशुपति यादवले सहजीकरण गरे । यो कार्यक्रम सकिएलगत्तै हलमा अर्को ब्यानर टाँगियो । न आयोजक फेरिए, […]
१६ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे । विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला […]
१५ असार, काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाको कार्यालय उद्घाटन भएपछि राम्दीपुलभन्दा तलका तटीय क्षेत्र तरङ्गित भएको छ । राम्दीदेखि देवघाटसम्मको करिब १०३ किलोमिटर तटीय क्षेत्रका वासिन्दा र स्थानीय तह परियोजनाको विपक्षमा उभिएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका, पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, तनहुँको घिरिङ गाउँपालिका, देवघाट गाउँपालिका, नवलपरासीको बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिका र […]
१६ असार, पर्सा । कुनै समय कृषि औजार उत्पादन गरेर भारतलाई बेच्ने नेपालको एकमात्र कृषि औजार कारखाना खण्डहर बनेको छ । निजी क्षेत्रलाई प्रवर्द्धन गर्न भन्दै नेपाल सरकारले झण्डै दुई दशकअघि वीरगञ्जस्थित कारखाना बन्द गरेको थियो । यो कारखाना सन्चालन हुँदा नेपालमा उत्पादन भएका कृषिका केही औजारहरु भारतमा समेत निर्यात हुने गरेको त्यहाँ काम गरेका […]
१६ असार, पोखरा । गण्डकी प्रदेश सरकारले पत्रकारलाई आगामी आर्थिक वर्षका लागि दुई करोड रुपैयाँभन्दा बढी बजेटको व्यवस्था गरेको बताएको छ । कांग्रेस निकट प्रेस युनियन कास्कीसँगको भेटमा सामाजिक विकासमन्त्री तथा प्रवक्ता कुमार खड्काले पत्रकारका लागि उक्त रकम छुट्याएको बताएका हुन् । प्रवक्ता खड्काले आफ्नो सरकारले पत्रकारका लागि ‘नयाँ कार्यक्रम’ ल्याएको भन्दै उक्त रकम छुट्याएको […]
१६ असार, काठमाडौं । नवलपरासीमा नेपाल विश्वविद्यालय स्थापनाको तयारीमा जुटेका प्राज्ञिक व्यक्तिहरुले सरकारी नियुक्ति पाएका छन् । जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ । त्यस्तै सदस्यहरुमा डा. अमिना सिंह, डा. असीम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विरेश शाह, डा. दोभान राई, डा. संगीता […]
१६ असार, जनकपुरधाम । महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिका निर्माण हुने भएको छ । प्रदेश २ सरकारको लगानीमा निर्माण हुने रामजानकी बाटिकामा नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पूर्ण कदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा, राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमालको प्रतीकात्मक स्वरूप निर्माण गरिनेछ । […]
१६ असार, वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित एकजनालाई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कुम्हाल रहेका छन् । प्रकाउ परेका उनको साथबाट प्रहरीले ५ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ । उनीमाथि पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई लागु औषध खैरो […]
१६ असार, सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप अभियोग लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले राउटे युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका गुर्भाकोट नगरपालिका–९ का दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार […]
१६ असार, वीरगञ्ज । गएरातिको भारी वर्षाले पर्साका विभिन्न स्थान डुबानमा परेका छन् । वर्षाको पानीको निकास नहुँदा जिल्लाका विभिन्न स्थानमा घरखेत डुबानमा पर्नुका साथै नदीले जमिन कटान समेत गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–१ पिपरामा स्थानीयवासीका दर्जनौं घर डुबानमा परेका छन् । वर्षाका कारण लाटेगाँडा खोलामा आएको बाढी गाउँमा पस्दा स्थानीय राजकुमार दास, किसुन […]
१६ असार, जनकपुरधाम । विपक्षी पाँच दलका विद्यार्थी संगठनका नेता-कार्यकर्ताद्वारा बुधबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । प्रतिनिधी सभा बिघटन गरेर देशलाई बर्बाद गर्न लागेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबिरुद्व प्रदर्शन गर्दै उनीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नेपाली कांग्रेस निकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी संघ […]
from समाचार – Online Khabar https://ift.tt/3hdFpax
via IFTTT






















