Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संविधान, कानुन र स्वास्थ्य प्रोटोकलभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने उद्देश्य छैन : गृह मन्त्रालय

१४ असोज, काठमाडौं । सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकल […]

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा. ढकाल

१४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद वैठकले डा. इन्ऽ ढकाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको हो । डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले […]

गृहमन्त्री भेट्न सिंहदरबार धाइरहेका राजकुमार शहनी (भिडियो)

१४ असोज, काठमाडौं । हरेक दिन बिहान १० बजे सिंहदरबार पुग्नु र अपरान्ह कर्मचारीहरु सँगसँगै फर्किनु राजकुमार सहनीको दैनिकी बनिसकेको छ । आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि सहयोगको अपेक्षा उनी एक महिनादेखि गृह मन्त्रालय धाइरहेका छन् । तर औरही गाउँपालिका–२, चक्करका सहनीले अहिलेसम्म गहमन्त्री बालकृष्ण खाणलाई भेट्न पाएका छैनन् । उनी हरेक दिन […]

कुमार पौडेल इन्काउन्टर प्रकरण : दुर्गादेवीको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

१४ साउन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो । कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना […]

भक्कानिँदै प्रचण्डले भने- आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका छन् । यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा […]

कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

१४ असोज, काठमाडौं । कोरोना संक्रमित भएका नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । खड्कालाई कोभिड निमोनिया भएर सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको छ । प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. प्रवीण नेपालका अनुसार खड्काको स्वास्थ्यमा सुधार भइरहेको छ । ‘उहाँलाई कोभिड निमोनिया भएको छ, स्वास्थ्य सुधारोन्मुख र स्थिर छ,’ उनले […]

पोल भाडा बढेपछि केवल टेलिभिजनहरू आन्दोलनको तयारीमा

१४ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तोकेको पोल भाडाले मार परेको भन्दै केबल टेलिभिजन व्यवसायी पनि आन्दोलनमा तयारी गरेका छन् । काठमाडौंमा बुधबार भएको केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलाले ‘काठमाण्डौ घोषणा पत्र-२०७८ जारी गर्दै प्राधिकरणाको निर्णयको प्रतिवाद गर्ने उद्घोष गरेको हो। सम्मेलनले राज्यले अंगिकार गरेको नीतिका कारण व्यवसाय नै बन्द हुने अवस्था आएको ठहर […]

दशैंअघि गरिब परिवारलाई १० हजार अनुदान दिन कठिन

१४ असोज, काठमाडौं । सरकारले बजेटमार्फत ल्याएको गरिब घर–परिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम दशैं अगाडि लक्षित वर्गसम्म पुग्ने सम्भावना न्यून बनेको छ । अर्थ मन्त्रालयले अनुदान वितरणसम्बन्धी कार्यविधि तयार पारेपनि यो कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएको छैन । कार्यविधि  तयार गरेर कार्यान्वयन शुरु भएपछि पनि प्रक्रिया पूरा गर्दा दशैं अगाडि लक्षित वर्गसम्म अनुदान रकम […]

एमालेको विधान महाधिवेशनका लागि तयार भयो गोदावरीको सम्मेलन केन्द्र (फोटो फिचर)

१४ असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा तयारी पूरा भएको छ । शुक्रबारदेखि हुने विधान महाधिवेशनका लागि गोदावरी सम्मेलन केन्द्रलाई सिँगारिएको छ । शुक्रबार दिउँसो सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलन केन्द्रको हलमा प्रतिनिधिहरुको सिट […]

झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

१४ असोज, झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकी विर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दैगर्दा हात्तीले सूँढले च्याप्दा लतुमाईको मृत्यु भएको […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : जनवरीदेखि आन्तरिक उडान थाल्ने तयारी

१४ असोज, पोखरा । पोखरा क्षेत्रीय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । विमानस्थल स्थानान्तरण तथा सञ्चालन तयारी गर्न गठित कार्यदलले नागरिक उड्ड्यन प्राधिकरणलाई जनवरी १ देखि नै उडान खुला गर्न सिफारिस गरेको कार्यदलका संयोजक विक्रम गौतमले जानकारी दिए । शुरुमा आन्तरिक उडानमात्रै शुरु गर्ने र वैशाखपछि मात्रै अन्तर्राष्ट्रिय उडान […]

सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

१४ असोज, काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रा. सिग्देललाई बढुवा गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले विभिन्न मन्त्रालय मातहतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।  

पोखरीमा डुबेर बारामा बालिकाको मृत्यु

१३ असोज, वीरगञ्ज । बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–१ ढाटटोलका जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारीको मृत्यु पोखरीमा डुबेर मृत्यु भएको हो । बुधबार साँझ साढे ५ बजेतिर आमा र अन्य महिलाको समूह जितिया पर्वमा नुहाउनका लागि स्थानीय हेमचन्द्र कलवारको पोखरीमा पसेका थिए । सोही क्रममा सुमन […]

उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ : प्रचण्ड

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए । अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए । […]

कौसी खेतीका लागि अनुदानमा सामग्री प्रदान

१४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ‘कौसी खेती प्रवर्द्धन’का लागि शतप्रतिशत अनुदानमा आवश्यक सामग्री प्रदान गरेको छ । शहरी वडामा कौसी खेती प्रविधि नमुना प्रदर्शनीका लागि सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । कार्यक्रमका लागि महानगरले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही रकमबाट विभिन्न सामग्री खरिद गरेर वितरण गरेको कृषि तथा पशुपंक्षी […]

बीआरआईभित्र लुकेको वित्तीय पासो : चिनियाँ ऋणको भारले थला पर्दै कैयौं मुलुक

१४ असोज, काठमाडौं । चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरू अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् । हालै गरिएको एक अनुसन्धानले बीआरआईका कारण कैयौं मुलुकहरू झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ । उक्त अनुसन्धानले केही […]

देशभर थपिए १,०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५५५ नमुनाको पीसीआर परीक्षणमा ८९८ र ३ हजार २१० नमुनाको एन्टिजेन परीक्षण गर्दा १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको […]

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ । ् पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी […]

बनेपाका अधिकांश पशु बधशाला विनादर्ता सञ्चालित

१४ असोज, बनेपा । काभ्रेको बनेपा बजारमा सञ्चालित अधिकांश  पशु बधशाला दर्ताविना नै सञ्चालन भएको पाइएको छ । जिल्ला बजार अनुगमन समिति, काभ्रेले बुधबार गरेको बजार अनुगमनका क्रममा विनादर्ता बधशाला सञ्चालन गरेको पाइएको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो । अनुगमन टोलीले पशु […]

बुद्ध एयर प्रकरण : विमान नियमित उडानमा, तर पाइलटलाई प्रतिबन्ध

१४ असोज, काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज […]

एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी

१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ । प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ […]



from समाचार – Online Khabar https://ift.tt/3CZOpYD
via IFTTT
Powered by Blogger.