Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

श्रमजीविलाई सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न […]

कांग्रेस र मजदुर एकअर्काका अनन्य सहयोगी : देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् । उनले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो […]

बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

१८ वैशाख, काठमाडौं । बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि  एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो । बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ […]

विराटनगरका निजी अस्पतालले फनफनी घुमाए, धरान पुग्दा मृत्यु भयो

१८ वैशाख, विराटनगर । ज्वरो देखिएको भन्दै विराटनगरका एकसेएक निजी अस्पतालले भर्ना लिन नमानेर फनफनी घुमाएका एक विरामीको धरानमा उपचारका क्रममा निधन भएको छ । देवानगञ्ज-१, सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृगौला र लिभरमा समस्या देखिएपछि कोशी अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान रिफर गरेको थियो । विरामीका परिवारले बुधबार राति र बिहीबार विहानभर विराटनगरका एकपछि […]

धार्चुलाबाट उद्धार गरिएका नेपाली भन्छन् : जेलमुक्त भए झैं लागेको छ

१७ वैशाख, कैलाली । दार्चुलास्थित मार्मा गाउँपालिका–५ का ४२ वर्षीय दीपेन्द्र सिंहलाई भारतीय भूमिमा ३३ दिन लामो क्वारेन्टाइन बसाइँ निकै कष्टकर लाग्यो । भारतमा मजदुरी गर्न गएका सिंह चैत १३ गते धार्चुला आइपुगेका थिए । तर, त्यतिबेलासम्म नेपाल भारत सीमा नाकामा आवतजावत बन्द भइसकेको थियो । त्यसैले उनी मात्र होइन, ठूलो संख्यामा नेपालीहरू भारतको बालुवाकोटमा […]

बिजुली खेर जान थाल्यो, डलरले थप्यो चुनौती

१८ वैशाख, काठमाडौं । गत वर्षसम्म जाडो मौसमपछि नदीमा पानी बढ्दा विद्युत प्राधिकरणका अधिकारीहरूको तनाव आधा घट्थ्यो । यो वर्ष भने नदीमा बढेको पानीसँगै उनीहरूको चिन्ता थपिँदैछ । प्राधिकरणलाई विद्युत उत्पादन बढ्दा चिन्ता लिनुपर्ने कारण हो, लकडाउनका कारण खपत व्यवस्थापनमा बढेको चुनौती । देशभित्रका आयोजनाहरूबाट उत्पादन बढेअनुरुप खपत हुन नसकेपछि विद्युत खेर जान थालेको छ […]

अब सरकारको काम गरे मात्र पाइन्छ राहत

१८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् । दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय […]

लकडाउन मोडलबारे फेरि अलमल, कोरोना परीक्षण किटकै अभाव

१८ वैशाख, काठमाडौं । जनस्वास्थ्यका विज्ञहरु लकडाउनलाई कोरोना भाइरस (कोभिड–१९)महामारीविरुद्ध लड्ने तयारी गर्न ‘किनेको समय’को रुपमा लिन्छन् । ११ चैतदेखि लडाउनमा रहेको नेपालले पनि पछिल्लो पटक १० दिन किनेको थियो । र, २५ वैशाखपछि लकडाउन केही खुकुलो बनाउने तयारी छ । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, कोभिड–१९ सम्बन्धी […]

उदयपुर घर भएकै कारण अस्पतालबाट निकालिइन् गर्भवती

१८ वैशाख, विराटनगर । सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ । मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई बुधबार बिहान अप्रेसन थिएटरबाट कलेजले निकालेको हो । शल्यक्रियाबाट बच्चा जन्माउनसबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका […]

सम्पत्ति शुद्धीकरण विभागबाट छुटे अग्रवाल

१८ वैशाख, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि […]

अछाममा आइसोलेसन वार्डमा उपचाररत महिलाको मृत्यु

१८ वैशाख, कैलाली । जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ । कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी ५१ बर्षकी देबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो । मंगलसेन नगरपालिका ५ कि ती महिलालाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट […]

‘मन बलियो बनाए कोरोनाले केही गर्न सक्दैन’

१८ वैशाख, काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो । समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा […]

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

१८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले […]

प्युठानका ९३ जनालाई काठमाडौं र बुटवलबाट उद्धार

१८ वैशाख, प्युठान । नेपाली कांग्रेस प्युठानले कोरोना भाइरस (कोभिड–१९) महामारीको प्रसार रोक्न गरेको लकडाउनका कारण विपद्मा परेका मजदुर तथा विद्यार्थीहरूलाई उद्धार गरेको छ । समस्यामा परेका जिल्लावासीलाई यथासक्य सहयोग र उद्धार गर्ने नीति अनुरुप काठमाडौंमा समस्यमा परेकाहरुलाई उद्दार गरिएको प्युठान काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि प्रमोद पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार अहिलेसम्म […]

विपद्को प्रमुख को ? गृहमन्त्री वा अरु ?

१८ वैशाख, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बिहीबार कोरोनासम्बन्धी छलफलको आयोजना गर्‍यो । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरण गर्ने प्रयासमा सरकारले चालेका कदमहरु कानुनसम्मत छन् कि छैनन् भनेर समितिले अध्ययन गरिरहेको छ । यही सन्दर्भमा समितिले विज्ञ र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्दै आएको छ । बिहीबारको छलफलमा कांग्रेस सांसद डा. मिनेन्द्र रिजालसहित नेपाल कानुन […]

माडी नगरपालिकाले बाँड्यो २५ सय परिवारलाई राहत

१८ वैशाख, माडी (चितवन) । चितवनको माडी नगरपालिकाले चरणबद्ध रुपमा कूल २५ सय घरपरिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरूलाई लक्षित गरी राहत वितरण कार्यलाई पनि तीन चरण गरी वितरण गरिएको हो । तेस्रो चरणसम्ममा करिब २५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराइएको विपद् राहत व्यवस्थापन समितिका संयोजक भागीरथ बस्यालले जानकारी […]

महोत्तरीमा रहस्यमय मृत्यु प्रकरण : मर्नेको संख्या ६ पुग्यो

१८ वैशाख, काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ । बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अनलाइनखबरलाई जानकारी दिए । महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीका अनुसार बिहीबार स्थानीय  ४२ वर्षीय सिकेन्द्र सिंह र […]

गोरखामा चितुवाका दुई डमरुको उद्धार

१६ वैशााख, गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ रातडाँडामा भेटिएको दुई वटा डमरु (चितुवाको बच्चा) को उद्धार गरिएको छ । करिव दुई महिनाका ती डमरुलाई डिभिजन वन कार्यालयले बिहीबार उद्धार गरेको हो । ‘बारीमा जाने क्रममा रातडाँडाको ढड्यानमा चितुवा कराएको जस्तो आवाज सुनेपछि एक स्थानीयले गाउँलेलाई खवर गरेछन्,’ डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले भने, ‘सबै मिलेर […]

वीरगञ्जमा राहत बाँड्न ल्याएको गुणस्तरहीन चामलबारे छानबिन

१८ वैशाख, वीरगञ्ज । वीरगञ्जमा राहत बाँड्न ल्याएको चामल गुणस्तरहीन भेटिएको बारे छानबिन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा सरोकारवाला निकायले छानबिन सुरु गरेका हुन् । बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले चामल राखिएको वडा नं १४ को कार्यालय र उद्योगको गोदामको स्थलगत निरीक्षण गरेको छ । टोलीले चामलको […]

श्रमिकलाई वैशाख महिनाको पूरै तलब दिनुपर्ने, ५० प्रतिशत तुरुन्तै

१८ वैशाख, काठमाडौं । औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले वैशाख महिनाको पनि तलब पूरै पाउने भएका छन् । सरकारले गरेको निर्णयअनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा तलबको ५० प्रतिशत रकम तत्कालै दिनुपर्ने भएको हो । बाँकी ५० प्रतिशत तलबको रकम लकडाउन खुलेर स्थिति सहज भएपछि क्रमशः भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने निर्णय सरकारले गरेको छ । […]



from समाचार – Online Khabar https://ift.tt/3aQaNW4
via IFTTT
Powered by Blogger.