समाचार
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् । फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, […]
१९ वैशाख, काठमाडौं । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले श्रमिकका समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरेको छ । श्रमिक दिवसको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै टुकोनले कोरोनाको बहानामा धेरै उद्योग, प्रतिष्ठानहरु, होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रका श्रमिकहरुलाई रोजगारीबाट निकालिएको भन्दै टुकोनले लकडाउन अवधिको पारिश्रमिक दिलाइदिन आग्रह गरेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार, व्यवसायी […]
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका […]
१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न […]
१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् । उनले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो […]
१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]
१८ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय […]
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् । के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त ? […]
१८ वैशाख, काठमाडौं । जनस्वास्थ्यका विज्ञहरु लकडाउनलाई कोरोना भाइरस (कोभिड–१९)महामारीविरुद्ध लड्ने तयारी गर्न ‘किनेको समय’को रुपमा लिन्छन् । ११ चैतदेखि लडाउनमा रहेको नेपालले पनि पछिल्लो पटक १० दिन किनेको थियो । र, २५ वैशाखपछि लकडाउन केही खुकुलो बनाउने तयारी छ । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, कोभिड–१९ सम्बन्धी […]
१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् । पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके । के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार […]
१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् । अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ […]
१८ वैशाख, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि […]
१८ वैशाख, काठमाडौं । बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो । बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ […]
१८ वैशाख, विराटनगर । ज्वरो देखिएको भन्दै विराटनगरका एकसेएक निजी अस्पतालले भर्ना लिन नमानेर फनफनी घुमाएका एक विरामीको धरानमा उपचारका क्रममा निधन भएको छ । देवानगञ्ज-१, सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृगौला र लिभरमा समस्या देखिएपछि कोशी अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान रिफर गरेको थियो । विरामीका परिवारले बुधबार राति र बिहीबार विहानभर विराटनगरका एकपछि […]
१७ वैशाख, कैलाली । दार्चुलास्थित मार्मा गाउँपालिका–५ का ४२ वर्षीय दीपेन्द्र सिंहलाई भारतीय भूमिमा ३३ दिन लामो क्वारेन्टाइन बसाइँ निकै कष्टकर लाग्यो । भारतमा मजदुरी गर्न गएका सिंह चैत १३ गते धार्चुला आइपुगेका थिए । तर, त्यतिबेलासम्म नेपाल भारत सीमा नाकामा आवतजावत बन्द भइसकेको थियो । त्यसैले उनी मात्र होइन, ठूलो संख्यामा नेपालीहरू भारतको बालुवाकोटमा […]
१८ वैशाख, काठमाडौं । गत वर्षसम्म जाडो मौसमपछि नदीमा पानी बढ्दा विद्युत प्राधिकरणका अधिकारीहरूको तनाव आधा घट्थ्यो । यो वर्ष भने नदीमा बढेको पानीसँगै उनीहरूको चिन्ता थपिँदैछ । प्राधिकरणलाई विद्युत उत्पादन बढ्दा चिन्ता लिनुपर्ने कारण हो, लकडाउनका कारण खपत व्यवस्थापनमा बढेको चुनौती । देशभित्रका आयोजनाहरूबाट उत्पादन बढेअनुरुप खपत हुन नसकेपछि विद्युत खेर जान थालेको छ […]
१८ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) र यसको संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम नगर्नेहरुले काम गर्नेहरु पाउने राहतको २५ प्रतिशत मात्र पाउनेछन् । दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय […]
१८ वैशाख, विराटनगर । सुत्केरी व्यथा लागेको उदयपुरकी एक महिलालाई विराटनगरको नोबल मेडिकल कलेजले अप्रेशन थिएटरबाटै निकालिदिएको छ । मंगलबार प्रसूतिका लागि भर्ना भएकी २९ वर्षकी सरस्वती रौनियारलाई बुधबार बिहान अप्रेसन थिएटरबाट कलेजले निकालेको हो । शल्यक्रियाबाट बच्चा जन्माउनसबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका […]
१८ वैशाख, कैलाली । जिल्ला अस्पताल अछामको आइसोलेसन कक्षमा उपचाररत महिलाको मृत्यु भएको छ । कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएकी ५१ बर्षकी देबु सार्कीको बिहीबार बिहान मृत्यु भएको हो । मंगलसेन नगरपालिका ५ कि ती महिलालाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । उनको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट […]
१८ वैशाख, काठमाडौं । बागलुङ नगरपालिका– ३, गैडाकोट । साढे दुई तले पक्की घर । सबभन्दा माथिको एउटा कोठा, जहाँ ६५ वर्षीया मनकुमारी पौडेल दुई हप्तादेखि बन्दप्रायः छिन् । यो दुई हप्ता भनेको उनी कोरोना संक्रमणमुक्त भएर घर फर्किएको अवधि हो । समय कटाउन कोठामा टेलिभिजन छ । बस्दाबस्दा दिक्क लाग्दा बाहिर निस्किएर हरिया डाँडापाखा […]
१८ वैशाख, काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले […]
from समाचार – Online Khabar https://ift.tt/3aUvujo
via IFTTT






















