Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

श्रमिक केन्द्रित कार्यक्रम ल्याउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी  कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताएका हुन् । श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको […]

प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका […]

ट्रम्पको दाबी- चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण छ

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे । ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् । बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई […]

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण […]

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

 १९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् । फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, […]

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

१९ वैशाख, काठमाडौं । उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ । पहिलो प्याकेजमा चैतमा तिर्नु पर्ने कर्जा असारमा तिरे हर्जना नलाग्ने र चैतमै तिरे ब्याजको १० प्रतिशत छुट दिने घोषणा गरेको राष्ट्र बैंकले मंगलबार २ प्रतिशत ब्याज छुटको […]

लकडाउन अवधिको तलब दिलाइदिन टुकोनको आग्रह

१९ वैशाख, काठमाडौं । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले श्रमिकका समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरेको छ । श्रमिक दिवसको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै टुकोनले कोरोनाको बहानामा धेरै उद्योग, प्रतिष्ठानहरु, होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रका श्रमिकहरुलाई रोजगारीबाट निकालिएको भन्दै टुकोनले लकडाउन अवधिको पारिश्रमिक दिलाइदिन आग्रह गरेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार, व्यवसायी […]

प्रधानमन्त्री ओली भन्छन्– सरकारले श्रमिकलाई भोकै राख्दैन

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका […]

श्रमजीवीलाई सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न […]

कांग्रेस र मजदुर एकअर्काका अनन्य सहयोगी : देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् । उनले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो […]

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार […]

बामदेवका लागि क्षेत्र छाड्न तयार छु, संविधान संशोधन नगरौं : खगराज

१८ वैशाख, पोखरा । कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले बामदेव गौतमका लागि राजीनामा दिएर निर्वाचन क्षेत्र खाली गर्न तयार रहेको बताएका छन् । उनले बामदेवलाई  प्रधानमन्त्री बन्ने बाटो खोल्नका लागि संविधान संशोधन गरिराख्न जरुरी नभएको बताएका छन् । सांसद अधिकारी कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्रीले नै सचिवालय […]

‘बामदेव कार्ड’ को हदम्याद- वैशाख २० सम्म !

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने प्रस्ताव बुधबार साँझको सचिवालय बैठकमा राख्दा नेताहरु छक्क परे । बामदेवलगायत सचिवलायका अन्य नेतालाई लागेको छ, ओलीले ‘कार्ड’ खेलेका हुन्, वामदेवलाई प्रधानमन्त्री बनाउन चाहेका होइनन् । के प्रधानमन्त्री ओली साँच्चै नै कोरोना रोकथाम भएपछि गौतमलाई प्रधानमन्त्री बनाउन चाहन्छन् त ? […]

लकडाउन मोडलबारे फेरि अलमल, कोरोना परीक्षण किटकै अभाव

१८ वैशाख, काठमाडौं । जनस्वास्थ्यका विज्ञहरु लकडाउनलाई कोरोना भाइरस (कोभिड–१९)महामारीविरुद्ध लड्ने तयारी गर्न ‘किनेको समय’को रुपमा लिन्छन् । ११ चैतदेखि लडाउनमा रहेको नेपालले पनि पछिल्लो पटक १० दिन किनेको थियो । र, २५ वैशाखपछि लकडाउन केही खुकुलो बनाउने तयारी छ । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओली, कोभिड–१९ सम्बन्धी […]

‘प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, बामदेव कार्ड रणनीतिक हो’

१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेपाल कम्‍युनिस्ट पार्टी (नेकपा)को विभिन्न कमिटी र संसदीय दलमा समेत अल्पमतमा छन् । पूर्वएमालेका वरिष्ठ नेताहरू कार्यकारी भूमिकामा रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित मिलेर सरकार ढाल्न कस्सिएका बेला ओलीले बुधबार साँझ ‘वामदेव कार्ड’ फ्याँके । के साँच्चै ओली कोरोना महामारी सकिएपछि पद त्याग्न तयार […]

प्रचण्ड–नेपाल पक्षका नेता भन्छन् : ओलीको क्षेप्यास्त्र खेर जान्छ

१८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कोरोनाको संकट समाधान भएपछि बादमेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाल तेस्रो अध्यक्ष हुने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गर्ने संकेत गरेका छन् । अध्यादेश प्रकरणसँगै पार्टीमा एक्लिएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार साँझ […]

सम्पत्ति शुद्धीकरण विभागबाट छुटे अग्रवाल

१८ वैशाख, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि […]

बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

१८ वैशाख, काठमाडौं । बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि  एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो । बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ […]

विराटनगरका निजी अस्पतालले फनफनी घुमाए, धरान पुग्दा मृत्यु भयो

१८ वैशाख, विराटनगर । ज्वरो देखिएको भन्दै विराटनगरका एकसेएक निजी अस्पतालले भर्ना लिन नमानेर फनफनी घुमाएका एक विरामीको धरानमा उपचारका क्रममा निधन भएको छ । देवानगञ्ज-१, सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवको मृगौला र लिभरमा समस्या देखिएपछि कोशी अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लैजान रिफर गरेको थियो । विरामीका परिवारले बुधबार राति र बिहीबार विहानभर विराटनगरका एकपछि […]

धार्चुलाबाट उद्धार गरिएका नेपाली भन्छन् : जेलमुक्त भए झैं लागेको छ

१७ वैशाख, कैलाली । दार्चुलास्थित मार्मा गाउँपालिका–५ का ४२ वर्षीय दीपेन्द्र सिंहलाई भारतीय भूमिमा ३३ दिन लामो क्वारेन्टाइन बसाइँ निकै कष्टकर लाग्यो । भारतमा मजदुरी गर्न गएका सिंह चैत १३ गते धार्चुला आइपुगेका थिए । तर, त्यतिबेलासम्म नेपाल भारत सीमा नाकामा आवतजावत बन्द भइसकेको थियो । त्यसैले उनी मात्र होइन, ठूलो संख्यामा नेपालीहरू भारतको बालुवाकोटमा […]

बिजुली खेर जान थाल्यो, डलरले थप्यो चुनौती

१८ वैशाख, काठमाडौं । गत वर्षसम्म जाडो मौसमपछि नदीमा पानी बढ्दा विद्युत प्राधिकरणका अधिकारीहरूको तनाव आधा घट्थ्यो । यो वर्ष भने नदीमा बढेको पानीसँगै उनीहरूको चिन्ता थपिँदैछ । प्राधिकरणलाई विद्युत उत्पादन बढ्दा चिन्ता लिनुपर्ने कारण हो, लकडाउनका कारण खपत व्यवस्थापनमा बढेको चुनौती । देशभित्रका आयोजनाहरूबाट उत्पादन बढेअनुरुप खपत हुन नसकेपछि विद्युत खेर जान थालेको छ […]



from समाचार – Online Khabar https://ift.tt/3f8foGj
via IFTTT
Powered by Blogger.